यथास्थितिमा वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन:प्रधानमन्त्री ओली

      यथास्थितिमा वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन:प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापनमाथि विश्वास गर्ने आधार नभएको स्पष्ट पारे ।

३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो । तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारबाहीमा सुधार नभए सरकार त्यसको सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए ।  उनले सरकार निगमको साथमा रहेको तर, निगमले विमान सञ्चालन गर्न नसकेको बताए ।

प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरूलाई चुस्त राख्न सचेत गराए। आकासमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखे। उनले विमान सञ्चालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराए।

 

प्रतिकृया दिनुहोस

कागेश्वरी महामेलाको तयारी पूरा,

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा

काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

यथास्थितिमा वायुसेवा निगमलाई एक

नेपाल वायुसेवा निगमको लापरवाहीले

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला