कालापानीले लुटेको स्वाभिमान

   कालापानीले लुटेको स्वाभिमान

एलके राई,

भारतसँग हारेको मात्र इतिहास छ, हार्नेहरुले दाउ पारेर, झुुक्याएर आफू विजय हुन खोज्छ हो यहि गर्यो हिजो जम्मु–कास्मिरमा,भुटानमा र आज नेपालमा पनि गर्न खोजिरहेको छ ।

तत्कालीन इष्ट इन्डिया कम्पनी वा वृटिश—भारत सरकारसँग सन् १८१४—१८१६ को युद्धमा नेपालपक्षको नराम्ररी हार भए पश्चात् नेपालले ४०,००० हजार वर्ग माइल क्षेत्रफल छाडेर असमान सुगौली संन्धि गर्नु परेको थियो । त्यतिबेला वीर सपूतहरूले मातृभूमिका लागि दिलो ज्यान दिएर लडेका थिए । आधुनिक हातहतियार धारी अंग्रेज सैनिकसँग भाला,कुखुरी,तरवार,बन्दुक लिएर लड्नु चानचुने कुरा होइन । हामीले पुर्खाको गौरवको सम्मान गर्नै पर्छ । अंग्रेजसँगको लडाइँमा नेपाली लडाकुले उनीहरूलाई घुडा टेक्न वाध्य पारेका थिए । त्यसकै परिणाम सुगौली सन्धि भएको थियो । सन्धिले कायम गरेको १७५० किलो मिरटमा फैलिएको नेपाल—भारत सिमालाई तत्कालीन नेपालका प्रधानमन्त्री भीमसमेन थापाले व्यवस्थित गर्न सीमा स्तम्भ लगाए । त्यसपछि शक्तिमा आएका प्रधानमन्त्री जंगबहादुर राणाले अंग्रेजसँगको गुलामपछि जीर्ण बनेका स्तम्भ मर्मत गरेको बाहेक कुनैपनि शासकले नेपाल—भारत सिमानालाई व्यवस्थित गर्ने हिम्मत गरेको देखिदैन । यसैले गर्दा सुगौली सन्धिको २ सय वर्षसम्म पनि सीमा विवाद ज्यूँकात्यूँ छ । वास्तवमा यो एक जना व्यक्तिको पहल कदमीबाट समाधान हुने विषय पनि होइन । यसमा नेपाल–भारत दुवै देशका प्रधानमन्त्री एवम् उच्च स्तरको राजनीतिक सहमति अपरिहार्य हुन्छ ।

नेपाली पक्षले भारतबाट सीमा अतिक्रमण भइरहेको छ भन्दै ‘रोदन’ पोख्दै आएको छ । यस विषयमा नेपालका कुनैपनि राजनीतिज्ञ जानकार नभएको पनि होइन । तर समस्याको गाँठो फुकाउने प्रयत्न हुन सकेको छैन । त्यसका लागि यो उपयुक्त समय हो । नेपालमा नेकपा नेतृत्वको दुइ तिहाइ सरकालाई प्रतिपक्षीको पनि साथ रहेको अवस्था बनेको छ । भारतमा भारतीय जनता पार्टीको बहुमतको सरकार बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रति उच्च सद्भाव पनि देखिन्छ । यो बेला चुक्न भएन । आजको दुनियाँमा कसैले पनि प्रमाण वेगर अर्काको भूमि हडप्ने प्रयत्न गर्न सक्दैन् । तथ्य प्रमाणको खडेरी छैन । नेपाली पक्षले भारतले  १९६०० एकड जमिन कब्जा गरेका भन्दै आएको छ । छिमेकीले यत्रो ठूलो हिस्सामा दादागिरी गर्नु निश्चयपनि राम्रो विषय होइन । यो विषय भारत सरकार र त्यहाँका प्रवुद्ध जनतालाई नेपाली पक्षले बुझाउन सक्नुपर्छ । होइन भने खुला सिमान रातदिन छिमेकी राष्ट्रले लुटिरहँदा सरकार मुक दर्शक भएर बस्छ भने वीर गोर्खाली आफैं जाग्नेछन् । पानी समेत नपिएर नालापानी, देउथलमा ७० वर्षे भक्ति थापाले युद्धको कमाण्ड सम्हालेको इतिहास नेपालीको मानसपटलमा अझै ताजै छ । त्यसैले गणततान्त्रिक सरकार प्रति जनताले शंका गर्नु पर्ने वेला अझै आएको छैन । तर,सडकबाट यतिका सवाल उठदा पनि सरकार चुइ पनि बोल्दैन भने शंका गर्नु स्वभाविक नै हो ।

अहिले सीमा विवाद दार्चुलाको कालापानीमा मात्र छैन । यो भारतसँग सीमा जोडिएका २५ जिल्लासँग विवाद छ ।  दार्चुलाको लिम्पियाधरा,लिपुलेख र कालापानीमा जसरी भारतीय सैनिकले परेड खेलिरहेको छ त्यसरी नै बाँकी २५ जिल्लामा पनि खेलिरहेको अवस्था छ । हामी यी सिमाबारे बोल्ने कि नबोल्ने ? मेची र सुस्ताको पीडा उठाउँने कि नउठाउने ? ताप्लेजुङमा सिंगलिलापार्क बनाउने नाममा कञ्चनजंघा दक्षिणमा १५ किलोमिटर सीमा मिचिएको छ, पाँचथरको चिवा भञ्ज्याङ्गमा नेसनलपार्क बनाउने नाममा भारत नेपालमाथि उफ्रिरहेको छ, इलामको पशुपतिनगरमा भन्सार कार्यालय निर्माण गर्दा भारतले ४० वर्ग मिटर नेपाली माटो थिचेको छ, सप्तरीको तिलाठी, पर्साको लक्ष्मीपुर र ठोरीमा पनि विस्तारवाद लादिएको छ । सुनसरीको कतिपय सिमानामा दसगजाभित्रै भारतीयपक्षले सडक बनाईरहेको स्थानीय नेपाली जनता टुलुटुलु हेरि बसेका छन् । कस्ले बोल्ने सीमानाका आवाज ? कसले उठाउने उनीहरूको रोदन ?

भारतसँग सीमा जोडिएको दार्चुला देखि ताप्लेजुङ सम्मको हाम्रो प्रत्येक एकमुठी माटोको रक्षा हामीले नै गर्ने हो । देश रक्षाकोे लागि हाम्रो पुर्खाले रचेको ऐतिहासिक वीर गोर्खालीगाथा अब पल्टाउने कि बन्द गरिराख्ने ? आज भारतको सीमा रक्षा र विस्तारको लागि हाम्रै नेपाली दाजुभाइ लाहुरे भर्ती नाममा प्रयोग भैरहेका छन् । यो प्रथा अन्त्यगर्न ढिला भएन ? हाम्रो, इतिहास, भुगोल र राजनीतिको ख्याल हामीले गर्ने कि नगर्ने ? आजको यक्ष प्रश्न यही हो । यी सबै प्रश्नहरुको समाधान गर्न अब उचित उपायलाई अगाडी राखी पर्याप्त छलफलको माध्यामबाट देशको जिम्मेवार राजनीतिक दल र सरकार एकै ठाउँमा उभिएर भारतसँग उच्च कुटनैतिक पहलकदमी तत्काल थाल्नुपर्छ । अनि सबै देशभक्त, राष्ट्रभक्त नेपालीले नेपालआमाको शिर झुक्न नदिन, अस्मिता लुट्न नदिन नेपाली झण्डा बोकेर सिमानाको कुरुवा बस्न तयार हुनुपर्दछ साथै इतिहासको कुनै कालखण्डमा यो विश्व ब्रमाण्ड कसैको गुलाम र उपनिवेश नबनी स्वतन्त्र बस्न सकेको नेपालको इतिहासलाई बचाउनु पर्दछ । अब सबैले आरोप—प्रत्यारोप छाडेर, भ्रमको खेती त्यागेर प्रत्येक नेपालीभित्र रहेको राष्ट्रवाद र राष्ट्रियता ओकल्ने बेला आइसकेको छ ।

भारतसँग हारेको मात्र इतिहास छ, हार्नेहरुले दाउ पारेर, झुुक्याएर आफू विजय हुन खोज्छ हो यहि गर्यो हिजो जम्मु–कास्मिरमा,भुटानमा र आज नेपालमा पनि गर्न खोजिरहेको छ । भारत हिजोको गुलाम हो, गुलाम स्वतन्त्र भएपछि मालिक बन्न खोज्छ हो आज यहि प्रवृत्ति देखाईरहेको छ । भारतसँग टुक्रिएको इतिहास छ, हामीसँग जोडिएको । छिमेकीलाई कब्जा गरेर आजको टुक्रे भारत, हिजोको सिङ्गो महाभारत बन्ने कोसिस गरिरहेको छ । नेपालीमा एउटा उखान छ ‘चोेक्टा खानगएकी वुढी झोलमा डुबेर मरी’ आवश्यक पर्यो भने हामी वीर नेपालीहरुले भारतको हालत यहि बनाउँन सक्नेछांै किनभने हामिसँग आँट, साहास र बलिदानी दिनसक्ने तागत छ । हामी नेपालीको स्वाभिमान र नेपाल आमाको अस्मितामाथि गिद्धे नजर लगाउनेसँग अन्तिम प्राण र एक थोपा रगत रहुन्जेलसम्म जुध्न तयार हुनुपर्दछ । अनि मात्र नेपालआमा र हाम्रो स्वाभिमान जीवित राख्न सकिन्छ ।

राई अनेरास्ववियूको पशुपति बहुमुखी क्याम्पसका नेता हुन्

 

 

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला