होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

जेठ ९, काठमाडौं । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टाइन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।

शहरी विकास मन्त्रालयमा बिहीवार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए ।       

उनका अनुसार हाल काठमाडौँं उपत्यकामा ५१८ शय्या तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टाइन तयारी अवस्थामा रहेकामा २५ हजार सर्वसाधारण क्वारेन्टाइनमा छन् ।  

देशभर क्वारेन्टाइनको अनुगमन र सहजीकरणको जिम्मेवारीमा रहेका राज्यमन्त्री मानन्धरले देश संकटमा परेका बेला ठूला होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गरे ।         

 राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ । 

विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौं उपत्यकामा आवश्यक क्वारेन्टाइनका लागि पूर्वतयारी गरिएको बताउँदै उनले खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको जानकारी दिए ।

 हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टाइन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।           

केही स्थानमा क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी देखिएको बताउँदै राज्यमन्त्री मानन्धरले तत्काल सुधारका लागि सरकारले आवश्यक समन्वय गरिसकेको जानकारी दिए ।  क्वारेन्टाइन व्यवस्थापनको खर्च संघीय सरकारले व्यहोर्ने बताउँदै राज्यमन्त्री मानन्धरले निर्धक्क भएर व्यवस्थापनमा लाग्न देशभरका स्थानीय सरकारलाई आग्रह गरे ।     

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले बनाएको मापदण्ड अनिवार्यरूपमा पालना गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो दार्चुला, बाँके, बर्दिया, जुम्ला, बाजुरा, पर्सा, कैलाली र कञ्चनपुरलगायत जिल्लामा भारतबाट आउने सर्वसाधारणको व्यवस्थापनमा समस्या देखिए पनि व्यवस्थापनमा कमजोरी हुन नदिइने बताए ।           

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले क्वारेन्टाइन व्यवस्थापन कार्यविधि पालना गरिएमा समस्या नआउने बताउँदै बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयलाई आग्रह गरे । 

गृह मन्त्रालयका उपसचिव गोमादेवी चेमजोङले क्वारेन्टाइनमा बसाइएकाहरुकामा अनुशासनलगायत समस्या देखिएकाले यसको भित्री व्यवस्थापन नेपाली सेनामार्फत गरिए सहज हुने बताइन् ।

 रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक सबै आर्थिक व्यवस्थापन संघीय सरकारले प्रबन्ध गराउने बताए । छलफलमा गृह, रक्षा, सामान्य प्रशासन, स्वास्थ्य र शहरी विकास मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । रासस

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला