झिँगाको काल (कथा)

झिँगाको काल (कथा)
एकादेशमा दुई साथी बस्थे । एउटा मच्छड र अर्को झिँगो । उनीहरू सधैँ सँगै बस्थे ।
उनीहरू सानैदेखि मिल्ने साथी थिए । उनीहरू मिलिमिली मान्छेका कोठामा जान्थे । मच्छड भने मान्छेको रगत चुस्दै बस्थ्यो । झिँगा भने फोहोरको रस खाँदै बस्थ्यो ।
एकदिन झिँगाले भन्यो "साथी, आज एकदिनको लागि हामी आफ्नो काम साटुम् न !"
"हुँदैन, साथी ! अचेल मान्छे धेरै बाठा भएर उल्का छ ! बचेर बस्छन् । कहिले काहीँ मात्रै टोक्न पाइन्छ । तै पनि तिम्रो त टोक्ने बानी पनि छैन । तिमी भोकै पर्न सक्छौ ! के तिमी नखाई बस्न सक्छौ, भन त?" यस्तै यस्तै कुरा भनेर मच्छडले झिँगालाई सम्झायो ।
कुरा मिल्यो । त्यो दिन मच्छड र झिंगाले आ-आफ्ना काम गरे ।
अर्को दिन फेरि झिँगाले काम साट्ने भन्यो । मच्छडले पनि तर्क राख्यो । एक छिन् झगडा पनि पर्यो । तर पछि सहमति भयो । दुवैले काम साट्न माने । त्यस दिनपछि उनीहरू एक अर्काको काम गर्न जाने भए ।
"तर त्यो हाम्रो छेउको मान्छेतिर चैँ नजाऊ है !" सम्झाउन खोज्दै मच्छडले भन्यो ।
झिँगालाई साथीको कुरा सुन्ने फुर्सद थिएन । के के न गर्न आँटेजस्तो गर्दै ऊ भुन्न उड्यो । उसले सोच्यो: बल्लबल्ल राम्ररी खान पाइएला भनेको साथीचैँ उल्टो र पाल्टो भन्छन् । मेरो मनपर्ने कुरामा ऊ जहिले पनि यस्तै गर्ने क्या ! नहुने कुरो !"
अर्कोतिर मच्छड आफ्नो साथीको चिन्ता गरिरहेको थियो । "साथीलाई के थाह होला र मान्छेहरू हामीजस्ता कीरा मार्नका लागि केके लिएर बस्छन् र हामीलाई प्याट्ट पार्छन् । मलाई त थाह छ र म यसबाट धेरैचोटि बचेको पनि छु तर बिचरा साथीलाई गाह्रो त पर्दै छैन, अब म के गरुम् ।"
मच्छड लामो सोचमा पर्यो । ऊ झिंगा भएतिर जाने भनेर हतारिंदै गयो । उता झिँगा मान्छे बसेको ठाउँमा पुगेर टोक्न थाल्यो । नुहाएर बसेको मान्छेको कमलो खुट्टामा चिरिक्क चिरिक्क पार्यो । अनि त्यो मान्छेले कीरा मार्ने ब्याट निकाल्यो र यता उता हिर्काउन थाल्यो ।
कोठा बन्द थियो । केही कपडा झुण्ड्याएको थियो र त्यतैतिर लुक्तै झिंगा यता र उता उडिरह्यो ! कुनै बेला त उसलाई डर पनि लाग्न थाल्यो । आखिरी ज्यानको माया न हो ! एक ठाउँ बसेर साथीलाई सम्झिनमात्र के थालेको थियो, जालीजस्तो के आएर उसलाई थिच्यो । त्यसैले उसको परान गयो ।
अलिपछि मच्छड त्यहाँ पुगेर हेर्दा आफ्नो साथी मरेको देख्यो । अरूका कुरामा चाहिनेभन्दा धेरै लोभ गर्दा र काममा बुद्धि नपुर्याउँदा साथीको ज्यान गएको उसले बुझ्यो । अनि दुख मान्दै आफ्नो कामतिर लाग्यो ।

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला