उमेर २७ वर्ष । पातलो ज्यान; होचो कद । मीठो बोली । उनी भेट्ने जति सबैसँग मधुर स्वरमा सम्मानपूर्वक बोल्छन्; व्यवहार गर्छन् । प्रायँ साँझ गस्तीमा निस्किन्छन्; आफैँ सवारी हाँकेर–चुडामणी पुन ।
सीमा क्षेत्रका समस्याबारे उनी भन्छन्, ‘नेपाल भारत खुला सीमाना छ । तस्करी, राजश्व छली, चोरी निकासीका समस्या त छँदै छन् । नेपालमा अपराध गरेर भारत भाग्ने तथा भारतमा अपराध गरेर नेपालमा लुक्न आउने समस्या पनि छ ।’
बेलौरी ईलाका प्रहरी कार्यालयमा हाजिर हुनुअघि उनी जुम्लामा एक वर्ष बसे । तालिमबाट पासआउट भएपछि वि.सं. २०७४ मा पहिलो दरबन्दी नै जुम्ला थियो । त्यहाँ उनले लागु औषध नियन्त्रण गर्ने प्रयास गरे । भन्छन्, ‘जुम्ली समाज लागु औषधमा फसेको समाज रहेछ । हामीले त्यसलाई सुधार्ने गरी काम ग¥यौँ ।’
लागु औषध नियन्त्रणको योजना कसरी बनाउनुभयो त ? जवाफमा उनले भने, ‘हाम्रो डिएसपी साब हुनुहुन्थ्यो, तपन कुमार दाहाल । उहाँले बनाएकै कार्यरणनीति मैले पनि अनुशरण गरेँ ।’
उनको विचारमा कानुनले पुलिसलाई जुन काम गर भनेको छ, त्यो काम ईमान्दारीका साथ गर्नुपर्छ । काम गर्दागर्दै कहिले काहिँ समस्या पनि आउँछन् । समस्या आउने भएकै कारण कतिपय प्रहरी अधिकारी जिम्मेवारीबाट पञ्छिने गर्छन् भन्ने उनको बुझाई छ । ‘म नजरअन्दाज गर्न सक्दिन । मबाट जति हुनसक्छ । त्यति मैले गर्नुपर्छ भन्ने लाग्छ ।’ उनी भन्छन् । बेलौरीमा ड्युटी सम्हालेपछि सर्वप्रथम उनले पेट्रोल पम्पहरुले चलाएको कालो धन्दामाथि कडा प्रहार गरे । पम्पहरुले बोतलमा पेट्रोल भरेर पसलेहरुलाई दिने अनि पसलेहरुले ग्राहकलाई महँगोमा बेच्ने गर्दा रहेछन् । यस प्रकारको धन्दाबाट पेट्रोल व्यवसायी मोटाईरहेका थिए भने नागरिकलाई समस्या थियो ।
यसपछि, उनले मोटरसाईकल चालकलाई हेलमेट अनिवार्य गराए । स्थानीय होटल व्यवसायी रामबहादुर मगर भन्छन्, ‘उहाँ आएदेखि बेलौरी नगरपालिका धेरै शान्त भएको छ ।’ बेलौरीमा चोरीका मोटरसाईकलको विगविगी थियो । यस विषयमा पुनको टिप्पणी छ, ‘हामीले चोरीका मोटरसाईकल समातेर भन्सारलाई बुझाउने काम गरेका छौँ ।’ जसले गलती गरेको छैन, उसले पुलिससँग डराउनु नपर्ने उनको भनाई छ, ‘जसले गलती गरेको छ । पुलिससँग डराउनै पर्छ ।’
नेपाल महिला संघकी क्षेत्रीय सभापति भगवती विष्ट भन्छिन्, ‘अहिले सुरक्षा प्रशासनले राम्रो काम गरेको छ । पहिलाको तुलनामा शान्ति सुरक्षामा काफी सुधार आएको छ ।’ अभिषेक जोशी
प्रकाशित १९ साउन २0७५ , शनिबार | 2018-08-04 01:37:39
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार