तिहारको पहिलो दिन अर्थात काग तिहारलाई धनतेरसका रुपमा पनि मनाइने प्रचलन छ । हरेक वर्ष कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन पर्ने यो धनतेरस आयुर्वेदका प्रवद्र्धक मानिने धनवन्तरीलाई आरोग्यका प्रतिकका रुपमा पनि पूजा गर्ने प्रचलन छ ।
आजैको दिनलाई धनका देवता कुबेरका जन्म दिन मानेर धन सम्पत्ति जोडने र त्यसलाई लक्ष्मी पूजा गरि प्रयोगमा ल्याउन प्रचलन आदिकाल देखिकै हो । यसदिन धनवन्तरीको पूजा गर्नाले घर सम्पन्न र धनधान्यले भरिपूर्ण भइ मानिसले सुख शान्ति र आरोग्य प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । आजका दिन सुन,चाँदी र पित्तलका गरगहना र भाँडावर्तन खरिद गर्ने प्रचलन वढदै गएको छ । के गरिव के धनी सबै तह–तप्काका मानिसहरूले अ–आफ्ना गक्ष अनुसार भाँडावर्तन र सुनचाँदीका गहना जोडने गर्छन ।
ग्रामीण क्षेत्रमा भने बजारको अभावका कारण आजका दिन नयाँ कुचो खरीद गर्ने वा बनाएर घरको सरसफाई गर्ने गरिन्छ । आजैको दिनबाट कार्तिक कृष्णपक्ष औँशीका दिन लक्ष्मी पूजा गर्न अघिसम्म नयाँ कुचोल बढारेर घरको सरसफाई गरेमा लक्ष्मी प्रसन्न भइ घरमा बास बस्छिन् भन्ने मान्यता समेत रहेको छ । धन सम्पत्ती विशेष रुपले व्यवसायसँग सम्बन्धित हुने हुनाले धनतेरसलाई वैश्यहरूले धुमधामले मनाउँछन् । धनतेरसको अघिल्लै दिनबाट लक्ष्मी भित्र्याउने प्रारम्भिक दिन मानेर घर कार्यालय र प्रतिष्ठानहरूको विशेष रुपले सरसफाई गरिन्छ ।
प्रकाशित १९ कार्त्तिक २0७५ , सोमवार | 2018-11-05 10:01:33
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार