अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा !

  अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा !

कम्प्युटर यानि सुसांख्यको प्रयोगसँगै इन्रनेट सञ्जालको विकास भयो ।अनि सुरू भयो विद्युतीय सूचना आदान प्रदानको इतिहास । सन् १९९० को दशकबाट इन्टरनेट सर्वसुलभ माध्यम बन्यो ।  सुरुमा एउटा कम्प्युटरको सूचना अर्कोमा पठाइ केही स्थानीय कम्प्युटरबीच चलनमा ल्याइएको जानकारी बाँड्ने इन्रनेट प्रविधि पछिल्लो समय संसारको एक हिस्सा भइसकेको छ । जनजनमा तनतनमा इन्टरनेटको ह्याङ छ । सुरुमा इमेल सिस्टमकै कसीमा अपनाइएको यो प्रविधि अहिले स्मार्ट बोर्डसम्मको स्वरूपमा भेट्न सकिन्छ ।

साइबर उपकरण तथा प्लेटफर्मको प्रयोग गरी सन्चालनमा ल्याइने शिक्षाको एक पछिल्लो स्वरूप अनलाइन शिक्षा हो । यस्तो शिक्षामाध्यमकका रूपमा जुम, गुगल क्लास, थिन्किफिक, ट्यालेन्ट कार्ड्स, फेसमिटिङजस्ता सन्जाल अहिले व्यापक प्रयोगमा छन् । यसै बिचमा, अनलाइन च्याटिंगबाटै केही हदसम्म शैक्षिक क्रियाकलाप हुनेगरेको सत्यता नामेट पार्न हुँदैन पनि !

नेपालमा पनि अनलाइन प्रविधि भित्रिसकेको खुल्ला रहस्यमा यसको अवस्था, प्रयोग र प्रभावबारे बोल्नुपर्ने भएको छ । कोरोनाले संसार ठप्प बनाएको पृष्‍ठभूमिमा गएको चैत ११ गतेबाट नेपाल पनि लकडाउनमा छ । एसइइलगायतका परीक्षा मुखैमा आएर बन्द छन् भने विद्यालयको नयाँ शैक्षिक सत्र घर्किंदै गएको छ । यस्तो परिस्थिति अनि लकडाउनको दिन बढ्दै रहँदा समाजका अन्य पद्दतिसँगै शिक्षाको पाटो पनि जोडिन पुगेको छ । र, जोडिएको छ अनलाइन शिक्षाको कुरो । साँच्चै भन्नुपर्दा अनलाइन शिक्षाको बहसले आज दुनियाँसँगै नेपाल समाएको छ । केही निजी शिक्षण संस्था अनि साइबर पसलेहरूको हल्लीखल्लीले सुरुभएको भनिए पनि यसको आफ्नै रफतार छ, देशमा आजकल । पहुँच र श्रोत हुनेहरू धेरैजसो यस्तो सुविधा प्रयोग गर्दै आइरहेकै भएपनि जारी कोरोना महामारीमा यसको चर्चा र प्रयोगको बाढी नै आएको छ भन्न सकिन्छ । के गाउँ के शहर यसको चर्चा सर्वत्र छ ।    

अनलाइनमा कसरी पढाउन सकिन्छ ?

सुरुवाती चरणको अफलाइनको विपरित भैकन वैज्ञानिक र व्याबहारिक भएकाले यसको प्रयोग बढ्दो छ । यस्तो शिक्षा तथा सेवाका लागि सबैभन्दा पहिले व्यक्तिगत विवरण राखी आवश्यक साइबर खाता खोल्नुपर्ने हुन्छ  । यसपछि सम्बद्ध पक्षहरू अनलाइन हुनपर्छ । अनि उपलब्ध प्लेटफर्महरूको माध्यम लिएर पाठहरू पढ्न–पढाउन सकिन्छ । माथि भनिएजस्तै जुमआदिमा जोडिएर अडियो–विडियो तथा पावरपोइण्टका स्लाइड एबम् उपयोगी अन्य विद्युतीय सामाग्री प्रस्तुत गर्दै कक्षा संचालन गरिन्छ । पढाउने र सिकाउने आम्नेसाम्ने बसेरै सम्बन्धित शैक्षणीक कार्यहरू गरिन्छ । त्यसै क्रममा शिक्षक विद्यार्थी अनि विद्यार्थी–विद्यार्थीमाझ छलफल गरिने अनि आवश्यक सामाग्रीहरू साझेदारीसमेत हुनेगर्दछ । आवाज मात्र बाँड्ने, मुखामुख गर्ने वा टेक्स्टमात्र शेयर गर्ने छनौटको सुविधा भने आ–आफ्नो हुनेगर्दछ ।

यतिमात्र होइन, अनलाइन शिक्षाका लागि अहिले विभिन्न एप्प्सहरू लन्च भएका छन्, अनि यस्तो सेवा दिने समूह तथा संयन्त्र पनि सक्रिय छन् । सेवा लिएबापत निशुल्क भएमा बाहेक पैसा तिर्नुपर्ने हुन्छ । त्यस्ता संयन्त्र प्रयोग गरेर टिचरसहितको विडियो क्लास वा सिरीजस्ता सेवा ग्रहण गर्न पनि सकिने हुन्छ । साइबर क्याफे अनि विभिन्न तरिकाले काम अथवा लिन दिन थलिएको छ,अर्थात् भाडामा पनि अनलाइन शिक्षा लिन र दिन सकिन्छ भन्दा ताज्जुप नलागोस् !

अनलाइन शिक्षा कति उपयोगी ?

कोही नहुनुभन्दा बेरोजगारी मामा नै जाति भनेझैं आजको परिप्रेक्षमा यस्तो शिक्षा समयसान्दर्भिक नै ठहरिन्छ । अनौपचारिक त के, कक्षा कोठामा बसेर चालिने औपचारिक कक्षा पनि सम्भव नभएको बेला मोबाइल ल्यापटपआदिको पहुँच भएका अनि इन्टरनेटसँग जोडिएका  विद्यार्थीहरू आह्वान गरी बेकामको समय उपयोगी बनाउन सकिन्छ । पढ्ने बानी नछुटोस् अनि खाली समय ज्ञान आर्जन गर्ने कुरामा लगाउन पाइयोस्, यो त खुशीकै कुरा हुन्छ । सम्बन्धित शैक्षिक संस्थाहरू सामाजिक उत्तरदायित्व पनि बहन गर्ने गर्छन् भन्ने एउटा सेवामुखी पाटो पनि हुनसक्छ यो पद्दति ।  

सबै कुराको उज्ज्यालो पक्षमात्रै नहुने रहेछ । यसै प्रसंगमा भन्नै पर्छ, प्रविधि र समयको दुरुपयोगले अनलाइन शिक्षाजस्तो उपयोगी पद्दति घातक पनि हुनसक्छ कतिपय मानेमा । जस्तो कि, भात पकाउन चामल किन्नुपर्ने पैसा मोबाइलको डाटा किन्न खर्च गर्नुपर्यो भने परिवारको शान्ति भाँडिन सक्छ । बालमनोविज्ञान बुझेर अविभावक सहयोगी त बन्न खोज्छन् नै । तर, खेत जोत्न हलो किन्नुपर्ने पैसा मोबाइल किन्नमा लाउनुपर्ने भए सम्बंधितामा पर्ने मानसिक तथा आर्थिक बेचैनीको लेखाजोखा यी दुईचार शब्दले गर्न नसकिने हुन्छ । आजको कक्षा पढ्न मोबाइल दिनु न भन्दै छिमेकीसँग माग्न जानुपर्ने तितो प्रसंग कहिल्यै मिठो हुने छैन । झन्डै एक तिहाई जनसंख्या गरिबीको रेखामुनि रहेको यथार्थ बिर्सेर लहडबाजीमा अनलाइन शिक्षा लादिनु मुठ्ठीभर साइबर व्यापारीको फाइदा त होला, लक्षित वर्गसम्म यो पुग्न र पुर्याउन नसकिंदा प्रत्युत्पादक नै ठहरिने निश्चित छ ।

फेरि, एक पन्ना पुस्तक पढीनसकी निदाउन थाल्ने बच्चाहरू (ठूलै मान्छे पनि) इन्टरनेटमा चल्न खेल्न थाल्दा दिन त के रातै छर्लंग भएको थाह नपाउने गरेका गुनासाहरू उत्तिकै छन् । साइबर लत लागेको मस्तिष्क वास्तविक जीवनबाट टाढिदै जाने खतरा उत्तिकै छ । पढाइका नाममा बिना अर्थका बकबास गर्ने र गेम खेलेर अल्मलिने समस्या बढेकै सुनिन्छ । मोबाइल खर्च धान्न पैसा चोर्नसमेत मन हुनसक्छ भने नयाँ–नयाँ उपकरणका लागि फोहोरी दही दिमागमा जम्न पनि सक्छ । यस्तो अवस्थामा आर्थिक भार थपिनुको अलावा पारिवारिक स्वास्थ्य अनि ब्यवस्थापनको चटारो थपिने हुनसक्छ । खुल्ला रूपमा प्रवाहमा रहने उल्टपाल्टा विद्युतीय श्रव्य दृश्य सामाग्रीले मानसिक विचलनसमेत बढाउने गरेको सुन्नमा आउन थालेबाट सदुपयोग हुनुपर्ने कुरा दुरुप्रयोग नै हुँदैछ कि झैं लाग्नु कसैको पनि हितमा रहन्न ।  अझ फेक आइडी चलाउने र कुकार्य गर्ने व्यक्तिहरूको नजानिदो पाराको तिकडममा मानिसहरू फस्न सक्छन् र अन्यान्य आपराधिक गतिविधि बढ्न पनि सक्छ । याद रहोस् टेलिविजनलाइ जादुमयी पत्थर भन्ने हामी नै हौँ र आजको साइबर र एन्द्रोइद तथा स्मार्ट त्योभन्दा धेरै जादुमयी र व्यापक छ ! प्रविधि साबधानी र समझ दुवै जरुरी छन् ।

अनलाइन शिक्षाका नाममा ठगी त भैरहेको छैन ?

व्यक्तिगत प्रभावका भ्रम र आडमा जथाभावी कक्षामा उपस्थित हुन आग्रह गर्ने मानिसहरूको बिगबिगी छ । अनि, प्रत्यक्ष परोक्ष रूपमा तनाव थपिँदो छ । प्रयोगको व्यापकतासँगै अन्यान्य थितिबेथितिहरू प्रदर्शित हुँदैजाने नै छन् ।   कमाउखोर मानसिकता भएका केही शैक्षिक संस्थाहरू एउटा दुइटा प्रश्न सोधेर टिचिंग गरेका नाममा बिल उठाउने तयारी गर्दै गरेको सुनिनु एक प्रकारको आतंक बनेको छ । नियमित कक्षाबापतको शुल्क नपुगेर चारथरी पैसा उठाउने संस्थाहरू अनलाइनलाई पनि अर्को कमण्डलु नबलाउलान् भन्ने अवश्था छैन भन्ने एक अविभावकको अभिप्राय भालाजत्तिकै घोचक प्रतीत छ  ।   ज्वरो आएको बेला रुघाले पनि सताउँछ भनेजस्तो यस्तो अवसर पारी केही छद्मदेशी अनि विदेशी संस्थाहरू शिक्षण सिकाइका नाममा देशमा विभिन्न किसिमले कृयाशील भेटिन्छन् । लहलहैमा पार्ने र अवान्छित विचार बोकाउने अवस्थाको खतरा उत्तिकै रहन्छ । यसैका आडमा विद्यार्थी र अविभावकबिचको दुरी बढ्न थाले पारिवारिक शान्तिमा खलल पुग्ने र व्यक्तित्व विकासमा असर पर्ने लाख काट्न सकिन्छ ।  यसैले होला विभिन्न सुझाव र निर्देशात्मक कदमहरू पनि चाल्न थालिएको बुझिन्छ । विश्वबजारीकरणसँगै नेपालमा पनि मौलाउन थालेको यस वर्चुअल शिक्षाको ठोस पहलको जरुरी अबको आवस्यकता बनेको प्रष्ट छ ।

अझ भन्ने हो भने दुर्गम क्षेत्रका सुविधाबन्चित तथा बिपन्न विद्यार्थीका हकमा अनलाइन शिक्षा साँझ बिहानको गाँस काट्ने कैची बन्ने निश्चित छ । सुरुमा निशुल्क भनिए र गरे पनि उत्पादित वस्तु वा सेवा ब्यापारले जोखिममाथि जोखिम थपिने नै छ । उस्तै परे भोकमरी र अविकास बाँडिने तितो यथार्थमा भोको पेट र लाचारीमा अवान्छित तत्त्वको घुसपैठ भै सामान्य जन कुकर्मको मोहरा बनाइन सक्तैनन् भन्ने ठाउँ पनि छैन । सोहीअनुरूप अप्ठ्यारो थपिने अनुमान गर्न पनि सकिन्छ । अनि राजधानीलगायतका ठाउँमा शहरी गरिबीले पिल्सिएको तथ्यांकसमेत निराशाकै द्योतक बन्ने खतरा छ ।

अनलाइन शिक्षा हाउगुजी कि व्यबस्थापना

कुनै विदेशी विद्यालयको समान हैसियत स्थापना गर्ने भ्रममा टाई लगाउन लाउने र समानताको नारा हाम्रोमा पढेको माध्यम अंग्रेजी गराउने मानसिकता धरातलअनुसार उठ्न र जुट्न सक्नुपर्दछ । बरू आफ्नो यथार्थ र सम्भाव्यताअनुसार दाताबाट काम लिन मिलाउन सक्नुपर्दछ । रेडियो, टेलिभिजनजस्ता सुलभ संचार माध्यम अनलाइन शिक्षाको अति प्रभावकारी माध्यम बन्न सक्छन् । सोहीअनुसार व्यस्थापन गरिनुपर्छ । स्थानीय शैक्षिक संस्थाको केवल नेटवर्कहरू र वेवकेन्द्रहरूसंग संयोजन र सहकार्यको उत्तिकै आवश्यकता पर्दछ ।

जनसंख्या र जनावस्थाको आंकलन गरी आवश्यक पूर्वाधार विकास र व्यबस्थापन प्राथमिकतामा राख्नु पर्दछ । उपकारी हातहरुको सहकार्यमा   गरिबीको रेखामुनि रहेका अनि इन्टरनेटको सामान्य पहुँच नभएका परिवारमा सामान्य पहुँचको सुनिश्चितता गर्नुपर्छ । बिजुली अथवा अन्य वैकल्पिक ऊर्जाको ग्यारेन्टी गरिनु पर्छ । र, तालिमप्राप्त दक्ष टिचरको पहुँच तथा सेवा अनि उचित पजनीमा पुख्त प्रवन्ध गरिनुपर्छ ।

यसै क्रममा शिक्षामन्त्रालयमार्फत ल्याइएको ई लर्निङ्ग पोर्टलको कदम केही हदसम्म सकारात्मक नै मान्नुपर्छ मानवीय सहयोग सम्झी लागिपरेका केही व्यक्ति र संस्था पनि धन्यवादका पात्र छन् नै ! जे भएपनि देशको भूगोल र अर्थव्यवस्था हेर्दा विद्यार्थीको मनोविज्ञानअनुसार तालमेल गर्नु अर्को चुनौति हुनसक्छ । सामान्य वातावरणमा अध्ययन अभ्यास भएका विद्यार्थीलाई अनलाइन कक्षातिर खिचुपर्ने हुन्छ र सम्बन्धित अविभावकको ढाडस पनि जित्नुपर्ने हुन्छ ।  डाटा सेक्युरिटीको खतरा अनि व्यक्तिगत सूचनाको गोपनियतासम्बन्धी प्रश्नजस्ता कुरामा सचेतता रहन र नियमनमा सबैखाले सरोकारवालाहरू तदारुख हुन जरुरी पनि छ  ।

निचोड  

महामारीको चपेटामा देशको मेरुदण्ड शिक्षा पनि परेको प्रसंगमा अनलाइन शिक्षाको कुरा उठ्नु सान्दर्भिक छ । उपलब्ध प्रविधिको सदुपयोगका बारॆ सचेत भै समयसापेक्ष कदम चाल्नु आजको आवश्यकता हो । यस अर्थमा कतिपय स्कुल तथा कलेजले अनलाइन कक्षाको सन्जालमा विद्यार्थी जोड्दै आएको पाइनु समयसँगै बेठिक भन्दा ठीक नै ठहरिने पक्का छ । आवश्यक नियमन र सावधानी भने जरुरी रहेको सर्वत्र बुझ्न सकिन्छ !

साहित्यकार नेपाल पशुपति बहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन् ।

 

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला