जब शिक्षकले हात पसारे ..... समाचारदाता ट्वाँ परे !

जब शिक्षकले हात पसारे ..... समाचारदाता ट्वाँ परे !
घरवालाले कोठामा नपस्न भनिदिएछन् । अनि शुरु भएको हुन्छ उनीहरूको सडकको बास ।
 
पैदल यात्रु छैनन् ! सडक चकमन्न छ । एक्का दुई मान्छे सतर्कताका साथ निस्कन्छन् र ओझेल पर्छन् । एकै छिनमा सन्नाटा चिर्दै हर्न निषेधित शहरमा एम्बुलेन्सको आवाज थिचेर एउटा भट्भटे आउँछ । फेरि आउँछ एउटा चिल्लो कार अर्कातिरबाट । चुंरिक्क, भयानक आवाज हुन्छ ! सायद दुवै ठोक्किएका हुन्छन् । हेर्दाहेर्दै गाडीको ताँती लाग्छ । घर बस्नेलाई मात्रै लाग्ने हो कि लकडाउन जस्तो प्रतीत हुन्छ ।
"लौ न भट्भटेवाला भट्याक्भट्याक पो गर्दैछ त !" कसैको आवाजले ज्यान जोखिममा रहेको संकेत गर्छ । परे बसेर हेर्नेहरू धेरै छन् । उठाउन मद्दत गर्न कोही बढेको देखिन्नन् । रोग सर्न सक्छ । कुनै जाली सिनेमाको सुटिङ्ग हुनसक्छ । अनेकौं चाल हुनसक्छ । एकातिर चेपिएको मान्छे चियाएको सुनिन्छ अर्कोतिर बेकामेहरूको कल्याङ्मल्याङ्ग । त्यत्तिकैमा एम्बुलेन्स आउँछ र बिरामी लिएर हुइंकिन्छ । जुन अस्पतालको एम्बुलेन्स हो त्यही अस्पतालले बिरामी राख्न मानेन भनेको सुनिन्छ । "गरिबको उपचार, खतराको ब्यापार" ठान्ने इनले के गर्थे सेवा भन्दै एक जना वयोवृद्ध एकापट्टिको झ्यालबाट सबै कुरा भेउ पाएझैं भन्नुहुन्छ । "हेर न यो बिरामी अस्पताल खोज्दाखोज्दै मर्छ !"
छेवैको रूखमुनि कोही व्यक्ति खानेकुरा माग्दै हुन्छन् । "रोगले भन्दा भोकले लैजाने भयो, हजुर ! केहीकेही दिनुहोस् पुण्य हुन्छ ! उपस्थित कसैका कानमा त्यो आवाज ठोक्किँदैन । पछिल्तिरबाट सबैलाई धकेल्दै एक पुरुष आउँछन् र बिस्कुट थमाउँछन् । उसले छोएर गएको कसैलाई याद हुँदैन । बिस्कुट दिएको एउटा विडियो खिचेर उक्त पुरुष पनि ओझेल पर्छन् ।
करिब बीस दिनपछि एउटा समाचार आउँछ । फलानो ठाउँको रुखमुनि बस्ने मानिस महामारीको कारण मरेको भन्ने । त्यसपछि त्यहाँ भेला भएका मानिसहरू रोग जाँच्न जान्छन् । उनीहरूमा कोरोनाको जीवाणु भएको पुष्टि हुन्छ । अचम्म मान्छन कि उनीहरूले उक्त मृतकलाई छोएका हुन्नन् र दस फिटभन्दा परबाट हेरेका मात्र हुन्छन् । अब रुन्थलीलाई सम्झना भयो कम्मरै बेरम्ला जस्तो गरी जिउ छोएर अगाडि बढेको मान्छेको ! उसैका मद्दतले बिस्कुट बाँडेको विडियो खिचिएको थियो ।
 
समाचार खोज्न हिंडेका पंक्तिकार पनि अवाक् रहन्छन् । छामछुम गर्दा खल्तीबाट निस्केका गोडा दुवेक हजार उनीहरूलाई थमाउँदै उनी अगाडि बढ्छन् । कतै किसान बाली नस्ट गर्दै भेटिन्छन्, त कतै बैंकअगाडि ब्याज मिनाहाको माग राखी ऋणी धर्ना बस्तै ।
 
अनि त्यही बिस्कुटसंगै कीटाणु लिएर ती गरिबगुरुवाको ज्यान गएको दर्दनाक घटना थियो । अनाहक अरूलाई दुख पुर्याउने ठेटनाहरूले मासु खाने भए ! रुन्थलीलाई खुइय्य भयो । चटक्क खाइलाग्दा र गाँठवालालाई रोग लाग्दैन कि भन्ने सोच झूठो सावित भएको थियो । अमेरिकामा अस्वेतलाई मात्रै लाग्छ भनिएकामा गोरावर्ग पनि शिकार भएजस्तै ! अहिले सबैजना शुद्धबैठीमा छन् । "अदालतले शुन्य समय भनेको छ, सबैखाले शुल्क मिनाहा होस् अनि उपचार पूर्ण निशुल्क । स्कुल होस् कि अस्पताल अनि ब्यापारी, उल्टोपाल्टो गर्ने सबैलाई ठिङ्गुराउनु पर्छ । सबैलाई खोजी खोजी रासन पुर्याउनुपर्छ दाता खोजेर हुन्छ कि सरकारी खर्च कटाएर ! यस्तै मर्दापर्दा त हो नि नागरिकमा ढाडस बाँड्ने । छेमेकी उस्तै छन् फेरि, सीमा पनि हेर्दै गर्नुपर्छ ! बाँचीबर्ती रहे देशको सीमार्थ हामी सँगै लड़ौला !" सरकारी संयन्त्रलक्षित आन्टीको कुरा माननीय थियो ।
विद्यमान लकडाउनले उब्जाएका धेरै कुराले मानव सभ्यतालाई नयाँ शीराबाट व्याख्या गर्नुपर्ने सुझाएको छ । यहाँ संसार जित्छु भन्नेहरू भुसुभुसु लडिरहेका छन् । ठूलाठूला महलका अगाडि झुपडीहरुमा आगो बल्न छोडेको महिना दिन कटिसक्यो । कसैले ओर्लेर केही सहयोग गरेको देखिन्न । अरू बेलाका भरियाहरू निर्जन पाटीहरूमा मुढा लड़ेसरह लडेका भेटिन्छन् । छोरीको अनलाइन पढाइ नछुटोस् भनी पिलपिले मोबाइल चार्ज गर्न बाटो परी बिजुली भएको साथीको घरमा जानुभएकी आन्टीलाई साइकलवाला कसैले ठक्कर दिएर इन्तुनचिन्तु बनाएको छ । उपचार गर्न अस्पताल जानु अर्को कहर थपिने पीरले उहाँ पालमै सुतिरहनुहुन्छ खुट्टामिच्दै ।
शुरुमा जस्तो समाजसेवी भन्नेहरू पनि चुपचाप बस्न थालेका छन् । अविभावकको ढाड भाँचिने गरी दोहोरो र तेहेरो शुल्क लिएर टाइ सुट र भात बेच्नेहरूले स्कुले भान्से बिर्से । अनि शिक्षक बिर्से । अरू बेलै पनि सित्तै दिनुपरेजस्तो गर्नेले महामारी पर्दा त झन् तलब दिने कुरै आएन क्यार । परेको बेला एक दुइ महिना पनि तलब धान्न नसक्ने संस्थाका नाममा बढेमानका बिल्डिंग किन बनाइन्छन् ! सडकमा डुल्दै गरेका माइला मास्टरले पंक्तिकारतर्फ हात बढाउँछन् । नभन्दै काम गरिआएको स्कुलले तलब नदिएकाले उनी खुराक जोहो गर्न निस्केका रहेछन् ! भोकै बस्न पनि नसकिने राहत लिन पनि अप्ठ्यारो हुने !
"चोर्नु भएन, बरू माँग्न ठिक होला ।" भन्दै उनी कुर्लिए, "समाज सेवा भनेका छन् लुटेका छन् ! पोहोर साल पचास लाख आम्दानी भयो भन्दै थिए, यसपाली डेढ़ करोढ । चैतकै लिन बाँकी थियो, लक डाउन शुरु भैगो ! यत्तिका दिन बिते अब त के देलान् समाजसेवीहरूले । समाजसेवा भए त्यत्रो कमाए पछि त शुल्क कम पो गर्दै लानु पर्ने । कारिन्दाको सुविधा बढाउनु पर्ने ! सधैं आफू हिडिरहनुपर्ने आधी समय आफ्नै गाडी कुदाइरहनुपर्ने अगाडिको हिलाम्य सडक निर्माण पहल गर्नुपर्ने । माथ्ला पट्टिको पानी ल्याउने गरेको सार्वजनिक ढुङ्गेधारोमा ढुंगा छापे पनि हुन्थ्यो ।
बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई विशेष सुविधामा राख्नुपर्ने । सामान्य खर्च धान्ने जति शुल्क उठाएर बचतले सम्बन्धितलाई राहत दिनु पर्ने । सब ठगहरू ! पैसा खुवाएर समाचार लेखाएर समाजसेवी भएकाहरूले सेवा गर्ने समाज चैं त्यै टन्न हसुर्न पाउनेहरू त होलान् नि ! फेरि यो सामाजिक सुरक्षाकोषको अर्कै पीडा छ, भाइ । तपाईंहरू पो संचयकोषवाला पर्नुभयो । हामीलाई त सास्ती छ । पोहोर तलब बढ्ने बेलामा यसको कुरा आयो । भैरहेको स्केल काटेर यति र उति प्रतिशत मिलाउने भन्दै तलब बढाउनु त परे जाओस् भैरहेको महिनावारी पनि काट्दै राखे, यतिखेर त्यही दिए पनि हुने नि ! के दिन्थे, अझ सुन्दैछु सामुदायिक स्कुल पनि इनीहरूकै जिम्मालाउने पो कुरा छ रे ! स्कुले फेरि पैसै उठाउन नपुगेझैं खुल्न तयार छन्, यता स्वास्थ्यको जिम्मा तिनले लिन्छन् त ! खबरदारी गरिदिनुहोस है ! यस्तो पाराले हुँदैन । जनन्याय खोई !" थोरै रकम सहायोग लिएपछि गहभरी आँशुमा धन्यवाद भन्दै उनी घरतर्फ लागे ।
अलि पर्तिर हातमा ज्यावल र सुत्री बोकेका तीन व्यक्ति भेटिन्छन् । उनीहरूका ठेक्केदारले लकडाउन खुलेपछि मात्रै आउनु भनी पठाइदिएछन् । भाडाको बसाई, पहिलो हप्तासम्म त ठिकै चल्दै थियो । त्यसपछि घरवालाले कोठामा नपस्न भनिदिएछन् । अनि शुरु भएको हुन्छ उनीहरूको सडकको बास । एक छेउ लागेर हिंड्छन्, कसैले केही काम लाए गुजारा हुन्छ नभए दुनियाँ हेरेर चित्त बुझाउँछन् ।
एक जना युवकलाई सोधिन्छ, "काम त पाइन्छ ?"
जवाफ अचम्मको थियो: अरू रोगका बिरामी अस्पतालतिर नदेखिएजस्तै हामीलाई पनि काम लाउने मान्छेहरू एकाएक गायब छन् । के पाइन्थ्यो काम । एक महिनामा एउटा सानो पर्खाल सन्ध्याको, अनि हिंजो एक जनाको छत टाल्न पाइएको थियो । नत्र त सुख्खा ! गारो छ, हजुर । तपाईंहरू जस्तो साहु त झन् आउने अनि यो र त्यो सोधेर झर्को दिने । हामीलाई त भोक लागेको छ पैसा दिनोस् खानेकुरा दिनोस् । हो त भन्या !
समाचार खोज्न हिंडेका पंक्तिकार पनि अवाक् रहन्छन् । छामछुम गर्दा खल्तीबाट निस्केका गोडा दुवेक हजार उनीहरूलाई थमाउँदै उनी अगाडि बढ्छन् । कतै किसान बाली नस्ट गर्दै भेटिन्छन्, त कतै बैंकअगाडि ब्याज मिनाहाको माग राखी ऋणी धर्ना बस्तै ।
बिजुली अफिस पानी अफिस मालपोत अड्डा सबैतिर जुलुस छ ! सबैभन्दा ठूलो कुरो त झन् गोदावरीको पाखा ओडारमा मिल्छ । क्वारेन्टाइनबाट भागे भनिएका सुरुङ्गप्रसाद तीन जनाको परिवारसहित त्यहाँ बस्न पुगेका रहेछन् । "ठूला नेता जति कोही भारतीय दुताबास, कोही चैनाको नियोग, कोही एमसीसी के के हो गफ गर्दै हिंड्दा रान् । अनि त्यहाँ जबर्जस्ती राखेर पहिलेका दाइ दिदी पनि कता हिंडे, आफ्नो बिचल्ली हुने देखेर म त भागें । झुप्रोमा बसुम्, समाएर लैजालान् भनेर इ हामी त च्युरा मकै टन्न लिएर यता पो बस्न थाल्यौं ।" सबैकुरा चाँडै सामान्य होस्, र ब्यबस्थापन मिल्दै जाओस् सोच्तै पंक्तिकार घरतिर लाग्छन् ।

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला