दुुर्गा को हुुन् ? किन उनको सम्झना र पूूजा गरिन्छ ? कहिलेदेखि पूूजाको परम्परा र विधि सुुरू भएको थियो जस्ता जिज्ञासा धेरै उठने गर्छन् । यसका लागि हिन्दु परम्पराका मानक शास्त्र, पुुराण र धर्मशास्त्रको अध्ययन जरूरी हुन्छ । विभिन्न शास्त्र एवं पुुराणको भनाइ अनुुसार यो जगतको उत्पत्तिको आरम्भमा कतै केही थिएन । सारा ब्रह्माण्ड शूून्य थियो । सर्वप्रथम ॐ शब्दको उत्पत्ति भयो । त्यसै ॐकारबाट पराशक्ति र तेजपुुञ्जको उत्पत्ति एकैसाथ भयो । त्यसबेला कतै केही नभएकाले सवै आकाश नै थियो । त्यो तेजपुुञ्ज आकाशमा बस्यो । तेजबाटै वायुुमण्डल, वायुुवाट जल र जलबाट पृथ्वीको उत्पत्ति भएको हो भन्ने नै धेरै पुुराणहरूले बताएका छन् । तिनै शक्तिको दायाँ अङ्गबाट सत्वगुुण प्रधान विष्णुु, वायाँ अङ्गबाट सत्वगुुणी शक्ति भएकी लक्ष्मीको उत्पत्ति भयो । भगवान विष्णुु शेष नागमाथि जल शयनमा रहदा नाभिकमलबाट ब्रह्माको सृष्टि भएको थियो भन्ने वारे पुुराणहरुमा ऐकमत्य पाइन्छ । कालान्तरमा विष्णुु र ब्रह्माको संयुुक्त शक्तिबाट तमोगुुणी रुद्रको उत्पत्ति भएको हो । त्यै पराशक्ति नै निर्गुुण ब्रह्मशक्ति वा आत्मा हो । यो मतबाट हेर्दा ब्रह्मा विष्णुु महेश्वर तीनै शक्तिको उत्पत्ति भगवतीको परा शक्तिबाटै भएको थियो । यसैले चण्डीमा भनिएको छ –
या देवी सर्वभूूतेषुशक्तिरूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः
प्रायः देवी वा शक्तिपूूजालाई आत्मोन्नति, शक्ति सञ्चय र धर्मकृत्यका रुपमा अनुुसरण गर्नेगरिन्छ । संसारभर धर्मकै आधारमा रीतिरिवाज र परम्पराहरु निर्माण भएका हुुन्छन् । समाजका रीतिरिवाज, सामाजिक मान्यताहरु, प्राचीन वा आधुनिक परम्पराहरु धर्मकै श्रृङ्खामा आवद्ध हुन्छन् । यतिमात्र हैन सम्पूर्ण चराचर–विश्व नै धर्ममा अडेको हुन्छ । ‘धर्मो विश्वस्यजगतः प्रतिष्ठा’समाज एउटा लङ्कडो व्यक्ति हो भने धर्म त्यसमा चैतन्य भरेर गतिशीलता प्रदानगर्ने महत्वपूर्ण तत्व हो । धर्मद्वारा निर्देशित र प्रेरित चित् शक्ति, ज्ञानशक्ति र क्रियाशक्तिद्वारा समाजको पूर्ण विकास हुन्छ ।
कुनै पनि मानिस ज्ञात वा अज्ञात जुनसुकै रुपले भएपनि कुनै एक धर्म प्रति आकृष्ट भएको हुन्छ र त्यसबाट उसले आफ्नो जीवन–दर्शनमा आवश्यक सम्बल प्राप्तगर्दछ । यसरी आपूmले अनुसरण गरेको धर्मको विषयमा उसमा बढी जिज्ञासा स्वभावतः उठ्न थाल्दछ । धर्मको अनुसरणबाट मैले आफ्नो जीवनको निश्चित् लक्ष्यमा पुग्न के कति उपलब्धि हाँसिल गर्नुपर्छ र गर्नसक्छु भन्ने ? भन्ने सोच्न थाल्दछ ।
कुनै पनि धर्म एक वा अनेक महापुरुषको सत्प्रयास वा योगदानले अनुप्राणित हुन्छ । वैदिक सनातनधर्म वा हिन्दु धर्ममा यस प्रकारको तत्व अनादिशक्तिको स्रोतलाई मानिन्छ । त्यसैलाई शक्तिरुपा देवी पनि भनिन्छ । जसप्रति बढी आस्था, श्रद्धा एवं भक्ति, अनुराग वा प्रेम हुन्छ त्यसैलाई शक्ति वा प्रेरणाको केन्द्रविन्दु मानिन्छ । त्यसैले भावना वा दिव्यतालाई अँगाल्दै दैवीशक्तिको रुप लिन्छ । हाम्रो वैदिक हिन्दू धर्म अनुसार कसैले जगज्जननी जगन्मातालाई शक्तिको स्रोत मान्दछन् त कसैले सरस्वती, लक्ष्मी, उमालाई ब्रह–विष्णु–शिवशक्तिको केन्द्रविन्दु मान्दछन् । यसरी दैवीतत्वको अनुुष्ठानलाई मननगर्दा जुन आफ्नो आराध्य छ, इष्ट छ, जसप्रति आफ्नो निष्ठा छ, श्रद्धा छ, विश्वास छ जसबाट भक्तलाई ऐह लौकिक र पारलौकिक कल्याण वा आत्यन्तिक सुख प्राप्तभएको अनुुभूूति हुन्छ त्यो नै शक्तिको स्रोत हो । शक्तिको स्वरुप हो ।
देवी भागवतका अनुुसार उहिले शक्तिको वास्तविक स्वरूपको आदि अन्त्य नपाएर स्वयं जगत्स्रष्टा विधाताले नतमस्तक भएर करपल्लव जोर्दै आफ्नो जिज्ञासा प्रकट गर्नुुभएको प्रसङ्ग पाइन्छ । “एक अद्वितीय ब्रहतत्व भनेर ब्रहतत्वको वर्णन बृहद् रुपले गरिएको पनि छ । बृहद् ब्रहतत्व हजुर नै हुुनुुहुुन्छ कि कसो ? यदि हजूर नै होइबक्सिन्छ भने हजूर स्त्री या पुरुष के होइबक्सिन्छ ?” यसको प्रत्युत्तरमा जगज्जननी शक्तिमाताले आफ्नो प्यारो भक्तको आकांक्षा शान्तगर्दै आफ्नो स्वरुप यसरी भन्नु भएको छ –
स दैकत्वं न भेदोऽ स्ति सर्वदैव ममास्य च
योऽसौसोहमहंयोऽसौंभेदोऽस्तिमतिविभ्रमात्
नाहं स्त्री न पुुमान्श्चाहं न क्लीवं सर्गसंक्षये
सर्गे सति विभेदः स्यात् कल्पितोऽ यं द्विधा पुनः
देवीभागवत
यसको अर्थ हुुन्छ –“म र ब्रहमा कुनै अन्तर छैन । हामी दुुवै एकै हौं । जो ब्रहहो त्यै म हुँ, जो म हुँ त्यै ब्रह हो । केवल बुद्धिको भ्रान्ति वा भेद बुद्धिले मात्र अन्तर जस्तो देखापरेको हो । संसारको प्रलयको अवस्थामा म फेरि न स्त्री हुन्छु न पुरुष हुन्छु न त नपुंसक नै । केवल चित्त चलायमान अवस्थामा मात्र भेद बुद्धि देखिएको हो । वास्तवमा म र ब्रह एकै हो ।” यसरी ब्रहाजीलाई जगज्जननी विष्णुमायाले आफ्नो साक्षत् स्वरुप बताएर सन्तुष्ट पारिदिनु भएको प्रसङ्गले पनि देवी सत्ता र महत्वको बोधगर्न सकिन्छ । शक्तिरूपा देवी नै ब्रह र ब्रह रूप शक्ति नै देवीहुँदा वेदान्तादि षड्दर्शनको सिद्धान्त शास्त्रसंगत हुनआउँछ । यिनै शक्तिको तीन रूप मानिन्छ –महाकाली, महालक्ष्मी, महासरस्वती । यी तिनै रुप शक्तिको् महत्ता र वैशिष्ट्यमा सप्तसती (चण्डी) गाथा आधारित भएको कुरा सर्वविदित छ । यीनै त्रिशक्तियुता देवीले नै मधुुकैटव (चण्डीको प्रथम चरित्र), महिषासुर (चण्डीको द्वितीय चरित्र), रक्तवीज, शुम्भ,निशुम्भ आदि (चण्डीको तृतीय चरित्र) भयङ्कर दानवहरुलाई विनाश गर्नुभएको कुरा सप्तशतीको पाठबाट ज्ञान गर्नसकिन्छ । त्यसैले अद्वैतवादी शङ्कराचार्यले पनि अद्वैतवादको तत्वार्थ र शक्तिको महत्तालाई दर्शाउदै भन्नुभएको थियो “अद्वैतनाम्नी परमेश शक्तिः” । जव मानिस दैवीशक्ति र सम्पदायुक्त हुन्छ तबमात्र ऊ सच्चा मानव हुन्छ । यसप्रकार मानवताको पराकाष्ठानै दैवी सम्पद् र शक्तिको प्राप्तिहो भन्ने कुरा निर्विवाद रूपमा दर्शाइएको छ ।
सामान्य मानिसहरुमा पनि धेरै किसिमका शक्तिहरु रहेका हुुन्छन् । सृष्टि शक्ति, भोगशक्ति, पाचनशक्ति, वाचनशक्ति, रेचनशक्ति, सञ्चय शक्ति, सञ्चय शक्ति आदि मानिसकै जीवनाधारसंग सम्बन्धित हुुँदै आएका पनि छन् । ती सवै शक्तिको श्रोत कुुनै न कुुनै शक्ति अवश्य छ भनेर सहजै अनुुमान लगाउन सकिने हुुन्छ । कारण भए मात्र कार्य हुुने भएकाले पनि छोरा देखे पछि वावुुको अनुुमान लगाए झैं शक्तिको श्रोत कोही न कोही अवश्य छ भन्न सकिन्छ ।
जगज्जननी महाशक्तिलाई नै प्रकृतिका नामले पनि पुकारिन्छ । किनकि प्रकृतिले विभिन्न रुपले सन्तान रुप वीजाङ्कुरादिहरुलाई आविर्भाव गराइरहेकी हुन्छिन् । आफुुले आविर्भाव गरेका वस्तुुहरुकोे संरक्षण र संहार पनि प्रकृतिकै कालचक्रबाट हुन्छ । साङ्ख्यदर्शनका अनुसार त्रिगुण (सत्व रज तम) को साम्यावस्थालाई नै प्रकृति मानिन्छ र यसैमा मनुष्यजातिले मनुष्यत्वको ज्ञान गर्नसक्तछ । सत्व गुण प्रधान भएको समयमा मानिसमा दिव्यता आउँछ र ऊ विश्वबन्धुको रुपमा देखापर्छ । तमोगुण प्रधानभएको समयमा त्यै मानिस कर्तव्याकर्तव्य ज्ञान रहितभएर पतनोन्मुख हुन्छ । यसरी सत्व र तमोगुण प्रधानभएको अवस्थामा सर्गवन्ध हुन्छ र रजो गुणको अवस्थामा प्रकृतिबाट महत्तत्वादि गुणहरुको सृष्टि हुन्छ । यस प्रकारले शक्तिको महत्व विभिन्न अन्यदर्शनमा पनि वर्णित छ ।
वेदान्त दर्शनले शक्तिको दुई रुपमा विभाजन भएको वताउँदछ – विद्या र अविधा । विद्या रुप शक्तिबाट मुक्ति वा कैवल्य र आत्यन्तिक सुख प्राप्तहुन्छ । यसै शक्तिद्वारा हाम्रा विभिन्न कार्यहरु निर्विध्न रुपले सम्पन्न हुन्छन् । विद्याको ठिक उल्टो हो अविद्या । जसले मुक्तिको सट्टा बन्धनमा पार्दछ । शक्ति नै विष्णुुको मायाको अवतार पनि हो । विष्णुमायाको रुपमा पनि तिनै शक्तिले अनुलनीय योगदान दिएको फस्वरुप “विष्णुमायां प्रतुष्टुवुः” (चण्डी) भनेको पाइन्छ । यिनै शक्ति ब्रहरुप रहेछिन् भन्ने वागाम्भृगी सुक्तबाट पनि अवगत हुन्छ । कसैकसैले यिनै शक्तिलाई ब्रहमहिषीको रुपमा स्वीकार गरेको पनि पाइन्छ । “सतां भक्तेर्वीजं त्वमसि परब्रह महिषी ।’ उमा लक्ष्मी पार्वती गौरी, शिवा देवी दुुर्गा जे भने पनि यी सवै शक्तिकै पर्यायवाची नाम र स्वरुप हुुन् । अवस्था अनुुसारको शक्ति प्रदर्शन यिनीहरुवाटै हुुने गरेको शास्त्रीय चर्चा हिन्दुुशास्त्रहरुमा पाइन्छ ।
विशेषतः नेपाली हिन्दुुहरु यिनै शक्तिको यो शरद्कालमा बडो आनन्दमय वातावरणमा श्रद्धा एवं भक्तिका साथ धुुमधामकासाथ अभ्यर्थना गर्दछौं । अर्चना गर्दछौं । यो अवधिलाई नै दशैंको रुपमा अङ्गीकार गरेर नौ दिनसम्म प्रतिपदा (घटस्थापना)देखि नवमीसम्म त्रिशक्तिदेवी (महाकाली, महालक्ष्मी, महासरस्वती)का रुपमा शैलपुुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री आदि नौ नामले नवदुुर्गा भनेर पूूजागर्छाैं र दशमीका दिन विसर्जन गरेर प्रसाद लगाउछौं । दशैंलाई विजय शक्तिका रुपमा पनि हेरेर रामचन्द्रले रावणवध गरेको समेत मानिने दशौं दिनमा प्रसादको रुपमा दही अक्षता र जमारा लगाँउछौं । तिनै नौ दिनमा विभिन्न देवदेवीका मन्दिरहरुमा गएर स्तुति जप पाठ गर्ने परम्परा पनि व्यापक छ । देवी चर्चा, देवी भागवत पाठ, देवी महिमा गान पनि प्रायः यिनै नौ दिन भित्रमा गर्ने प्रचलन रहेको छ ।
देवीको नाना रुपका सम्बन्धमा पनि शास्त्रहरुमा वर्णन पाइन्छ । दैत्यहरुको नाशगर्न उनै देवी चामुुण्डाको रुपमा प्रेतमाथि वसेकी हुन्छिन् भने वाराहीको रुपमा भैंसीमाथि चढ्दछिन् । वैष्णवीको रुपमा गरुडमा चढेकी हुुन्छिन् । उनै देवीलाई हामी मयुुरमाथि बस्दा कौमारी, । साढँेमाथि वस्दा माहेश्वरी, कमलमाथि वस्दा लक्ष्मी र हाँसमाथि वस्दा ब्रह्मी भनेर आदर र पूूजा गर्ने गर्दछौं ।
नवदुुर्गा पूूजाको वैज्ञानिक महत्ववारे पनि विद्वानहरु आ आफ्ना विचार व्यक्त गर्दछन् । कसैले नवदुुर्गा पूूजाबाट भावनात्मक शक्ति प्राप्तहुुने वताउँछन् भने कसैले ध्यान मार्फत् शक्तिसंचय हुुने तर्क गर्दछन् । यसवारे वैज्ञानिक अनुुसन्धान भैनसकेको भए पनि ध्यान र प्राणायामको माध्यमबाट शरीर र आत्माका वीचमा एकाकार भाव सिर्जना हुुनेवारे भने रामदेव र उनका अनुुयायीहरु एवं जीवनदर्शनका व्यख्याताहरु स्पष्ट छन् ।
जेहोस् नवदुुर्गा पूूजा हाम्रो धर्म, संस्कृति र परम्पराको प्रतीक हो । तमाम हिन्दुुहरु यो अवधिलाई शक्तिप्राप्तिको उल्लासको रुपमा लिन्छन् । यद्यपि यो पर्वलाई जुवा तास र मद्यपानका विकृतितिर पनि धकेलेको देखिन्छ । तर मानवीय कमजोरीका पाटालाई छोडेर चिन्तनमनन गर्दा भने दुुर्गापूूजाका दिनहरुलाई बहुपक्षीय महत्वका रुपमा लिनुुपर्ने कुुरामा पारम्परिक एवं शास्त्रीय दुवै आधार बलिया पाइन्छन् ।
सनातन पराम्परा वोकेको हिन्दुु धर्म विलक्षण प्रकृतिको मान्नुुपर्ने हुन्छ । यसमा जन्म मृत्युु कर्म संस्कार कर्मफल कर्तव्य, अकर्तव्यदेखि लिएर मरेपछि पनि सुख वा दुुखहुुने कुुराको उल्लेख छ । वावुुआमाको आदर, गुुरुभक्ति, असक्त प्रतिको प्रेमभाव, सद्भाव, सहयोग, क्षमा, दया जस्ता दैवी गुुणहरुको विस्तृत चर्चा पनि यसै धर्मका शास्त्रहरुमा पाइन्छ । ज्ञान कर्म र भक्तियोगका विशेषता र विशिष्टिताको व्याख्या भएको हिन्दुुशास्त्र संसारभरकै वैज्ञानिकहरुका लागि अनुसन्धानको विषय वनेको छ । अन्य पश्चिमा शास्त्रहरु प्रत्यक्ष रुपमा देखिएका र मानवक्षमताले सञ्चालन हुुने वस्तुुको मात्र व्याख्या गर्दछन् तर पूूर्वीय शास्त्र र दर्शन भने अदृष्ट शक्तिको पनि उत्तिकै महत्वका साथ चर्चा गर्दछन् । आफ्नो शरीरलाई निस्वार्थ सेवामा लगाउने कर्मयोग, आफ्नै स्वरुपमा अटल रहने ज्ञान योग, आफुुलाई भगवान रुपी शक्तिमा समाहित भएको अनुुभव गर्ने भक्तियोगको अभूूतपूूर्व दृष्टान्त हिन्दुशास्त्रमा नै पाइन्छ । त्यै शास्त्रले वताएको संसारको सृष्टिको आराध्य शक्तिको उपासनाको संक्षिप्त चर्चा अहिलेको प्रमुुख विषय नै मान्नुपर्दछ । आजलाई यत्ति नै ।
–डा. वद्री पोख्रेल
अध्यक्ष, जयतु संस्कृतम् काठामाडौं
badripp@gmail.com+
प्रकाशित २९ आश्विन २0७५ , सोमवार | 2018-10-15 02:15:38
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार