भोजपुरका र्खाताम्छालीको उभौली ‘चारी’

स्काई राई,

स्वामी प्रपन्नचार्यका अनुसार ‘साल वा वर्षमा एकफेर सबै बुढाबुढी, अधबैंसे, तन्नेरी–तरुनी र विजुवा सबैले मुन्धुम गाउँदै सानो खुर्पाले अदुवा अथा अदुवा नपाएको खण्डमा कचुरको चाना हान्दै/काट्दै नाच्ने खुशी मनाउने परम्परा नै सहकाल शब्दको भाव अर्थ हो । यही ‘सहकाल’ शब्द नै अपभ्रंस भइ साकेला हुन गएको हुन सक्छ ।’

किराँती पुर्खा भन्छन् हाम्रो टोला र खोला अनुसार फरकफरक रित हुन्छ । हामी हाम्रा पुर्खाहरुको रित मान्दै आएका जाति हौं ।हाम्रो एउटै थर÷पाछा (गोत्र) भित्र पनि विभिन्न रित हुन्छन् । । हामी प्रकृति पुजारी भूमि पुत्र हौं । त्यसैले त हाम्रो संस्कारसंस्कृति भित्र थुप्रै विविधता रहेका छन् । त्यही विविधता भित्र किराँती धर्म  भित्र मनाईने किँरातीको महान चाँड उभौली र उधौलीमा पनि भटिन्छ । किराँती धर्मीहरुको एउटै चाड भएपनि मनाउने तरीका भने भूगोल अनुसार फरकफरक छ ।

उभौली र उधौली पर्वलाई उभौली साकेला र उधोली साकेला पनि भन्ने गरिन्छ । यो दुई पर्वहरु माथि भनेझै प्रकृति पुजारी, किराँती नै हुन् भन्ने पुष्टि गर्छ किनकी उधौली साकेला जाडोकेो संकेत गर्दै अब उधो (तल) तिर र्झनुपर्छ भन्ने संस्कृतिलाई जनाउने गर्छ । प्रकृतिको सबै जीवजन्तुहरु तलतिर वा बेसी तिर झर्ने गर्दछन् । यो पर्वलाई अन्नबाली भित्र्याउन खुशीयालीको संकेतका रुपमा समेत लिन सकिन्छ । अझ भनौ भने किराँतीहरुले आफ्नो वनदेवीदेवतालाई धन्यवाद दिँदै यो पर्व मनाएको भन्ने गरिन्छ ।

साकेलालाई किराँती समुदाय भित्र पनि विभिन्न जाति विभिन्न नाम दिने गरेको पाइन्छ । जस्तै लिम्बुहरुले चासोक, ताङ्नास/याख्खाहरुले चासुवा÷खालिड्डले वाङ, तोस÷सुनुवार फोलस्याँदर चाम्लिड्डले साकेला कुलुड्ड  तोस, दुमीले सखेवा साङपाड्डले साकेला भन्ने गर्दछन् ।

स्वामी प्रपन्नचार्यका अनुसार साल वा वर्षमा एकफेर सबै बुढाबुढी, अधबैंसे, तन्नेरीतरुनी र विजुवा सबैले मुन्धुम गाउँदै सानो खुर्पाले अदुवा अथा अदुवा नपाएको खण्डमा कचुरको चाना हान्दै/काट्दै नाच्ने खुशी मनाउने परम्परा नै सहकाल शब्दको भाव अर्थ हो । यही सहकालशब्द नै अपभ्रंस भइ साकेला हुन गएको हुन सक्छ ।

साकेलाको उत्पति भने प्राचीन समाजदेखि नै मनाउँदै आए पनि आधुनिक नेपालको भोजपुरमा पर्ने छोङखा र तुवाचुड्ड भन्ने ठाउँमा भएको मानिन्छ । यी ठाउँहरुलाई राईहरुको प्रारम्भिक बस्ती समेत मानिएको छ । पछि यो पर्व खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु, जता किराँतीहरुको बस्ती बसाल्दै गए उतै फैलिदै गएको मानिएको छ ।  चन्द्र बहादुर राई हतुवालीनागरिक दैनिकको शनिबार प्रकाशित हुने अक्षरमा साकेला सौन्दर्य शीर्षकमा लेख्छन् पूर्णिमाको दिन सुरु भएर ठाउँ वा गाउँ अनुसार फरक दिन पारेर १५ दिनसम्म साकेला नाच्ने चलन छ भने भोजपुरको दक्षिणी क्षेत्र हुनु वा र आम्चोक तिर र खोटाङको पूर्वी दक्षिणी तिर बैशाख र मंसिरे पुर्णिमालाई छेको पार्न पर्दैन ।

उभौली साकेला सेवा चैत्य दशै पूर्णिमाको आउने सोमबारबाट सुरु भएर बैशाख देखि जेष्ठसम्म फरक गाउँमा फरक समयमा मनाइन्छ । उधौली सेवा वडा दशै पूनिर्माको आउने सोमबारबाट सुरु हुन्छ । साकेला मनाउने दिन सोमबार हुनुपर्छ ।

भोजपुर र्खाताम्छामा भने मंसिर पूर्णिमाधौलीमा भन्दा नि बैशाख पूर्णिमाको दिन चण्डी नाच गरिने गरिन्छ । र्खाताम्छालीहरु उभौलीलाई उभौली सखेवा चारी भन्ने गर्दछन् भने उधौलीलाई उधौली सकेवा चारी भन्ने गर्दछन् । उनीहरु उधौली सखेवा चारी सिमे भुमे, नागनगिना देवीदेवतालाई धन्यवाद स्वरुप पूजा गर्ने गर्दछन् भने उभौली सखेवा चारी महत्वपूर्ण चाडको रुपमा मनाउने गर्दछन् ।

वैशाखमा पर्ने उभौली साखेवा चारी र्खाताम्छाली राईहरुले पञ्चमीको दिन सम्म मनाउने गर्दछन् । उभौली साखेवा चारीको वैशाख पूर्णिमाका दिन चारी पूजा गर्दछन् । अझ भनौ भने पूर्णिमाको दिनदेखि गाउँको प्रत्येक घर घरमा गई चुला बोलाउने  गरिन्छ । चुला बोलाउन जाँदा ढोले, धामी, पूर्खाहरु जाने गर्दछन् । चुला बोलाउन जाँदा घरैपिछे धामीले कचुर हान्दै आफ्नो भाषामा चुला बोलाउने काम गर्दछ । यसरी चुल्हा बोलाउने काम सकि सकेपछि पञ्चमीको दिन तोसखोममा (गल्ती भएकोलाई माफी÷सजाय दिने वा जानकार गराउने ठाउँ ) जानकारी गराई गई हामी सखेवा चारी पूजा गर्दछौं है भनि जानकारी गराइन्छ ।

यसरी तोसखोममा जानकारी गराउँदा ढोले पनि सँगै गएका हुन्छन् र यहाँ पनि धामीले कचुर हान्छन् । यसरी तोसोखोममा जानकारी गराई सकेपछि ढोले र चण्डी नाच नाच्नेहरु थान भएको ठाउँमा धामीसँगै जाने गर्दछन् । ढोले, झयाम्टे, चण्डी नाच नाच्नेहरु थान भन्दा केही पर चण्डी नाच (सखेवा) नाच्न थाल्दछन् भने थानमा धामीले संसारी÷सिमे÷भुमे÷सखेवा चारी पूजा थाल्दछन् ।

यसरी पूजा गरिने सखेवा पुजामा राँगा, सुगुँर, कुखुरा आदिमा साथै भाकलको पनि बलिदिने गरिन्छ र अन्त्यमा मुख्य बली अर्थात गाउँ भरिका गाउँलेहरुले पैसा उठाई एक बली दिने गरिन्छ । सो बलीको छोक्मासा (प्रसाद) बनाइन्छ । छोक्मासा उक्त मुख्य बलीको कलेजो, मुटु, फियो, मृगौला, खिसा, हेकुला, कान, खुर, पुच्छर, फोक्सो र डकनीलाई एकै शिलमा उनि पोलेर बनाएको हुन्छ । यसरी बनाइएको छोक्मासा चण्डी थानमा आउने सबैलाई प्रसादका रुपमा बाड्दै  पूजा सिध्याइन्छ ।

पूजा सकेपछि गाउँलेहरुको पूर्व सल्लाह अनुसार चारी थानमा बजाइएको बाजाहरु गाउँकै एक घरमा राख्ने गरिन्छ । यी बजाएका बाजाहरु धामीको पूजाविना राख्न र झिक्न नमिल्ने हुनाले त्याँहा पनि पूजा गरिन्छ । यसरी बाजा थन्क्याउने प्रक्रियालाई थोसुम राख्ने  भनिन्छ । अन्तमा नाचहरु (छेकुमा) को शिर उठाइन्छ । शिर उठाउँदा छेकुमालाई धन्यवाद स्वरुप एकटपरी मासु र एक शेर (एक बियरको बोतल) रक्सी दिइन्छ । यसरी चारी पूजाको सम्पूर्ण काम सम्पन्न हुन्छ ।

चारी पूजा र्खाताम्छालीहरुको मुख्य पहिचानको रुपमा हेरिनुपर्छ, अरुको भन्दा भिन्न यो परम्परा पुरानो पुस्ताहरुले युवाहरुलाई हस्तान्तरण गरिनुपर्छ । युवाहरुले पनि आफ्नो संकार संस्कृतिको आदार र सम्मान गर्नुपर्छ र संरक्षण गर्नुपर्छ । यो एक भिन्न परम्परा खाताम्छालीहरुको पहिचान बन्न सक्छ भन्नेमा लेखक विश्वस्त छ ।

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला