बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्‍याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् ।  हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै  आगामी पुष मसान्तभित्र सबै स्थानीय तहमा सेवा पुर्‍याउनु पर्ने बताएका छन ।  कामना सेवा विकास बैंकले आज काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालयको उदघाटन गर्दै मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेकाले सबै स्थानीय तहमा छिटो बैंकिङ सेवा स्थापना गर्नुपर्ने बताए ।

सेवा एकदमै दुर्गम क्षेत्रमा मात्र होइन, कतिपय सुगम भनिएका प्रदेशहरुमा पनि बाँकी छ । त्यसकारण यो पुस मसान्तभित्रमा कुनै न कुनै रुपमा बैंकिङ सेवाको पुहँच बाँकी स्थानीय तहले पनि पाउनु पर्ने बताए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए ।  इमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तीय संस्था र कर्मचारीहरु कारबाहीको भागीदार हुने उनले चेतावनी समेत दिएका छन ।

बैंक तथा वित्तीय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने डेपुटी गभर्नर शिवाकोटीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला