काठमाडौँ २ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले नयाँ योजनाका साथ बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने बताए ।
उपभोक्तालाई महशुस हुने र ठोस परिणम आउने गरी बजार अनुगमन गरिने बताउँदै मन्त्री यादवले बजार अनुगमनका नाममा धेरै हल्ला भएको बताए । उनले भने, ‘अब वास्तविकतामा आधारित भएर अनुगमन गरिने छ । अनुगमनका क्रममा कानूनी जटिलता देखिकाले संशोधन गरिने तथा सरकारी वकिलको सहायताका लागि पत्राचार गरिनेछ मन्त्री यादवले थपे, नयाँ शैक्षिक शत्र शुरु भएसँगै विद्यालयहरूले मनोमानी ढंगले शुल्क असुल्न थालेका छन् । अनुगमन गरी त्यस्ता विद्यालयलाई कारबाही गरिनेछ ।
प्रकाशित २ बैशाख २0७५ , आइतबार | 2018-04-15 02:46:40
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार