यस्तो छ नागको महिमा 

यस्तो छ नागको महिमा 

काठमाडौँ । आज देशभर नागपञ्चमी मनाईएको छ । साउन शुक्लपक्षको पञ्चमीका दिन मनाईने यस पर्वमा पृथ्वीमा आएका नागहरू आजकै दिनबाट नागलोक फर्किन्छन् भन्ने जनविश्वास रहेको छ । आचार्य घनश्याम लेखक भन्छन्, ‘नागहरु पृथ्वीमा आउँदा गर्मी बढेको तथा बर्षा ऋतु सुरु भएको संकेत हो भने नाग पञ्चमीबाट गर्मी घटेको र बर्षा ऋतु सकिएको संकेत हो ।’

काठमाडौँमा नागदह, टौदह, नागपोखरी तथा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनहरु नागको पूजा अर्चना गरेका छन् । नागलाई पर्यावरण तथा कृषि उत्पादनको संरक्षकका रुपमा पनि लिईन्छ । 

बैतडीको पाताल भुवनेश्वरमा नागहरूले एउटा मणी राखेको कुराको मानसखण्ड पुराणमा उल्लेख रहेको लेखकले बताए । उनले पाताल भुवनेश्वरमा नागपुजा गर्दा कालसर्प जस्ता सर्पदोषहरुबाट मुक्ति पाउन सकिने विश्वास व्यक्त गरे । 

पौराणिक मान्यता अनुसार ऋषि कश्यपले श्रीमती कद्रुबाट नाग जातिको उत्पत्ति गरेका थिए । नागको धार्मिक महत्व हिन्दु धर्ममा मात्रै नभई बौध्द धर्ममा पनि छ । आज बौध्द धर्मावलम्बीहरु पनि नागको विविध प्रकारले पूजा गर्ने गर्दछन् ।

आस्तिक, शेष, तक्षक र वासुकी नागको पौराणिक कथाहरुमा विशेष महत्व दर्शाइएको छ । यी बाहेक पद्म, कम्बला, पिगंला, काली आदि नागहरुको बारेमा पुराणहरुमा उल्लेख पाईन्छ । पुराणहरुमा नाग र मानिसहरुबिच कहिँ मित्रताका कथा छन् भने कहिँ शत्रुताका कथा छन् ।    

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला