के इश्वर छ ?

     के इश्वर छ ?

सुनिता गुरुङ

महात्मा गौतम बुद्ध आफ्ना शिष्यहरु साथमा लिएर ज्ञान,उपदेश प्रदान गर्नको निम्ति गाउँ गाउँ, एक ठाउँबाट अर्को ठाउँ प्रवचन गर्न जानु हुन्थ्यो । एक समयको कुरा हो महात्मा बुद्ध आफ्नो शिष्य आनन्द स्वास्मीलाई लिएर एउटा गाउँमा जादै हुन्थ्यो । बाटोमा एकजना व्यक्ति बुद्धको नजिक आए र हात जोडेर प्रणाम गरे । उनल् सोधे “मेरो मनमा एउटा प्रश्न उठेको छ । भगवान ! के म सोध्न सक्छु ?” बुद्धले भन्नुभयो सोध, भन्ने संकेतमा टाउको हल्लाउनु भयो । ती व्यक्तिले सोधे “के इश्वर छ ?” बुद्धले झट्ट प्रतिप्रश्न गर्नुभयोे “तिमीलाई के लाग्छ त ? ईश्वर छ होला की छैन होला ?” ती व्यक्तिले भन्यो  “मलाई लाग्छ ईश्वर छ ।”

बुद्धले भन्नुभयो “तिमीलाई गलत लागेको छ । यो व्रम्हाण्डमा ईश्वर जस्तो बस्तु केही पनि छैन ।” बुद्धको जवाफ सुनेर त्यो व्यक्ति अकमकियो र बुद्धलाई हेरि रह्यो ।

बुद्ध यति जवाफ दिएर अघि बढ्नुभयो । पछि—पछि दुवै शिष्य पनि अघि बढ्यो । व्यक्ति एकछिनसम्म त्यही उभिएर भगवान जानु भएको बाटो हेरि रहयो ।

बाटोमा जादै गर्दा निकै पर फेरि एकजना व्यक्ति बुद्धको नजिक आयो र हात जोडेर प्रणाम गर्दै सोध्यो । “मेरो मनमा एक प्रश्न छ । भगवान  ! के म सोध्न सक्छु ?” बुद्धसँग अनुमति लिएर त्यो व्यक्तिले प्रश्न ग¥यो । “सबै भन्छन ईश्वर छ यसै विषयमा धेरै दिनदेखि म चिन्तनमा छु । के साच्चै नै इश्वर छ ?”

बुद्धले उल्टै त्यही ब्यक्तिलाई नै प्रश्न गर्नुभयो “तिमीलाई के लाग्छ ?” त्यो व्यक्तिले भन्यो “मलाई लाग्छ । इश्वरको सम्बन्धमा जति पनि चर्चा —परिचर्चा गरिन्छ । त्यो सबै मिथ्या हो । इश्वर भन्ने केही पनि छैन । मलाई लाग्छ इश्वर छैन ।” बुद्धले भन्नु भयो “तिम्रो सोच गलत छ । किनकी यस अस्तित्वमा  इश्वरभन्दा अरु केही छैन । आखा बन्द गर र मनन गर । तिम्रो अगाडि ,पछाडि ,दाया ,बाया जताततै ईश्वर छ ।”

बुद्धको जवाफ सुनेर त्यो व्यक्ति सोचमा प¥यो । यति जवाफ दिएर बुद्ध आफ्नो बाटो लाग्नुभयो । आनन्द र स्वास्तीव पनि बुद्धको पछि लाग्यो । दुईजना व्यक्तिको एउटै प्रश्नको बुद्धले दिनु भएको बेग्ला—बेग्लै एकदमै विपरीत उत्तर ! दुवै शिष्य अचम्म मानिरहेका थिए ।

अर्को दिनको कुरा हो । भगवान बुद्ध विश्रामको निम्ति गाँउमा नै बास बस्नु भएको थियो । विहानैदेखि गाऊँका व्यक्तिहरु भगवानको दर्शन गर्न र मनमा लागेका जिज्ञासा मेटाउन आउन थाले । भगवान गौतम बुद्ध यसरी गाऊँ— गाँऊ धर्म उपदेश दिन जाँदा गाँऊभरी तथागत बुद्ध आउनु भएको छ भनी हल्ला सुनेर सबैजना दर्शन गर्न ,आशिर्वाद लिन आउने गथ्र्यो ।

त्यहाँ एकजना व्यक्ति आयो । ऊ चिन्तीत देखिन्थ्यो । बुद्धको नजिक आयो र हात जोडेर भन्न लाग्यो “हे बुद्ध ! म एकदमै चिन्तित छु । ईश्वरको सम्बन्धमा सबैको बेग्ला —बेग्लै धारणा छ । कसको कुरा सही मान्नु ? म बडो असमझमा छु । वास्तवमा ईश्वर छ या छैन ! म स्वंयम पनि सही कुरा जान्न ईश्वरको खोजी गरिरहेको छु । भगवान ! मलाई मार्गदर्शन गर्नुप¥यो ।” त्यस व्यक्तिको कुरा सुनेर भगवान बुद्ध चुप लाग्नुभयो । केही पनि जवाफ दिनु भएन र आखा चिम्म गरेर ध्यान मुर्दामा बस्नु भयो ।

यो देखेर बुद्धको शिष्य आनन्द र स्ववास्तीक चकित प¥यो । बुद्धबाट न केही जवाफ न प्रतिकृया नआयपछि त्यो व्यक्ति पनि त्यतीकै मनमा कुरा खेलाउँदै फर्कियो । तब आनन्दले भगवान बुद्धलाई सोध्यो “हे तथागत ! हिजोदेखि आजसम्म तीनजना व्यक्तिले ईश्वरको सम्बन्धमा एउटै प्रश्न ग¥यो । ईश्वर छ या छैन भनेर तर ती तीन जनाले सोधेको एउटै प्रश्नको उत्तर हजूरले एकदमै विपरीत किसिमको जवाफ दिनु भयो । हामी आश्चर्यमा छौ । यो किन भगवान ?” बुद्ध मुस्कुराउनु भयो र भन्नुभयो “पहिलो व्यक्तिको सम्बन्धमा ,उसको मान्यता थियो कि ईश्वर छ ।

उसको ईश्वर छ भन्ने विचार उसले लोकचर्चाबाट सुनेको भरमा इश्वर छ भनरे मानेको अवस्था थियो । त्यसैले म उसको मान्यता मेटाउन चाहन्छु । किनकी कुनै पनि जिज्ञासाको भित्री तहसम्म पुगेर जबसम्म त्यसको सत्यको खोजी हुदैन तबसम्म सही के हो ? भन्ने विषयमा पूर्ण ज्ञान प्राप्त हुदैन । मान्नु सजिलो छ ,जान्नु गाह«ो छ । म चाहन्छु , मेरो उत्तरले उसको मनमा दुविधा उत्पन्न गरोस र ईश्वर छ या छैन को गहिराईसम्म पुगेर ईश्वरलाई ऊ आफैले खोज्न शुरु गरोस ।” दोस्रो व्यक्तिको मान्यता थियो की ईश्वरको सम्बन्धमा भनिएका सबै कुरा केबल भ्रम हो । मन गढन्ते कुरा हो । ईश्वर कहाँ छ र इश्वर छैन । म, ईश्वर छैन भन्ने उसको सोचलाई पनि तोड्न चाहन्छु ताकी ऊ मेरो उत्तर सुनेर के , साच्ची नै ईश्वर छ त भनेर इश्वरको खोजी भई शुरु गरोस र सही ज्ञान उसलाई प्राप्त होस् ।”

तेस्रो व्यक्तिको सम्बन्ध ऊ स्वयम जाग्रीत अवस्थामा छ । लोक चर्चाको विषयमा ऊ पूर्ण सन्तुष्ट छैन । इश्वर छ या छैन भन्ने सम्बन्धमा सत्य के हो ऊ जान्न चाहन्छ । लोकको इश्वर छ भन्ने पक्षमा पनि ऊ छैन र लोकको ईश्वर छैन भन्ने पक्षमा पनि ऊ छैन । ऊ सत्यको खोजीमा छ ।। उसको यो खोजी उत्तम छ । त्यसैले म उसको खोजीमा वाधा पुराउन चाहन्न । त्यसैले म चूप लागेको हुँ । त्यहाँ मैले बोल्नु उचित थिएन । किनकी त्यहाँ मैले जे बोल्यो उसको विचार त्यसै मोडिन्थ्यो र उसको इश्वरलाई चिन्ने र सही सत्यको पहिचान गर्ने जुन खोजीमा ऊ लागि सकेको छ त्यो रोकिन्थ्यो । जसले गर्दा ऊ इश्वरको सम्बन्धमा ज्ञान पाउनुबाट बन्चीत हुन्थ्यो । र भन्नुमा मात्रै सिमित हुन्थ्यो । ज्ञानमार्गमा यो सर्वदा अनुचित छ ।”

               (गुरुङको भगवान् बुद्धका प्रेरणादायक कथाहरू पुस्तकबाट साभार)

 

 

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला