समाचार

६० हजार घुस लिँदालिँदै प्रहरी नायब निरीक्षक अख्तियारको फन्दामा

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प्रहरी नायब निरीक्षक (सइ)लाई बाराबाट पक्राउ गरेको छ। आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत जटाशंकर प्रसाद कलवारलाई ६० हजार घुस रकमसहित पक्राउ गरेको हो। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार

श्रीमती र छोरीलाई घाइते अवस्थामा गाडीमै छाडेर चालक फरार

बुटवल । बुधबार राति गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना हुदा  दुई जनाको मृत्यु भएको छ भने चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् ।  प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु

दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका- ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौँ, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित ४ पक्राउ

बैतडी । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी

गायक दुर्गेश थापा पक्राउ

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । तिहारको अवसर पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादमा आएपछि उनी पक्राउ परेका हुन् । गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका  भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजूरी परेपछि उनलाई प्रहरी अपराध अनुसन्धानबाट

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको परिचय भने गोप्य राखिएको छ । उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा त्यहाँ पुगेर नक्कली नोट छाप्ने मेसिनसहित

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा सोमबारदेखि शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो छ कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले कात्तिक २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारले कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता अवाधि तोकिएको छ । कात्तिक २२ गते उम्मेदवारको

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा लिने कानून बदर

काठमाडौं, कात्तिक १ गते । सर्वोच्च अदालतले प्रदेश–१ बाहेक छ वटा प्रदेशसभाका स्थानीय तहका जनप्रतिनिधिले मासिक सुविधा लिने गरी बनाएको कानून बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज निर्णय

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, पदाधिकारीमा मिश्रित परिणाम

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कुल आचार्यलाई १०१ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् । उनले ११८१ मत प्राप्त गरे भने आचार्यले जम्मा १०७० मत पाए। पदाधिकारीमा भने मिश्रित परिणाम आएको छ । पाँच उपाध्यक्षमा उपाध्यक्षमा

केपी ओली नै ५ वर्षको प्रधानमन्त्री:दिनानाथ शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारेका छन् । पार्टीभित्रैबाट आलोपालो सरकार नेतृत्वबारे बहस भैरहेको बेला नेता शर्माले पाँच

एनआरएनएको निर्वाचन शुरू

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बुधबार साँझ ८ बजेदेखि सुरु भएको मतदान विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले स्थिगन गरिएको थियो ।  निर्वाचन समितिका अनुसार अब मतपत्रमै मतदान गर्ने गरी निर्वाचन शुरु भएको हो । बुधबार निर्धारित समयमा निर्वाचन

राती जंगलमा वैठक गरिररहेका विप्लवका २१ जना नेता–कार्यकर्ता पक्राउ

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज चन्द्रबहादुर चन्द,वीरजंग, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई

एनआरएनएको चुनावःकुमार पन्त र कुल आचार्यको प्यानल मैदानमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ। मंगलबार शुरु भएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत ४२ पदका लागि आज मतदान हुन लागेका हो। निर्वाचनका लागि मनोनय दर्ता मध्याह्न १२ बजेसम्मका लागि खुला गरिएको छ । साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद साह त्रिभुवन विमानस्थलबाट पक्राउ

असोज २८, काठमाडौं । सोमवार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले मंगलवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट ओखलढुंगा जाँदै गरेका उनलाई पक्राउ गरिएको

एनआरएनएको नेतृत्वमा सिन्डिकेट चल्दैन्ःकुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी कुल आचार्यले सहमतिका नाममा नेतृत्वमा‘सिन्डिकेट’ आफूलाई मान्य नहुने बताएका छन् । उनले लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन हुनेमा आफू ढुक्क भएको पनि बताए । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि आफ्नो टिमसहित उपस्थित भएका आचार्यले

यी हुन् चीन–नेपाल बीच भएका २० बुँदे सहमति

काठमाडौं –  चीनका राष्ट्रपति सी जिङपिङले नेपालको दुइ दिने राजकीय भ्रमण सम्पन्न गरेका छन् । यस क्रममा दुई देश  बीच सहमति र सम्झौता भएका छन् । नेपाल र चीनबीच २० वटा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल–चीन हिमालयपार रेलवेको सम्भाव्यता अध्ययनलगायतका विभिन्न समझदारी नेपाल र चीनबीच भएको

भू–जडित नेपाल बन्न सघाउँछौःसी जिङपिङ

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी जिन्पिङले नेपाललाई ‘ूभूपरिवेष्‍टित देशबाट भू–जडित’ देश बन्न सघाउने बताएका छन् ।   शनिबार होटल सोल्टीमा समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले  हिमालपार रेलमार्ग कठिन भए पनि

राष्ट्रपति सीको काठमाडौंमा विशेष स्वागत

काठमाडौं । दुइ दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा अवतरण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आएका सी शनिबार दिउँसो भारतको चेन्नाईबाट सीधै काठमाडौं आएका हुन् । चेन्नाइबाट दिउँसो २ बजे काठमाडौंका लागि उडेको एयर चाईना बोइङ ७४७–८९ एल विमानबाट

सी चेन्नाईबाट काठमाडौका लागि प्रस्थान,४.३० बजे आइपुग्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नाईबाट काठमाडौंका लागि उडेका छन् । उनी दुई दिने भारतको भ्रमण सकेर  काठमाडौंका लागि उडेका भारतीय समाचार संस्था एएनआईले जनाएको छ। शुक्रबार चेन्नाई पुगेका सिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान’ वार्ता गरेका थिए । झण्डै ५ घण्टा चेन्नाईमा

यी हुन् सरकारका ६ निर्णय

काठमाडौँ । सरकारले ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात ओटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय गरेको छ । असोज १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा

  चीनका राष्ट्रपति  सी भारत हुँदै शनिबार नेपाल आउने

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले २५ र २६ गते दुई दिने नेपालको राजकीय भ्रमण गर्नु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा सीले  भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी

अधिवक्ता भन्छन्‘रोशनी शाही मानसिक रोगी भए कसरी सरकारी कर्मचारीका लागि योग्य भइन् ?’

काठमाडौं । सभामुख कृष्ण महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी रोशनी शाही मानसिक रोगी भन्दैमा उम्किन नपाउने अधिवक्ताहरूले तर्क गरेका छन् । मानसिक रोगी भएमा उनी कानुन बमोजिम सरकारी जागीरमा अयोग्य हुने उनीहरूको भनाइ छ । संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली भन्छन् ‘यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’

दोब्बर भाडा असुल्दै यातायात व्यवसयी

काठमाडौं– दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ। काठमाडौँबाट हेटौँडा जान लागेका

रू.४० हजार घुस लिँदैगर्दा प्रअ पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लास्थित बालज्योति मावि विसनपुरका प्रधानाध्यापकसहित दुई जनालाई मंगलवार घुस लिंदै गरेको अभियोगमा रङ्गे हात पक्राउ गरेको छ । क्षेत्रीय कार्यालय बुटवलको टोलीले  उक्त विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार

शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसंघलगायतका सङ्गठन आवश्यक : परराष्ट्रमन्त्री ज्ञवाली

न्यूयोर्क, असोज ९ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताएका छन्। शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र  अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच

कोरियामा हुने पर्यटन वर्ष लक्षित कार्यक्रममा चर्चित हास्य कलाकार आउने

सिओल । नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी कोरियामा रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले विशेष सचेतना अभियान सञ्चालन हुने भएको छ ।   कोरियास्थित फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समितिले आयोजना गर्ने कार्यक्रममा GME(जीएमई) रेमिटेन्स नेपाल र सिस्नुपानी नेपालले सहकार्य गरेका छन् । सेप्टेम्बर

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज र महासचिवमा विमल सुवेदी

पुष्प कमल दाहाल/ सिओल । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी विजयी भएका छन् । आइतबार कोरियाको राजधानी सिओलमा सम्पन्न सातौं अधिवेशनबाट सुवेदी निर्वाचित भएका हुन् । उनले ७९४ मत ल्याएर प्राप्त गरेका थिए । महासचिवमा बिमल सुवेदी निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा दीपक

कुल पोष्ट : 1138

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला