कालो बजारीको आरोपमा चार पसललाई कारबाही

काठमाडौं । लकडाउनको बेला बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारबाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले  बजार अनुगमनका क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले बताए । त्यस्तै काठमाडौँ, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले रु पचास हजार जरिवाना गरिएको छ ।

इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत रु ५०–५० हजार जरिवाना गरिएको छ ।

इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट रु पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको छ ।  उपभोक्ता संरक्षण ऐन, २०७५  बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला