काठमाडौ। सुन व्यवसायलाई निर्यातमुखी बनाउन सरकारले सुन आयातमा निजी क्षेत्रलाई पनि भूमिका दिनुपर्ने व्यवसायीहरूको माग छ । काठमाडौँमा सम्पन्न भएको नेपाल रत्न तथा आभुषण संघको उद्घाटन समारोहमा व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।
संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा सुन व्यवसायीहरुले भोग्नु परेको समस्यामाथि प्रकाश पारेकी थिईन् । सुन व्यवसायलाई सरकारले राम्रोसँग प्रवध्र्दन गरिदिए नेपालको व्यापार घाटा कम गर्न सकिने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले ड्रग्स र हातहतियारलाई भन्दा बढी सुन आयातलाई निगरानीमा राखेको बताए । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपालमा सुनको माग दैनिक ४०/५० किलो रहेको तर आपूर्ति चाहिँ २०/२५ किलो मात्रै रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरार्काले सरकारले सुन व्यवसायसम्बन्धी गलत नीति लिएकै कारण गलत तरिकाले सुनको व्यवसाय गर्नेहरू मौलाएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि डा.चिरञ्जीवी नेपालले व्यवसायीहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै भने, ‘सुन व्यवसायीहरू एक भएर आउनुस्, तपाईँका माग पुरा गर्न राष्ट्र बैँक तयार छ ।’ सुन व्यवसायीहरूका अनेक संगठन भएको कारण आफुहरूलाई पनि नीति निर्माणमा समस्या परेको उनको भनाई थियो ।
प्रकाशित ३ भाद्र २0७५ , आइतबार | 2018-08-19 05:49:20
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार