काभ्रेको पाँचखाल नगरपालिकाकि उपमेयर लक्ष्मी दनुवार नगरको कामबाट फुर्सद पाएको बखतमा घाँस काटदै ।
कर्णाली करिडोर अन्तर्गत पर्ने सिमकोट– खार्पु सडक खण्डको निर्माण अवरुद्ध गर्न सिमकोट– ५ का स्थानीय गेट निर्माण गर्दै । सडकले जग्गा मासिने र आफूहरूको उठिबास हुने भन्दै स्थानीय बिरोधमा उत्रिएका हुन् । तस्विर/दाने बोहरा/हुम्ला
१३ औं दक्षिण एसियाली खेलकुद ( साग )का पदक विजेताखेलाडीहरूलाई नगर परिक्रमा गराइँदै । तस्बिर : स्काई राई
किराँत समुदायले उधौली पर्व हर्षोल्लासका साथ मनाएका छन्। किराँतीहरूले ढोल, झ्याम्टा बजाउँदै उधौली मनाए। काठमाडौंको गोकर्णमा मनाइएको उधौली पर्वलाई अमरवाणीका फोटो पत्रकार स्काई राई ले तस्वीरमा कैद गरेका छन्।
१३ औं सागको क्रसकन्ट्री साइक्लिङ खेलको केही झलकहरू । सागमा पहिलो पटक समावेश भएको साइक्लिङ खेलमा पुरुषतर्फ तीन ओटै पदकमा नेपालले ऐतिहासिक जित हात पारेको थियो । बुद्धिबहादुर तामाङले स्वर्ण, रजत राजीव राई र कास्य ओकेशराज बज्राचार्यले जितेका थिए। तस्वीरः स्काई राई
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को आज औपचारिक उद्घाटन सम्पन्न भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा आयोजित भव्य समारोहमा सागको उद्घाटन गरेकी हुन्। उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी सातवटै देशको मार्चपाससहित नेपालको कला, संस्कृति र पहिचान झल्काउने
सीताराम विवाह महामहोत्सवमा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्राचीन मिथिलाको राजधानी ( जानकी नगरी ) जनकपुरधाममा भव्य स्वागत ।
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइन्छ । आइतबार बेलुकाबाटै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा
शनिबार पशुपति डबलीमा टेबल टेनिस खेल्दै दृष्टिविहीन खेलाडी । दृष्टिविहीन खेलाडीको चेतना तथा आत्मवल अभिवृद्धिका लागि खेल आयोजना गरिएको हो । तस्विरः अमरवाणी अनलाइन
काठमाडौं चावहिलको प्रशिद्ध श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राका केही झलकहरु । चार दिनसम्म मनाइने चन्द्रविनायक तथा भैरवनाथ जात्राको आज (शुक्रबार) अन्तिम दिन हो । जात्रामा स्थानीयको व्यापक सहभागिता छ ।
झापा जिल्लाको सतासी धाम नगरपालिका झिलझिलेस्थित सतासी धाम जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए । यहाँ पाण्डु गुफा र ऐतिहासिक मन्दिरहरू रहेका छन् । मुलुकले पर्यटन वर्ष मनाइरहँदा पर्यटकीय एवम् ऐतिहासिक सतासी धाम भने सुनसान छ । तस्वीरःएलबी बस्नेत,उप प्रा.नेपाल कमर्श क्याम्पस मिनभवन काठमाडौं
हरिबोधिनी एकादशी अर्थात कार्तिक शुक्ल एकादशीका दिन बुढानिलकण्ठस्थित नारायणस्थान मन्दिरमा भक्तजनहरुको घुईचो । तस्बिर पारु तिवारी
नेवारी समुदायले मनाउने गरेको नेपाल सम्बत् ११४० को शुभारम्भको अवसरमा काठमाडौंका विभिन्न स्थानमा मनाइएका मण्डला । नेसं ११४० बुधबारबाट शुरू भएको हो । तस्विरःस्काई राई
तिहारको दोस्रो दिन आइतबार साँझ काठमाडौंका विभिन्न स्थानमा लक्ष्मीपूजा गरिँदै । तस्वीर/स्काई राई
नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार चटारो गाउँ–सहर सबैतिर छ,त्यो भन्दा वढी छ काठमाडौंको असन बजारमा । झिलिमिली चाड तिहारका सामग्री किन्ने ‘जात्रा’ नै लागेको छ असनमा । तिहारको किनमेलमा व्यस्त असन–इन्द्रचोकको अवस्था अमरवाणी अनलाइनका प्रतिनिधि पार्वती तिवारी र स्काई राईले तस्वीरमा कैद गरेका छन्
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको चिया–कफी सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी चिया तथा कफी उद्यमी,व्यवसायी र बोर्ड पदाधिकारीहरू । तस्वीरःस्काई राई
भाद्र शुल्क पूर्णिमाको दिन बौद्धमा बत्ती बाल्दै भक्तजन । बौद्ध धर्म अनुसार पुर्णिमाका दिन बत्ती बाल्दा पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । तस्वीरःस्काई राई
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आरधना गरी शुत्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइयो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने काठमाडौंमा मनाइएको इन्द्र जात्राका बारेमा स्काइ राईले तयार गरेको फोटो फिचर । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको
नर्वेमा मध्यरातमा सूर्य उदाउँदै गर्दा पर्यटक तस्वीर खिच्दै... चन्द्रदीप राई/नर्वे
साउन महिनाको दोस्रो सोमबार भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा भक्तजन ।(फोटो फिचर) तस्विरःपार्वती तिवारी
पशुपति मित्र माध्यमिक विद्यालयले शुक्रबार एसईई उत्तीर्ण विद्यार्थीका लागि सम्मान तथा बधाई कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्याम राज काफ्ले, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्ययक्ष उद्धव बडाल,शिक्षक प्रतिनिधि र विद्यार्थीले आ–आफ्नो भनाइ राखेका थिए । विद्यालयबाट
जेठ ४ गते शनिबार मनाइने वुद्ध जयन्तीका लागि काठमाडौंको बौद्धस्थित विश्वसम्पदामा सुचीकृत बौद्ध स्तुपा रङरोगन गरिँदै । तस्वीरःअमरवाणी
आइतबार बुलुकीको हावाहुरी प्रभावित क्षेत्र बारा र पर्साका वासिन्दालाई महालक्ष्मी विकास बैंकका पर्सा शाखाले राहत सामग्री वितरण गरेको छ । बैंकको पर्सा शाखा अन्तर्गत पर्ने विरगञ्ज, कलैया र प्रसौनीका तर्फबाट मंगलबार पीडित व्यक्तिलाई रू. १ लाख बराबरको खाद्य सामाग्री, पिउने पानी लगायत सामान वितरण गरिएको
हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ– ४ चुङजुङ गाउँका कृषक नुडाढु गुरुङको यस वर्षको भारी हिमपातका कारण गोठमै चार सय ५० वटा भेडा च्याङ्ग्रा मरेका छन । यस वर्ष कृषकहरुलाई भेडा च्याङग्रा पालन व्यवसायबाट धेरै क्षतिका भएको छ । रासस
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबी बजारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै बालिका । तस्बिरः रासस
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेश्रो वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनीको उद्घाटनका अवसरमा फोटा अवलोकन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली । प्राधिकरणको आयोजना, युरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको सामाजिक सञ्जालमा भाइरल भएको तस्वीर । ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेको विषय सार्वजनिक भएको छ । त्यहाँ उनले ९० मिनेट बिताउनुभयो र बालबालिकालाई सहानुभूति दिनुभयो । बालबालिकका लागि पिठ्यूमा
राष्ट्रिय झण्डालाई विश्वभर चिनाउने उद्देश्यले राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले आइतबार बसन्तपुर देखि माइतीघर मण्डलासम्म झण्डासहित प्रदर्शन गरेको छ । ‘मेरो सान मेरो स्वाभिमान राष्ट्रिय झण्डा मेरो पहिचान’ भन्ने नारासहित सहभागीहरूले हातहातमा झण्डा बोकेका थिए । विस. २०१९ पुस १ गते हालको
हरेक वर्ष कार्तिक पूर्णिमाका दिनबाट मनाइने चन्द्र विनायकको जात्रा सोमबार सम्पन्न भएको छ । प्राचीन मल्लकाल देखि चल्दै आएको उक्त जात्राको नेवार समुदायमा छुट्टै धार्मिक एवम् सांस्कृतिक महत्व छ । जात्रामा गणेश र भैरवको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गर्ने प्रचलन छ । जात्रा समन्वय समितिका अध्यक्ष एवम्
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार