समाचार

धनुषामा दाउरा बाँड्दै प्रहरी, धनगढी र महेन्द्रनगरमा विद्यालय बन्द

काठमाडौं । शीतलहरकै कारण अत्याधिक चिसो बढ्न गएकोले धनगढी उप(महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ । उप(महानगरले आज र भोलि २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सबै सरोकारवालासँग धनगढी उपमहानगरपालिकाले छलफल गरेपछि उक्त निर्णय गरेको थियो । उपमहानगरपालिकाका मेयर

नेकपा र राजपाबीच दुई बुँदे सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच दुई बुँदे सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र राजपाका शीर्ष नेताहरुबीच भएको वार्तामा रिक्त हुने चार स्थान मध्ये नेकपाले दुई र राजपाले दुई सिट लिने गरी सहमति भएको हो । राजपाको भागमा अन्य पुरुष

महिला नौमतीबाजा समुहले चलायो सामाजिक परिवर्तन अभियान

काठमाडौ । नौमतीबाजा समुहले नौमती बाजा मार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गतिदिएका छन् ।  उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।  रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै महिला नौमतीबाजा समुहले महिलालाई वाद्यवाधनमा

आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन 

काठमाडौं । आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन ।  अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उत्पादक सङ्घले विरोध प्रदर्शन

नायिका श्‍वेता खड्काको पहलमा बने ५३ घर माझी बस्ती

सिन्धुपाल्चोक। रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ।  सबै घरका आकार एउटै र रङ पनि उस्तै छन्। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्क देखिएका छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी

बाँकेको खजुरा गाउँपालिकामा मात्रै १८० बिघा सरकारी जमीन अतिक्रमित

बाँके। बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रमित भएको हो । यसको रोकथाम तथा संरक्षणका लागि सरकारी तवरबाट कुनै पनि पहल हुनसकेको छैन । खजुरा गाउँपालिकाले पनि सरकारी स्वामित्वको उक्त जमीन अतिक्रमण

मुलुकभर चिसो बढ्यो, काठमाडौंको तापक्रम बर्षकै न्यून,अझै तापक्रम घट्ने मौसमविदहरुको अनुमान

काठमाडौं । पुस महिना शुरु भए लगत्तै नेपालका पहाड तथा तराइ क्षेत्रमा चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन

गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं। गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज चौधरी र रेग्मीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। चौधरी र रेग्मीले सम्बन्धी गुठी संस्थानमा चलिरहेको जग्गा सम्बन्धी विवादमा

विद्या भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं। कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन्।  संसद सचिवालयमा  आज आयोजित एक समारोहकाबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई शपथ गराएकी हुन्। भट्टराई १४ मंसीरको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित

आज नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं ।  आज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान’ भन्ने नारासहित नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । २०६२ साल पुस १ गते संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै

बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि चार लाख जरिवाना  

झापा। विवाह मण्डपमा बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख रूपैयाँ जरिवाना तिरेका छन् ।  २९ मङ्सिर दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको विवाह हुँदै थियो । बेहुलीलाई

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज शपथ लिदैं

काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जडीबुटी संकलन गर्न गएका १२ जना सकुशल फर्किए

काठमाडौं। जडिबुटी संकलन गर्ने क्रममा चार दिनदेखि सम्पर्कविहीन रहेका जुम्लाको तिला गाउँपालिका–९, ढिपुगाउँका १२ जनासकुशल घर फर्किएका छन्। उनीहरु तीन दिन लगातार हिडेर २९ मंसीर राति ११ बजे घर आइपुगेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बताए ।  चार दिनदेखि हराइरहेको भन्दै खोजीका लागि

सिन्धुपाल्चोक बस दुर्घटना : १५ जनाको मृत्यु र  १४ को सनाखत

काठमाडौं । सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ ।  दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की  ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड

जडिबुटी संकलन गर्न गएका १२ जना बेपत्ता : हेलिकप्टरबाट खोजी गर्न  प्रदेश सरकारको आग्रह

काठमाडौं । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँकामा १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए। ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०स्३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेको पारिवारिक स्रोतले जनाकारी दिए । निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक

सिन्धुपाल्चोक दुर्घटनाका मृतक १२ जनाको सनाखत

मङ्सिर । दोलखाको कालिञ्चोकबाट तीर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा परेर मृत्यु हुनेमध्ये १२ जनाको सनाखत भएको भएको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तीर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो । भक्तपुरको

कालिञ्चोक तीर्थ यात्रा गरेर फर्केको बस दुर्घटना,१४ जनाको मृत्यु

सिन्धुपाल्चोक । दोलखाको कालिञ्चोक तीर्थ यात्र गरेर फर्केको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आइतबार बिहान ७.३० बजे लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै बस दुर्घटना भएको हो । दुर्घटनामा १९ यात्रु घाइते भएका छन्। दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको  बा४ख ४४६८ नम्बरको बसमा कति यात्रु

ट्याक्सी चालकको संघर्ष यात्रुसँग कि सरकारसँग ? मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ट्याक्सी चालकको संघर्ष यात्रुसँग नभएर सरकारसँग रहेको बताएका छन् । उनले सरकारसँगको समस्यालाई लिएर यात्रुलाई दुःख नदिन पनि चालकहरूलाई आग्रह गरेका थिए । शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल यातायात मजदूर संघ,ट्याक्सी विशेष समितिको दोस्रो काठमाडौं

बाहिर हिमपात भित्र परीक्षा

दाने बोहरा / हुम्ला  हुम्लामा दोस्रो पटक हिमपात भएपछि सरदमुकाम सिमकोट लगायत जिल्लाभरको जनजीवन प्रभावित भएको छ । हिमपातबाट सबैभन्दा बढी स्कुले विद्यार्थी प्रभावित बनेका छन् । सदरमुकाम सिमकोटमा शुक्रबारबाट पालिका स्तरीय बार्षिक परीक्षा दिने कलिला बालबालिका काप्दै परीक्षा दिन वाध्य भए ।  सिमकोटमा

 हिमपातका कारण टिपर दुर्घटनाका घाईतेलाई उद्धार मुस्किल

काठमाडौं । हुम्लामा भीषण हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दाहरुको जनजीवन कष्टकर भएको छ । भिषण हिमपातका कारण हेलिकप्टर समेत आवात - जावत गर्न सकेको छैन । जसका कारण हिजो हुम्लाको नाम्खामा भएको टिपर दुर्घटनाका घाईतेलाई उद्धार गर्न समस्या भएको छ । भारी हिमपातका कारण सदरमुकाम सिमकोट बाट घटनास्थलमा

सागका पदक विजेता खेलाडीहरूलाई नगर परिक्रमा गराइँदै

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) का पदक विजेता खेलाडीहरूलाई आज नगर परिक्रमा गराइँदै छ ।  आज बिहान ११ बजे त्रिपुरेश्‍वरस्थित दशरथ रंगशालाबाट पदक विजेता खेलाडीहरूलाई  नगर परिक्रमा शुरू गराइने राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले जनाएको छ। १५-२४ मंसीरमा सम्पन्‍न सागको १३ औं संस्करणमा नेपालले

देशभर मौसम बदली, वर्षा संगै भारी हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।  महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ ।  शुक्रबार  देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

काठमाडौं। १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई २३ स्वर्णसहित १०३ पदक जित्न सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका

सागमा नेपाल प्रहरीका खेलाडीले जिते ५६ पदक

काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा,

हिमपातसंगै हुम्लाको हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।  हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रवेश गर्‍यो पश्चिमी वायु : ३ दिन देशैभर मौसम बदली हुने

काठमाडौँ । नेपालमा पश्चिमी भुभागबाट न्यून चापिय प्रणालीको वायु प्रवेश गरेको छ । जसले गर्दा कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट

आज उधौली, धान्य पूर्णिमा र योमरीपुन्हि पर्व मनाइँदै

काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ।   तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन्।  किरात

स्वर्ण विजेता खेलाडीलाई ९ लाख रूपैयाँ पुरस्कार : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले बुधवार बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ 

कुल पोष्ट : 1138

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला