पोखरा ४ वैशाख । पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासमा जोड दिंदै प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार ल्याएको छ । चालु आर्थिक वर्षको तीन महिनाका लागि भनिए पनि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत आधार हुने गरी यो ल्याइएको हो ।
बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त पर्यटकीय प्रदेशका लागि पर्यटन, उर्जा, कृषि उद्योग र पूर्वाधार बिकासमा उच्च प्राथमिकता दिइएको सरकारले जनाएको छ ।
प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरे । संविधानको कार्यान्वयन र संघियताको व्यवस्थापनमा योगदान दिन अपील गरिएको र राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास एवं समृद्धिका लागि विकासको खाका बनाउने जनाएको छ ।
विकास र समृद्धिलाई नागरिक अधिकार, अवसर, सुरक्षा र सम्मानका आधारभूत स्तम्भमा आवद्ध गराईने र सबल, समृद्ध प्रदेश निर्माण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सार्थक बनाईने कार्यक्रममा समावेश छ ।
मानव अधिकारको संरक्षण तथा प्रर्वद्धन र विधिको शासनप्रति प्रतिवद्ध रहेको भन्दै दिगो शान्ति, सुशासन, बिकास र समृद्धिका जनअपेक्षालाई सम्बोधन गर्न सक्षम प्रदेश, अधिकार सम्पन्न स्थानीय सरकार निर्माणका लागि संघ र स्थानीय तहका बिचमा सेतुको काम गर्नेसमेत जनाइएको छ ।
प्रकाशित ४ बैशाख २0७५ , मङ्गलबार | 2018-04-17 02:15:42
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार