नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर बजारमा

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर बजारमा

काठमाडौँ / उद्योग तथा वाणिज्यमन्त्री मातृकाप्रसाद यादवले ४०/५० वर्ष पुराना ग्याँस सिलिण्डर अहिले पनि प्रयोगमा रहेको बताए । काठमाडौँमा नेपाल ग्याँस  प्राइभेट लिमिटेडले आयोजना गरेको ‘कम्पोजिट सिलिण्डर’ सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पुराना सिलिण्डरहरु अहिलेसम्म प्रयोग भईरहनु कत्तिको वैज्ञानिक तथा सुरक्षित छ ? यसबारेमा पनि सरोकारवाला सबैले सोच्नुपर्ने उनको धारणा थियो । कम्पोजिट सिलिण्डर महँगो पर्ने भएको कारण सबै नेपालीले यसलाई प्रयोगमा ल्याउन नसक्ने उनको भनाई थियो । ग्याँस आयात गर्नुको सट्टा नेपालमै उत्पादन गरेर सबै नेपालीले सहुलियतमा उपभोग गर्न पाउने माहौल बनाउन सरकार लाग्नुपर्ने उनले बताए । 

कार्यक्रम नेपाल ग्याँसका अध्यक्ष गुणचन्द्र विष्ट (स्वामी कृष्णानन्द भारती) ले नेपाल ग्याँसले सिलिण्डरको भल्भ मर्मत नगर्ने नीति लागु गरेपछि नेपाल सरकारले भल्भ विग्रेका सिलिण्डरको भल्भ मर्मत गर्न नपाउने नियम बनाएको बताए । उनले मेटालिक सिलिण्डरको तुलनामा कम्पोजिट सिलिण्डरको भन्सार महँगो रहेको बताउँदै भने, ‘कम्पोजिट सिलिण्डरले ३७% भन्सार तिर्नुपरेको छ । यस्तो किन ? मैले बुभ्mन सकेको छैन ।’ भन्सार बढी भएको कारण पनि कम्पोजिट सिलिण्डरको बजार मुल्य महँगो पर्ने उनले बताए । 

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले कम्पोजिट सिलिण्डरको बनावटको बारेमा जानकारी दिएका थिए । उनले नेपालमा १ करोड ४ लाख ग्याँस सिलिण्डर रहेको तथा हरेक महिना २२ देखि २३ लाख सिलिण्डर ग्याँस खपत भईरहेको बताए । उनले भने, ‘फलामे सिलिण्डर भन्दा यो निकै नै सुरक्षित र हलुका छ । यसमा ग्याँस कति छ भनेर बाहिरबाट नै हेर्न पनि मिल्छ ।’ उनले नेपालमा ग्याँसको कारोबार अंश २५ देखि २७ प्रतिशत रहेको तथा व्यावासायिक र घरेलु प्रयोजनको ग्याँसको मुल्य समान राखिँदा नेपाल सरकारले प्रतिसिलिण्डर २८० रुपैँया ६४ पैसा घाटा बेहोर्नु परिराखेको बताए ।  

नेपाल ग्याँस प्रा.लिका वरिष्ठ बजार अधिकृत हेमन्त शाहले भीडियोमार्फत् कम्पोजिट सिलिण्डरका विशेषताहरु प्रदर्शन गरेका थिए । सिलिण्डरका बोक्न निकै सजिलो, नपड्किने, खिया नलाग्ने, अत्यधिक जाडो हुने स्थानमा हिटरको रुपमा प्रयोग गर्न मिल्ने, टे«किङमा जानेहरुका लागि उपयोगी जस्ता विशेषता रहेका छन् । शाहले नेपाल ग्याँस प्रा. लिको मोबाईल एप पनि सोही कार्यक्रमको अवसरमा सार्वजनिक गरेका थिए ।   

प्रतिकृया दिनुहोस

काठमाडौं महानगरपालिकाको बजेट रू.

होटल तथा रिसोर्टलाई क्वारेन्टाइन

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कालो बजारीको आरोपमा चार पसललाई कारबाही

नेपाल वितरक संघको १९औं वार्षिक साधारणसभा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला