काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको आकर्षण, सञ्चालनको भविष्य अन्यौल

काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको आकर्षण, सञ्चालनको भविष्य अन्यौल

पार्वती तिवारी/

काठमाडौं पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यसै विषयलाई ख्याल गर्दै काठमाडौँको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका२ स्थित देउराली डाँडामा सञ्चालित शङ्खरापुर प्याराग्लाइडिङले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ । यसै वर्षदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको यहाँको प्याराग्लाइडिङ खेलमा आन्तरीक र वाह्य पर्यटकको चाप बढ्दो छ ।

यहाँबाट पर्यटकले हिमाली शृङ्खला अवलोकन गर्नुका साथै काठमाडौं, भक्तपुर र मेलम्चीको समेत दृश्यावलोकन गर्न मिल्ने गरी व्यावसायिक उडान सुरु गरिएको शङ्खरापुर प्याराग्लाइडिङ प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिनुभयो । वि.स. २०७० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको अनुमतिमा परीक्षण उडान सुरु गरेको यस कम्पनीले यसै वर्षदेखि व्यावसायिक उडान सुरु गरेको हो ।

समुद्र सतहबाट एक हजार ९०५ मिटरको उचाइमा रहेको उक्त स्थानबाट उडान भरेपछि करीब ३० मिनेटको उडानपछि शङ्खरापुर नगरपालिका२ पटापमा अवतरण हुन्छ ।

 

उडानका लागि हाल शङ्खरापुर प्याराग्लाइडिङ प्रालि नेपालसँग १२ जना सोलो (एक्लै) र चारजना व्यावसायिक पाइलट रहेका छन् । यस कम्पनीले हाल विदेशी नागरिकसँग प्रति व्यक्ति एकसय अमेरिकी डलर र नेपालीका लागि ५ हजार ५ सय उडान शूल्क लिने गरेको कम्पनीका प्रवन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।  राजधानीबाट नजिकै भएका कारण पनि साहसिक खेल मानिएको प्याराग्लाइडिङगर्ने पर्यटक दिनप्रतिदिन बढ्दै गइरहेको शङ्खरापुर प्याराग्लाइडिङका पाइलट अजय चौलागाईंले जानकारी दिनुभयो ।  दैनिक ६ वटा ग्लाइडरमा २० भन्दा बढी उडान गराउँछौँ, यहाँ आन्तरिक भन्दा बाह्य पर्यटकको चाप बढ्दै गएको छ’, चौलागाईंले भन्नुभयो । उनले भने, यहाँको प्राकृतिक सुन्दरताका कारण पनि यस क्षेत्रमा प्याराग्लाइडिङफस्टाउँदै गएको छ ।

 

प्याराग्लाइडिङबाट सुन्दर दोर्जे लाक्पा, जुगल, गणेशजस्ता हिमशृङ्खलाको दृश्यावलोकन गर्दै इन्द्रावती नदी भेगका बस्तीको सौन्दर्यसमेत देख्न सकिन्छ । हालैका दिनमा पर्यटकको चाप बढ्दै गएपछि प्यारासुट बुकिङप्रक्रिया सुरु गरिएको उहाँको भनाई छ । यहाँ सातामा झन्डै दुई सयभन्दा बढी पर्यटक प्याराग्लाइडिङगर्न आउने गरेका छन् । पोखरामा देशकै पर्यटनको पर्याय बनेको यस भेगको प्याराग्लाइडिङपर्यटकको रोजाइमा पर्न थालेको छ ।

यहाँ पछिल्लो ६ महिनामा करिब ३०० विदेशी तथा १०० आन्तरिक पर्यटकले उडान भरेको जानकारी चौलागाईले दिनुभयो । राजधानीबाट करिब २५ किलोमिरटको दूरीमा रहेको उक्त स्थानमा जान यातायातको सहज सुविधा हुने हो भने यो सङ्ख्या अझै बढ्ने उहाँको विश्वास छ । बिहानीपख मौसम खुलेको अवस्थामा विश्वको अग्लो शिखर सगरमाथाको चुचुरोसमेत यहाँबाट नियाल्न सकिन्छ । सुरक्षित अवतरणका लागि ११ पाइलटले समुद्री सतहदेखि एक हजार ९०५ मिटर माथि उडान गराउने प्रणाली प्याराग्लाइडिङमा रहेको पाइलट चौलागाईंले बताउनुभयो । सोलो र टेन्डम’ (पाइलट र पर्यटक) बसेर उड्ने फ्लाइटको सुविधालाई स्थानीय बासिन्दा र तालीम प्राप्त पाइलटले ह्यान्डलिङगर्ने गरेका छन् ।

'उडान सुरु गर्दा एक हजार ९०५ फिटमाथि हुन्छौँ भने पटापमा ओर्लिंदा एक हजार ३७० मिटरको उचाइमा हुने गर्छौँ’, चौलागाईले बताए । स्थानीय बासिन्दा र केही पाइलटको पहलमा थालिएको प्याराग्लाइडिङअहिले मेलम्ची र शङ्खरापुर नगरको शान बनेको छ । यहाँ आउने पर्यटकको प्याराग्लाइडिङसँगै सिन्धुपाल्चोकको ह्योल्मो क्षेत्र, हेलम्बु गाउँपालिकाको हेलम्बुस्थित गुम्बा, माने छोर्तेन, गुफा छिर्ने भ्रमण गर्ने लक्ष्य हुन्छ । हेलम्बु पदमार्गको अनुभवपछि फर्कंदा राजधानी चाँडै पुगिने सडक भएकाले पनि यहाँको प्याराग्लाइिङ पर्यटनको सम्भावना थप बढेको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । करिब डेढ दशकअघि पोखराको सराङकोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा अहिले देशका विभिन्न स्थानमा फैलिसकेको छ ।

 अहिले धरान, पोखरा, स्याङ्जा, तनहुँ (बन्दीपुर) र पाल्पामा प्याराग्लाइडिङ उडान भइरहेको छ । प्याराग्लाइडिङको मुख्य केन्द्र कास्कीको पोखरा हो । प्याराग्लाइडिङ हिमाल, पहाड, गाउँशहर र तालतलैयाको अनुपम सङ्गमलाई कैद गर्न सकिने साहसिक पर्यटन हो । नेपालमा यस खेलको लोकप्रियता अझ चुलिएको छ ।

प्याराग्लाईडिङ सञ्चनलनमा जलविधुत आयोजना तगारो

काठमाडौँको शखरापुरमा गत बर्षदेखि सञ्चालनमा आएको प्याराग्लाईडिङ सेवा अब विस्थापित हुन सक्ने सम्भावना बढेको छ । शखरापुर ५ कुलामुनिमा रहने माथिल्लो तामाकोशीको सव वे स्टेशनको हाईड्रो लाईन सोहि क्षेत्रहुँदै ल्याइने सम्भाबना बढेसँगै प्याराग्लाईडिङ सञ्चालनमा अवरोध आउने अड्कल काटिन थालिएको हो । यसकालागि अन्यत्रै  उपयूक्त ठाउँ हेर्नुपर्नै प्याराग्लाईडिङका पाईलट अजय चौलागाईँ बताउनुहुन्छ ।

शखरापुर ५ कुलामुनिमा रहने माथिल्लो तामाकोशीको सव वे स्टेशनको हाईड्रो प्रसारण लाईन विस्तारको योजना सोही क्षेत्रमा पर्नसक्ने अनुमान कम्पनीले गरेको चौलागाईले बताउँछन  । चौलागाइले भने, 'हामीले ल्यान्डिङको लागि व्यक्तिगत जग्गा लिजमा लिएका थियौ भने टेक अफका लागि सरकारी जग्गा सम्झौता गरि गत बर्षदेखि व्यवसायिक उडान सञ्चालनमा ल्याएका थियौँ, तर यसै क्षेत्रभएर माथिल्लो तामाकोशीको सव वे स्टेशनको हाईड्रो प्रसारण लाईन लैजाने कुरा छ , तर निश्चित भने भईसकेको छैन । यदि प्याराग्लाईडिङ यहाँ बाट विस्थापित भयो भने लागेको क्षतिपूर्ति दिने कुरा भएको छ ।'

प्रतिकृया दिनुहोस

कागेश्वरी महामेलाको तयारी पूरा,

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा

काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

यथास्थितिमा वायुसेवा निगमलाई एक

नेपाल वायुसेवा निगमको लापरवाहीले

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला