हाम्रो संस्कृति कस्ले जगेर्ना गर्ने ?

स्काई राई

समय फेरिदै छ । परिवर्तनले त्यही रफ्तार समातेको छ । समयको प्रवाहसँगै सामाजिक गतिविधि पनि फेरिदैछन् । हामी आफैं परिवर्तित हुनुपर्दछ । तर, कस्तो परिवर्तन अगाल्ने भन्नेबारेमा भने सबैले सचेत जरुरी छ । समयसँगै आएको परिवर्तनलाई नपच्छ्याउने हो भने समयको गतिले त्यसलाई डाइनोसर बनाइ दिन सक्छ । त्यसैले समयसापेक्ष परिवर्तनलाई नकार्न सकिदैन अर्थात मिल्दैन । 

फेरि परिवर्तनको नाममा आफ्नै परिचय वा पहिचान गुम्ने गरि परिवर्तित हुनु कहाँसम्म उचित होला ? त्यो मननीय पक्ष हो । सन्दर्भ हामीले मनाउँदै आएका चाडवाडहरुमा पनि देखा परेको परिर्वनको हो । यसैकै ज्वलन्त उदाहरण हो गायक दुर्गेश थापाको तिहार गीत ‘ह्याप्पी तिहार चिसो वियर’ बोलको गीतको विवाद । तिहारलाई लक्षित पारेर सार्वजनिक गरेको उक्त गीतमा ‘निकाल गाँजा खाँउ खाजा’  जस्ता आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै गीत बन्द गर्न लगाइयो । उनका शब्दले सामाजिक खलल पुग्यो भन्दै  उनी पक्राउ परे ।

 सञ्चार माध्यममा उनी केहीदिन देखि चर्चामा छन् । सामाजिक सञ्जाल विभाजित छ । कतिले सरकारलाई सोधेर गीत सिर्जना गर्नुपर्ने हो र ? भनेर समेत सरकारलाई व्यङ्ग्य कस्न थालेका छन् । पछिल्ला दिनमा सास्कृतिक पर्वहरूमा पनि निकै परिर्वन देखिएको छ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँग परिवर्तनको नजिकको सम्बन्ध रहिआएको छ ।

यो चाड औशीँमा मनाए पनि पूर्णिमा झैं उज्यालो बनाएको हुन्छ । त्यसकारण त यस चाडलाई दीपावली,यमपञ्चक वा दीप मालिका पनि भन्ने गरिन्छ ।  दिदी यमूनाले आफ्नो भाई राजा बलिको दीर्घायुका लागि यमराजलाई छल गर्न वा विदाईका निम्ति गरिएको पाँच दिनसम्मको पूजालाई यमपञ्चक अथवा तिहार भनिन्छ । पहिलो दिन यमदुत कागको पूजा,दोस्रो दिन द्धारपाल कुकुर, तेस्रो दिन गाई र लक्ष्मीपूजा, चौथो दिन गोवद्र्धन पुजा र पाचौं दिन भाई टिका गरिने प्रचलन छ  ।

वरिष्ठ सस्कृतिविद् प्रा.डा. जगमान गुरुङका अनुसार कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा छ यो कुरा । यम र यमी भन्ने जुम्ल्याहा दाजुबहिनी थिए । एक दिन बहिनी यमीले दाइ यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गर्छिन् । यौनसम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलाई एउटै आमाबाट एकै समयमा जन्मेकाले हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ  । पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन ।

  दिदी यमुनाले बलिराजालाई टीका लगाइदिँदा यमराज सामु मैले मेरो भाईलाई टिका लगाइदिँदा तेल र मखमली माला नसुकी नओईली लान पाउदैनौ भनेर इच्छा प्रकट गरेको कथा छ । सोही अनुरुप भाईबलीको तेल र मखमली माला सुक्न र ओइलिन समय लागि दीर्घायु भएको जनविश्वास छ । बलिराजाले दिदी यमुनाका यी कार्य आफ्ना लागि फलदायी भएको भन्दै देउसी खेल्दै यो खबर सबैतिर पठाएको मानिन्छ । यसै विश्वासका आधारमा देउसी खेल्ने प्रचलन शुरू भएको हो । तर,अहिले देउसीका नाममा विभिन्न विकृति भित्रिएका छन् । देउसीमा तोकेर पैसा माग्ने,थोरै दिए गाली गर्ने जस्ता पक्ष पछिल्ला देउसीमा हाभी हुँदै गएको देखिन्छ । यसले पर्वहरूको सांस्कृतिक पक्षमा विचलन आएको स्पष्ट गर्छ ।   

लक्ष्मीपूजा देखि भाइटिकासम्मको दिन अझ महत्वपूर्ण मानिन्छ । अझ देउसी भैलो त तिहारको पर्यायवाची नै भए । अनि त्यसमा हुने सांगीतिक माहोलले झनै रौनक थपेको छ । तिहारमा गाइने भैलो र भट्टाईने देउसीले हाम्रो सास्कृतिक रौनक समेत बढाएका छ । देउसी भट्टाउदा पौराणिक कथा,दन्ते कथा वा बलिराजाको कथा ,महिमा गाथा गाउने प्रचलन छ । साथै घरमा आएका देउसेहरुको कथा सुन्न आतुर हुन्थे घरधनीहरू पनि तर केही दशक यता काठमाडौं लगायत शहरी क्षेत्रमा यी कथा बोकेका देउसीको लय हराएको अभाष भएको टिप्पणी हुने गरेको छ ।

आफ्ना मौलिक बाजा मादलको सट्टा उच्च प्रविधि युक्त पाश्चात्य बाजा, दन्ते कथाको सट्टा मनोमानी भट्टाउने प्रचलन बढेको छ । घरधनीले देउसेहरुलाई दियोमा तेल थपे झैं खुशी मनले स्वागत गर्नुको सट्टा मूल ढोकाभित्रैबाट ताल्चा लगाई धपाउने गरेका समाचार पनि आउने गरेका छन् । देउसेको भट्टाई चाख मानेर सुन्नु भन्दा झिझो मानी आँखा सन्काई रहेका हुन्छन अचेल धरधनीहरू । अचेल पौराणिक कथा सुनेर आफ्नो गक्ष्य अनुसारको सिदा÷दान गरी देउसेको आशीष थाप्नु त परै जाओस् सकेसम्म आउदै नआइ दिए हुन्थ्यो भन्ने मनसाय पालिरहेका हुन्छन् । 

 देउसेहरु पनि आफुले आफ्नो सास्कृतिक दायित्व सम्झि संस्कारको अनुसरण गरी, दिइएको सिदा लिने गरेको पाइदैन । देउसी, देउसी नभएर दादागिरी देखाउने वा व्यापारिक हिसाबले खेल्न थालेका छन् । पत्र पठाई हामीलाई यति रकम चाहिन्छ भन्दै आएको सुनिन्छ । यी र यस्तै कार्यले गर्दा हाम्रा सांस्कृतिक चाडको महत्व कम हुँदै गएको छ । ऐतिहासिक र सांस्कृतिक पक्ष ओझेल बन्दै गएको छ । 

यी पक्तिंहरू लेखिरहँदा हाम्रो देउसी भैलो नास्सिसक्यो, मासिसक्यो, सिद्धिसक्यो भन्ने निष्कर्ष मेरो होइन । सिर्फ चाहना यो हो कि हाम्रो मौलिकतालाई जोगाउन आफ्नै मौलिक बाजागाजाको प्रर्वद्धन गरौं भन्ने पक्तिकारको इच्छा हो । इच्छा यो होइन कि परिवर्तित जीवन शैली नअपनाउ, चाहना यो हो कि आधुनिकताले हाम्रो मौलिक परिचय र पहिचानमा खिया नलगाईदियोस् । हैन भने आफ्नो साँस्कृति र संस्कार आफैले जगेर्ना नगरे कस्ले गर्ने ?  

प्रतिकृया दिनुहोस

के इश्वर छ ?

गाँजा के हो ? के होइन ?

जब शिक्षकले हात पसारे ..... समाचारदाता

झिँगाको काल (कथा)

गणतन्त्र शासन प्रणाली मात्रै होइन,यो

अनलाइन शिक्षाबारे डरलाग्दो खुलासा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला