नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । श्रेष्ठमाथि पदीय आचरण अनुकुल काम नगरेको, बैंकहरूको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप लागेको छ । 

आज बिहान बसेको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकका सञ्चालक डा श्रीराम पौडेल, रामजी रेग्मी र डा सुबोधकुमार कर्ण सम्मिलित समिति गठन गरेको हो । 

छानविन समिति गठन भएसँगै श्रेष्ठ निलम्बनमा परेका छन् । समितिले आजैदेखि काम थालेको छ । समितिले प्रतिवेदन एक महीनामा बुझाउनेछ । समितिले प्रतिवेदन बुझाएपछि श्रेष्ठमाथि आवश्यक कारबाही हुनेछ । 

श्रेष्ठमाथि पदीय आचरण अनुकुल काम नगरेको, कानूनी प्रक्रिया पूरा नहुँदै विदेशी कम्पनीको लाभांस फिर्ता लैजान सहयोग गरेको, बैंकहरूको खराब कर्जा लुकाउन सहयोग गरेको लगायत आरोप  छ । 

सरकारले उनीमाथि छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई सिफारिस गरेको थियो।

 

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला