पारु तिवारी, काठमाडौँ । नेपाल वितरक संघले आफनो १९औं वार्षिक साधारणसभा भव्यरुपमा सम्पन्न गरेको छ । शनिवार काठमाडौँमा सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा राजेन्द्र सिम्खडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
चयन भएका नया कार्यसमितीका अन्य पदाधिकारीहरुमा लव कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष, रामहरि घिमिरे द्वित्तीय उपाध्यक्ष,यामनाथ पौडेल महासचिव, नवराज दाहाल सहसचिव,राजु प्रसाद पौडेल कोषाध्यक्ष तथा राजेश डंगोल सह(कोषाध्यक्ष रहेका छन ।
यसैगरी कार्यसमिति सदस्यहरुमा लोकेश्वरमान जोशी, अशोक कुमार डंगोल,गणेश प्रसाद तिमल्सिना,प्रेमहरि मैनाली, दिनेश मणि रिसाल, सुरेश ढुंगाना रहेका छन् ।
साधारण सभामा सबै अतिथि तथा सदस्यहरुलाई स्वागत गर्दै संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले देश पूर्णरुपमा आयातामुखी भएका कारण नयाँ उद्योग खुल्न नसकेको बताए । आयातित वस्तुसंग वितरकका उत्पादनहरुले प्रतिष्पर्धा गर्न कठिन भएको बताए । वितरक व्यवसायीहरुलाई सदैव उत्पादक र उपभोक्ता बीचको बिचौलियाको संज्ञा दिईने गरेको भन्दै श्रेष्ठले राज्यकै निकायबाट आफुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरुको साझा समस्याहरु समाधान गर्नका लागि सबै संघ संस्थामा आबद्ध व्यवसायीहरु एकजुट भएर सहकार्य गर्दै जानुको विकल्प नरहेको बताउदै संघको हरेक सुखदुखमा उद्योगवाणिज्य संघको तर्फबाट जुनसुकै बेला जस्तोसुकै सहयोग गर्न पनि आफू तत्पर रहेको उनले बताए ।
प्रकाशित ४ फाल्गुण २0७६ , आइतबार | 2020-02-16 03:11:30
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार