पशुपतिनाथ क्षेत्र 'भेहिकल फ्रि जोन'

पशुपतिनाथ क्षेत्र 'भेहिकल फ्रि जोन'

  काठमाडौ १२,पुस विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौं महानगरपालिकाको समन्वयमा सवारीसाधन प्रवेशमा रोक लगाएको हो।

कोषले गत भदौमा पशुपति क्षेत्रको कोर एरियामा सवारीसाधन प्रवेश निषेध गर्ने निर्णय गरेको थियो। राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको पशुपतिनाथ दोस्रो स्थान हो।

कोषले पाशुपत क्षेत्रको जय वागेश्वरीबाट पूर्व, चार शिवालयदेखि उत्तर र दक्षिणामूर्तिबाट दक्षिणको क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरेको हो। शववाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छैन। दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने बाटोमा सवारीसाधनलाई एकतर्फी गरिएको छ भने गौशाला प्रहरी कार्यालयको छेउबाट तल वनकालीतर्फ जान पाइए पनि फेरि त्यही बाटोबाट फर्किन पाइने छैन। कोषले पशुपति क्षेत्रको वनकाली र उमाकुण्डभन्दा भित्र सवारीसाधन लैजान रोकेपछि वनकालीको चौर र उमाकुण्डमा सवारी पार्किङका लागि ठूलो ठाउँ छुट्याएको छ।

कोष सञ्चालक परिषद्का सदस्यसचिव डा। प्रदीप ढकालले ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आउनेले सहज दर्शनको वातावरण मिलाउन पशुपतिनाथ मन्दिर आसपास सवारीसाधन प्रवेश निषेध गरिएको जानकारी दिए। कोषका अनुसार विश्वभरका हिन्दुको आकर्षणको केन्द्र र विश्व सम्पदामा सूचीकृत पशुपतिनाथमा बर्सेनि करिब १ करोड भक्तजन दर्शनका लागी आउने गर्दछन् ।

पशुपति क्षेत्रभित्र सवारीसाधन प्रवेशमा रोक लगाउन र सवारीधनीलाई अभ्यस्त बनाउन एक महिना महाशाखाले प्रहरी निरीक्षकको नेतृत्वमा १८ र कोषले १५ जना सुरक्षाकर्मी खटाएको छ। कोषले महानगरपालिका(८ को वडा कार्यालयसँग समन्वय गरेर स्थानीय ९कोर एरियामा बसोबास गर्ने० लाई सवारी पास वितरण प्रक्रिया अघि बढाइसकेको छ। वडा कार्यालयको विपद् व्यवस्थापन समितिका सचिव छत्रानन्द वैद्यका अनुसार गुरु मार्ग, भुवनेश्वरी मार्ग, दःथु टोल मार्ग, भण्डारी बस्ती र इटापाखाका गरी १ हजार २ सय जनालाई पासका लागि दिइएको फारम आउनासाथ पास वितरण गरिनेछ।

 

यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता चाडपर्वमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारीसाधनमा रोक लगाइन्थ्यो। अब पास भएकाले मात्र सवारी ल्याउन लैजान पाउनेछन्। कोषले भने चाँडै विद्युतीय शवदाहगृह छेउबाट सिधै आर्यघाट जाने सवारीसाधनका लागि बाटोको व्यवस्था गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला