नुवाकोटमा स्थानीय निर्वाचनको भन्दा ८ प्रतिशत कम मतदान

  नुवाकोटमा स्थानीय निर्वाचनको भन्दा ८ प्रतिशत कम मतदान

नारायणी लामिछाने, नुवाकोट १२, मंसिर । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नुवाकोट जिल्लामा ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई लाख आठ हजार एकसय ९१ मतदाता मध्ये आइतबार सम्पन्न मतदानमा एक लाख ३९ हजार ७ सय ६१ मतदाताले मतदान गरेका छन् ।   निर्वाचनमा कुल खसेको मत ६७.१४ प्रतिशत रहेको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए ।  यसअघि वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा ७४.९० प्रतिशत मत खसेकोमा अहिलेको निर्वाचनमा त्यो भन्दा करिब आठ प्रतिशत कम मत खसेको हो ।

आइतबार भएको मतदानमा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा एक लाख पाँच हजार २ सय ८७ जना मतदाता रहेकोमा ६९ हजार ८ सय ६४ मतदाताले मतदान गरेका छन् । यो ६६.३६ प्रतिशत रहेको निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ मा एक लाख दुई हजार ९०४ मतदाता रहेकोमा ६९ हजार ८ सय ९७ मतदाताले मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ मा खसेको मत ६७.९२ प्रतिशत रहेको छ ।

मतदान गर्नेमा पुरुषको सङ्ख्या ७३ हजार एकसय ९७, महिलाको सङ्ख्या ६६ हजार ५ सय ६३ र एक जना तेश्रो लिङ्गी समेत रहेका छन् ।  

प्रतिकृया दिनुहोस

 प्याब्सनका पूर्व अध्यक्ष एवम् सांसद

रिमोट कन्ट्रोलबाट बम विष्फोट, गगन थापासहित

  नुवाकोटमा स्थानीय निर्वाचनको भन्दा

मत सर्वेक्षण गर्न कसैले पाउदैनःप्रमुख

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला