हेलिकोप्टर दुर्घटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुखद निधन

  हेलिकोप्टर दुर्घटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुखद निधन

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा सवार सबैको मृत्यु भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिमखोलास्थित तारेभीरको जंगलमा डाइनेष्टिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरे, एअर कम्पनीका प्रबन्धक आङ्छिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक बीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै क्षेत्रीय निर्देशक ध्रुव दास, प्रधानमन्त्री कार्यालयका कर्मचारी युवराज दाहाल, र चालक प्रभाकर केसीको मृत्यु भएको पुष्टि भएको छ ।

हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। घटनाबारे यसअघि राज्य व्यवस्था समितिमा छलफल चल्दै गर्दा मन्त्री अधिकारी चढेको हेलिकोप्टर सम्पर्कविहीन जानकारी गृहसचिव  प्रेमकुमार राईले दिएका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

 

प्रतिकृया दिनुहोस

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा

काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

यथास्थितिमा वायुसेवा निगमलाई एक

नेपाल वायुसेवा निगमको लापरवाहीले

एकै हप्तामा दुई पटक सगरमाथा चुमे कामीरिताले

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला