कोरोना कहरःछोरीले देखिन् धानको चामल र तोरीको तेल

कोरोना कहरःछोरीले देखिन् धानको चामल र तोरीको तेल

  मोहन दंगाल /

कोरोना भाइरसको बढ्दो कहरसँगै म श्रीमती र सानी छोरी सबै हाम्रो पुख्र्यौली थलो हेलम्बु फर्कियौँ । लकडाउन लागु हुनुभन्दा दुई दिन अगाडी नै कार्यालय औपचारिक रूपमा बन्द गरी घरै बाट कामहरू गर्ने निर्णय गरी हामी फर्किएका थियौँ । नेपालमा पनि बिस्तारै कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै लकडाउन पनि लम्बिँदै गयो । कोरोनका कारण मुलुकभर लकडाउन जारी छ ।

  नयाँ शैक्षिक सत्र लागु भएपनि विद्यालय कहिले खुल्ने टुंगो छैन् । यसले गर्दा आमअभिभावकमा झै मलाई पनि छोरीको औपचारिक शिक्षामा असर पर्छ भन्ने लागिरहेको छ । स्कुलले अनलाइनबाट कक्षा त सुरू गरेको छ तर पनि कक्षामै बसेर पढे जस्तो सिकाइ अलि नहँुदो रहेछ । विशेषतःयही विषयले मलाई चिन्तित पारिरहेको छ । यद्यपि, छोरी भने लामो समयसम्म हजुरबुबा, हजुरआमासँग बस्न पाएकोमा र हाम्रो मौलिक जीवनशैलीमा रमाइरहेकी छिन् । यसले मलाई खुसी बनाइरहेको छ । विद्यालयको औपचारिक शिक्षाभन्दा पनि मौलिक भोगाइ गरी मेरी छोरीले धेरै कुराहरू सिकिरहेकोमा म खुशी छु । यी सिकाईहरू म यहाँ सबै सामु पस्कन चाहन्छु ।

रुखहरूसँग भलाकुसारी

छोरी काठमाडौँमा जन्मिएर हुर्किरहेकी भएता पनि म बेलाबेलामा उनलाई गाउँमा पठाउने गर्दछु । हजुरबुबा, हजुरआमा र गाउँसँगको उनको प्रेम बढोस् भन्ने मेरो चाहना हो । यसरी गाउँ आउँजाउ गर्दा धेरै वृक्षहरूलाई नजिकबाट चिन्ने मौका पहिले पनि पाएकी थिइन् तर लकडाउनको लामो बसाईमा वृक्षहरूसँगको उनको सामीप्यता धेरै भयो । मकै, भेन्टा, खोले साग, लट्टेको साग,लुँडे साग, काक्रो, सीमी, केराउ, घीउकुमारी,प्याज, लसुन, अदुवा, छ्यापी, किम्बु, कोइरालो, इपिल, काप्रो आदि जस्ता वृक्षहरूसँगको सामिप्यताझनै बढ्यो र यी वृक्षहरूलाई नजिकैबाट चिन्ने अवसर पाइन् ।

चराहरू

हाम्रो घर वरीपरि धेरै रूखविरूवाहरू भएकाले थरी थरीका चराहरू आउने गर्दछन् । यिनै चरालाई हेर्ने र चिन्ने मौका यही बेला भयो । चिबे, कल्चौँडे, धोबी, भुँडिफोर, ढुकुर, सारौ,कोइली, काफल पाक्यो चरो, गौँथली,किंङफिसर र अरू धेरै नौला र राम्रा चराहरू नजिकैबाट नियाल्ने र चिन्ने मौका यही बेलामा छोरीले पाइन् ।

धानको चामल र तोरीको तेल

यति बेला गाउँमा तोरी उखेल्ने समय छ । छोरीले पनि हामी सबैलाई तोरी उखेल्न र कुट्न सहयोग गरिन् र हामीले तोरी भित्रायौँ । यो तोरीको गेडाबाट तेल चाहिँ कसरी बन्छ भन्ने छोरीमा ठूलो अन्योल थियो । हाम्रो घरमा परार वर्षको तोरी बाँकी थियो । पोहोर र यो वर्षको बचतै भयो । धान कुट्ने र तोरी पनि पेल्ने सल्लाहले म र बुबा मिलमा गयौँ । छोरीको उत्साह र जिज्ञासाले उनलाई पनि हामीसँगै डो¥यायो । उनले जीवनमा पहिलो पटक धान कुट्ने र तोरी पेल्ने मिल यही बेलामा देखिन् । बिजुलीबाट मिल चल्यो । हेर्दा हेर्दै धानको भुस एकातिर र चामल अर्को तिर निस्कन थाल्यो । यो उनलाई नौलो भयो । त्यसपछि तोरीको पालो । तोरी पेल्न सुरू भयो । तेल निस्कियो । पीना निस्कियो । तेललाई भाँडोमा हालियो । यसरी छोरीले जीवनमा पहिलो पटक मिलमा धानबाट चामल र तोरीको तेल तयार भएको प्रत्यक्ष देखेर सिक्ने अवसर पाइन् ।

काग र बाँदर

कागले काप्रोको रूखमा चल्ला कोरलेको रहेछ । गहुँ पाक्ने समय भएकाले बाँदरहरू पनि मौका छोपि गहुँ खान आउने गर्छन् । कागले गुँड लगाएको रूख नजिकै बाँदर पुगेपछि कागहरू सतर्क र आँटिलो भएर बाँदरलाई त्यहाँबाट खेद्ने प्रयास गर्न थाले । काग बाँदरलाई ठुङ्ने प्रयास गर्दथ्यो भने बाँदर भाग्दै कागलाई नङ्ग्राले चिथर्ने प्रयास गर्दथ्यो । मैले नै यस्तो काग र बाँदरको लाप्पा पहिलो पटक देखेको थिएँ । छोरीलाई यो दृश्य निकै मन परिरहेको रहेछ । कागले बाँदरलाई ठुङ्दा निकै खुशीभएर तालीबजाउँदै भन्थिन् हाम्रो गहुँखाने बाँदलाई यसरी नै ठुङ् त काग । सँगसँगै, आप्mनो बच्चालाई कागले कसरी शत्रुबाट जोगाउँदो रहेछ भन्ने कुरा पनि छोरीले सिकिन् ।

धानको चामल र तोरीको तेल

हाम्रो घर वरिपरी धेरै किम्बुका बोटहरू छन् । किम्बुमा फल लाग्ने बेला भएकाले बोटैभरी कालाकिम्बु फलेका छन् । छोरीले हरेक दिन किम्बु टिप्दै खान र जम्मा गर्न थालिन् । यो निकै रसिलो र मीठो हुने भएकाले छोरी यसमा पल्किइन् । एक पटक ग्लासमा कालो झोल मलाई र आमाबुबालाई ल्याएर दिइन् । के होला भनेर म अन्योलमा परेँ र चाखेर हेरेँ । त्यो त किम्बुको जूस पो रहेछ । किम्बुमा पानी र थोरै चिनी मिलाई घोलेर छोरीले किम्बुको जूस तयार गरिछन् ।   

मितिनी

मित लगाउनु नेपालको मौलिक संस्कार हो । अघिल्लो पटक गाउँआउँदाआमाले नजिकैको अर्की साथीसँग छोरीको मित लगाइदिनु भएको रहेछ । उनीहरू निकै मिलनसार छन् । यस बीचम ामितिनीसँगआदर भावले बोल्ने र व्यवहार गर्ने, मितिनीलाई सम्मान गर्ने, सँगै खाने, पढ्ने र खेल्ने गर्न थालिन् । हाम्रो मौलिक परम्परालाई निरन्तरतादिन छोरीले दुई पाइला अगाडी सारेकोमा म खुशी भएँ ।    हाम्रा लोक शब्दहरूको प्रयोग लकडाउनका क्रममा गाउँमा बस्दा छोरीले हाम्रा मौलिक लोक शब्दहरू सिक्ने अवसर पनि प्राप्त गर्दै छिन् ।

डोको, नाम्लो, दाम्लो, ठेकी, मदानी,हँसिया, परालको मुठा, कुन्यु, टाँड, कुलो, फट्के, सोतर, भकारो, भकारी, बिस्कुन, स्यौलाआदि शब्दहरू सिक्ने र प्रयोग गर्ने अवसर प्राप्त गरिन् । यसले उनको शब्द ज्ञान अभिवृद्धि हुँदै छ ।   यी सँगसँगै गहुँ काट्ने र भित्राउने, चैते धानको रोपाइँ, खेतकाआली, कान्ला, डिल,खोला, खोल्साआदिसँगको सामिप्यताले छोरीको सिकाई र जीवन उपयोगी सीप विकास मानिकै टेवा मिलेको मैले महसुस गरेँ । सायद व्यवहारिक शिक्षा यही हो यसमा म खुशी छु ।

                                                                       _                                               - दंगाल चाइल्ड नेपालका निर्देशक हुन्

 

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला