काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले वित्तीय क्षेत्र लोकलाइजु नभइ ग्लोबलाइजु हुने बताएका छन्।
उनले वित्तीय क्षेत्रलाई अगाडि बढाउन विश्वमा भएका अभ्यासहरूलाई पनि लागू गर्नुपर्ने अवस्था रहेको भन्दै पछिल्लो समय राष्ट्र बैंकले लिएको नीतिहरू त्यसैको पृष्ठभूमि रहेको समेत बताए।
उनले सञ्चालक समितिमा को आउँछ भन्ने पनि थाहा नहुने अवस्थाका सन्दर्भमा सपथ लिनुपर्ने ब्यवस्था कानुनमै रहेको उल्लेख गर्दै सिइओको नियुक्तिका बारेमा पनि राष्ट्र बैंकबाट फिट एण्ड प्रोपर टेष्टु गर्ने ब्यवस्था कार्यान्वयनमा ल्याउन लागेको बताए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२ औं स्थापना दिवस तथा अवार्ड वितरण कार्यक्रममा बोल्दै गभर्नरले पछिल्लो तीन वर्षयता देशको अर्थतन्त्र निक्कै सुधार भइरहेको बताए।
सेजन डेका अवसरमा दुइजना आर्थिक पत्रकार (छापा र विद्युतीय माध्यम) लाई उनीहरूले लेखेको वर्षभरीको उत्कृष्ट रिपोर्टिङका आधारमा नगदसहित पुरस्कृत गरिएको छ।
छापाबाट मातृका दाहाल र विद्युतीयबाट केदार दाहाल जनही ५० हजार रूपैयाँका दरले पुरस्कृत भएका छन्। रमेश कुमार र राजु बास्कोटाले फेलोसिप प्राप्त गरेका छन्।
यसैगरि लामो समयदेखि आर्थिक पत्रकारिता गरिरहेका नितु पण्डित, शिव दुवाडी, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाललाई सम्मान गरिएको छ।
प्रकाशित १५ मङ्गसिर २0७६ , आइतबार | 2019-12-01 10:34:49
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार