वप्तिस्मा दिन तलाउमा पसेका पाष्टरको गोहीले टोकेर मृत्यु

वप्तिस्मा दिन तलाउमा पसेका पाष्टरको गोहीले टोकेर मृत्यु

दक्षिण ईथियोपियामा गोहीले टोकेर एक जना प्रोटेस्टेन्ट पाष्टरको मृत्यु भएको छ । डोचो ईस्टे नाम गरेका ती पाष्टर ८० जना ईथियोपियनलाई सामुहिक बप्तिस्मा दिन तलाउमा पसेका थिए । 

उनले वप्तिस्मा गराईरहेको बेला गोहीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गोहीले उनको खुट्टा, पिठ्यु र हातमा टोकेको थियो । स्थानियवासी केटेमा काईरोले विविसीसँग भने, ‘उनले पहिलो व्यक्तिलाई वप्तिस्मा दिएपछि दोस्रोलाई बोलाए । त्यति नै बेला तलाउबाट गोही उनीमाथि झम्टियो ।’ अबाया नामको त्यो तलाउ राष्ट्रिय निकुञ्ज नजिक रहेको छ । अबाया ईथियोपियाको सबैभन्दा धेरै गोही पाईने दोस्रो तलाउ हो । टेलिग्राफले लेखेको छ, अबायामा माछाको अभाव भएपछि गोहीहरू मानिसमाथि आक्रमण गर्न थालेका छन् । 

स्थानीय प्रहरी अधिकारीले विविसीसँग भने, ‘मछुवारा र स्थानीयवासीले पाष्टरलाई बचाउने कोशिस गरेका थिए ।’ तर, त्यतिञ्जेल पाष्टरको मृत्यु भईसकेको थियो । गोही पनि पानीभित्र गायब भईसकेको थियो । पाष्टर डोचो ४५ वर्षका थिए ।  एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला