नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु : ३ दिन देशैभर मौसम बदली हुने

नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु : ३ दिन देशैभर मौसम बदली हुने

काठमाडौँ । नेपालमा पश्चिमी भुभागबाट न्यून चापिय प्रणालीको वायु प्रवेश गरेको छ । जसले गर्दा कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो । जसका कारण पश्चिमी उच्च पहाडी र हिमाली भू(भागमा भारी हिमपात हुने सम्भावना रहेको र मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू(भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

साथै देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाको अनुमान रहेको छ । देशका पश्चिमी भू(भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू(भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौषम विद्हरुको भनाई छ ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ । बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला