गाँजा के हो ? के होइन ?

  गाँजा के हो ? के होइन ?

डा. महेश प्रसाद पुडासैनी, कृषि बैज्ञानिक, क्यानडा (हाल क्यानबिसमा कार्यरत)

गाँजा एउटा महत्वपूर्ण वनस्पति हो भन्ने कुरा यहाँ फेरि भन्नु नपर्ला ।  पौराणिक काल देखि नै यो वनस्पति महत्वपूर्ण थियो भन्ने कुरा छर्लङ भैसकेको अवस्था छ । गाँजाको बिषयमा नेपलमा पनि धेरै वहस् भैरहेको र बिभिन्न सञ्चार माध्यम एवम् पत्रपत्रिकमा लेखहरु पनि प्रकाशित् भइसकेका छन् । यस सम्बन्धी नेपाल सरकारले नयाँ विधेयक पनि संसदमा दर्ता गरेको अवस्था छ । यस अवस्थामा गाँजा के हो ? साच्चै गाँजाबाट समृद्धि संम्भव छ त ? यसको उपायोगिता बारे चर्चा गर्न खोजिएको छ ।

वास्तवमा गाँजा एक वहुआयामिक, वहुउपयोगी तथा वहुजैबिक बिबिधता भएको असाधारण वनस्पति हो । यो वनस्पति क्यानाबेसी परिवारमा पर्दछ जसलाई हेम्प परिवार पनि भनिन्छ ।  गाँजालाई वनस्पति बिज्ञहरुले दिएको पहिलो बैज्ञानिक नाम क्यानबिस सटिभा हो ।  समयको अन्तरालसंगै क्यानबिसका अरु दुई भिन्न प्रकारका वनस्पतिहरु भेटिए जस्लाई बैज्ञानिकहरुले क्यानबिस इन्डिका र क्यानबिस रुडेरालिस भनेर  नामाकरण गरेका छन् । यसरी क्यानबिसका तीन थरिका प्रजातिहरु उल्लेख भएको पाईन्छ । बेला बेलामा अन्य प्रजातिको पनि बर्णन् भएको पाईन्छ।  हाल आएर क्यानबिसका यी मुख्य तीन किसिमका वनस्पतिहरु लाई तीन प्रजातिमा बिभाजन गर्ने वा क्यानबिस सटिभालाई मात्र प्रजाति मानेर तीन ओटा उपप्रजातिमा बर्गीकरण गर्ने अथवा तीन ओटैलाई भिन्न प्रजाति मान्ने भन्ने कुरामा बहस चलिरहेको अवस्था छ । जसरी बर्गीकरण गरे पनि आकृति विज्ञान र भौगोलिक फैलावटको आधारमा हाम्रो प्रकृतिमा मुख्य रुपमा तीनै किसिमका गाँजाहरु जंगली अवस्थामा पाइन्छन् । यो प्रकृतिको अनुपम देन हो ।

क्यानबिस सटिभा १० देखि २० फिटसम्म अग्लो हुन्छ ।  हाँगाहरु पातलिएको हुन्छ । पात लामो, कम चौडाइ भएको, फिक्का हरियो र नरम हुन्छ। यस वनस्पतिको गैरप्रजनन (फूलनफुल्ने) चरण् (भेजिटेटिभ स्टेज) छोटो हुन्छ भने  प्रजनन (फूलफुल्ने) चरण् (रिप्रोडक्टिभ स्टेज) लामो हुन्छ र फूलहरु पनि पातलो लाग्छ।  प्रकाश चक्र स्थानांतरण (फोटोपेरिओडिज्म,लाइट साईकल् सिफ्टिङ) को असर कम हुन्छ । उत्पादकत्व पनि कम नै हुन्छ ।  यी गाँजा आक्षांश रेखाको ३० डिग्री उत्तर तलदेखि भूमध्यरेखाको वरीपरी अर्थात तातो हावापानी भएको स्थानमा पाईन्छ । क्यानबिस इन्डिका  ६ फूट सम्म अग्लो हुन्छ र यी गाँजाहरु बाक्लोसँग झाँगिन्छन् ।  हांगाहरु बाक्लो हुन्छ । पात लामो, फराकिलो, गाडा हरियो र कडा हुन्छ। यस वनस्पतिको गैरप्रजनन चरण् लामो हुन्छ भने  प्रजनन चरण् छोटो हुन्छ र फूलहरु बाक्लोसँग लाग्छ।  प्रकाश चक्र स्थानांतरण को असर धेरै हुन्छ । उत्पादकत्व पनि धेरै नै हुन्छ ।  यी गाँजा अक्षांश रेखाको ३० डिग्री उत्तरको वरीपरी र माथि अर्थात चिसो हावापानी भएको भूगोलमा पाईन्छ । गाँजाका यी दुवै प्रजातिमा प्रकाश चक्र स्थानान्तरणको असर रहन्छ र यी दुवै दिन छोटो भएपछि फूलफूल्ने वनस्पति अर्थात सर्ट डे प्लन्ट हुन् ।

क्यानबिस रुडेरालिस गाँजाको तेस्रो प्रजाति हो । यो १ देखि २.५ फूटसम्म अग्लो हुन्छ । यसमा हांगा हुँदैन, पात लामो, फराकिलो, फिक्का हरियो र नरम हुन्छ। यस वनस्पतिको गैरप्रजनन चरण् छोटो हुन्छ भने २० देखी ३० दिन भित्र फूलफुल्ने चरणमा प्रबेश गर्दछ र फूलहरु पनि पातलो लाग्छ।  प्रकाश चक्र स्थानांतरणको असर हुँदैन । त्यसैले यी प्रजातिलाई दिन वा रातको अवधिको असर नपर्ने (डे निउट्रल् प्लन्ट) अर्थात आँफै फुल फूल्ने गाँजा पनि भनिन्छ। यसको उत्पादकत्व पनि  कम नै  हुन्छ  ।  यी गाँजाहरु छोटो दिन तथा चिसो हावापानी भएको स्थानमा पाईन्छ । यो प्रजातिमा धेरै वास्नाको गुण भएको हुनाले क्यानबिस प्रजनन (प्लान्ट ब्रिडिङ) गरेर उच्च जात बिकास गर्नको लागि प्रयोग हुन्छ । फूल फूल्ने वनस्पतिहरु मध्ये ९५ प्रतिशतमा स्त्री र पुरुष फूल एउटै बिरुवमा लाग्दछ तर गाँजामा भने भिन्दाभिन्दै बिरुवामा हुन्छन् । तर,प्रकृतिमा स्त्री र पुरुष फूल गाँजाको एउटै बिरुवमा पनि यदाकदा भेटिन्छन्।

गाँजाले पार्ने शारीरिक प्रभाव (फिजिओलोजिकल इफेक्ट) को आधारमा पनि यसलाई दुई प्रजातिमा विभाजन गरिएको पाईन्छ।  सटिभा प्रजातिले मस्तिस्कमा प्रभाव पार्ने, उत्तेजक र खुशी बनाउने, मुढ बढाउने, रचनात्मक् र उर्जावान बनाउने काम गर्छ। यो गाँजालाई डिप्रेसन, थकान घटाऊन प्रयोग गरिन्छ । यो गाँजालाई आयुर्वेदिक औषधी बनाउन प्रयोग गरिन्थ्यो ।

इन्डिका प्रजातिले शरीरमा प्रभाव पार्ने, शान्त बनाउने, निन्द्रा लगाउने काम गर्छ। यो गाँजालाई भोक जगाउन, अनिन्द्राको उपचार गर्न, धेरै किसिमका शारीरिक दिर्घ दुखाइ कम गर्नको लागि प्रयोग गरिन्छ।

सटिभा र इन्डिका दुबै प्रजातिले शाररीक प्रभाव पार्ने र धेरै रोगहरुको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने भएको हुनाले यिनिहरुलाई नशालु (इन्टक्सिकेसन) तथा औषधियुक्त (मेडिसिनल) गाँजा भनिन्छ। नशालु गाँजालाई आधुनिक जीवनशैलिमा मनोरन्जनात्मक् गाँजा रुपमा चिनिन्छ । सटिभा र इन्डिका दुवै प्रजातिलाई मरिवना पनि भनिन्छ । गाँजाको अर्को पनि एउटा ल्यान्डरेश छ जुन सैयौं बर्ष देखि खाद्य र रेशा बनाउन प्रयोग भईरहेको छ यसलाई हेम्प भनेर चिनिन्छ । यो ल्यान्डरेश सटिभासँग धेरै मिल्दोजुल्दो भएको हुनाले सटिभाकै खेती गरिएको जात (डोमेस्टिकेटेड ल्यान्डरेश) भनेर पनि बुझ्ने गरिन्छ र यसमा नशालु गुण हुँदैन । हेम्पमा रेशा, औषधीय र खाद्य गुण भएका छुट्टा–छुटै जातहरु पाइएका छन् ।  

साधारणतया क्यानबिस (गाँजा) वनस्पतिमा ५४० प्रकारका रसायनहरु पत्ता लागिसकेका छन्। ती मध्ये क्यनबिनोइड्स रसायन समूहमा ११३ बिभिन्न किसिमका रसायनहरु पत्ता लागेका छन् । गाँजा बजारमा हाल वहुचर्चित मुख्य क्यनबिनोइड्समा टी एच्सी र सीबीडी हुन्। गाँजामा बिभिन्न किसिमको वास्ना (फ्लेभर) पनि हुन्छ जस्लाई टर्पिन्स भनिन्छ। हाल सम्म १५० किसिमका टर्पिन्सहरु गाँजामा पाइएका छन् । टीएच्ी ले केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्दछ  र यो चाँहि नशालु पदार्थ (इन्टक्सिकेसन रिक्रिस्नल) अन्तर्गत पर्दछ तर सिबिडि ले कुनै पनि नशालु प्रभाव पार्दैन र यस्ले थुप्रै रोगहरुको उपचारमा  महत्वपूर्ण भूमिका खेलेको छ। हाल बजारमा भएका कतिपय कृतिम औषधीले (एलोप्याथीक) उपचार गर्न नसकिएका दिर्घकालीन रोगहरु सीबि डी ले निर्मुल गरेका थुप्रै उदाहरणहरु छन्।  औषधीजन्न्य गाँजाको (मेडिसिनल क्यनबिस) लागि सि बि डि, टर्पिन्स र टि एच् सि चाहिन्छ भने मनोरन्जनत्मक गाँजाको (रिक्रिस्नल क्यानबिस) लागि टि एच् सि र टर्पिन्स चाहिन्छ ।

गाँजा अनगिन्ती औषधी (एलोप्याथिक, आयूर्बेधिक, भेटेनरियन) अनगिन्ती औधोगिक (फाइबर, टेक्सटाइल, बिल्डिङ मटेरिअल, बयो प्लास्टिक्, इत्यादी) , खाद्य (हेम्प हार्ट, हेम्प ओएल, इत्यादी) तथा नशालु वस्तुहरु (ड्राइ बड, भेप, ईन्फ्युज, इत्यादी) बनाउन वहुउपयोगी देखिएकोछ ।  जंगली अवस्थाका गाँजा सहित् संसारभरि थुप्रै खेती गरिएका प्रजाति, जात, बर्णशंकर जे भएपनि सबै गाँजालाई कानूनको दायरामा राखेर व्यवस्थापन र नियमन गर्न आवश्यक छ । नेपाल जैविक विविधता तथा विविध कृषि जलवायुको  धनी देश भएको हुनाले, यहाँ गाँजाको पनि विविध जातहरु पाइने सक्ने सम्भावना छ। नेपालले यस अत्यावश्यक वहुउपयोगी वनस्पतिलाई समयमै पहिचान,अध्ययन तथा अनुसन्धान गरेर विश्व बजारमा आफ्नो महत्वपूर्ण भूमिका कायम गर्न सक्ने बलियो सम्भावना छ। गाँजाको खेती, विकास तथा प्रवद्धन गर्न सके यसले नेपालमा रोजगार सिर्जना गर्नुको साथै अर्थिक प्रगतिमा उलेख्य योगदान दिन सक्छ भन्ने कुरामा दुई मत हुनै सक्दैन।

 

 

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला