पर्यटकलाई १०० रुपैयाँमा कोठा

पर्यटकलाई १०० रुपैयाँमा कोठा

बागलुङ । अंग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रू. १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार सांगीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमवार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् ।

सदरमुकामका १० होटलले रू. १०० मा १०० कोठा उपलब्ध गराउने भएका छन् । समितिको अनुरोधमा सहुलियतमा कोठा दिन व्यवसायी तयार भएका हुन् । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिनेछ ।

नयाँ वर्ष मनाउन बाहिर जाने पर्यटकलाई जिल्लामै राख्ने उद्देश्य रहेको समितिका अध्यक्ष राजु खड्काले बताए । ‘थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन्,’ उनले भने, ‘जिल्लामै रमाउने वातावरण सृजना गर्न खोजका हौं ।’ बाहिरी पर्यटक पनि नयाँ वर्ष मनाउन बागलुङ आउने अवस्थाको सृजना गरिने समितिले जनाएको छ ।

बागलुङको पर्यटन प्रवर्द्धनमा कार्यक्रमले टेवा पुग्ने होटल व्यवसायी अर्जुन चोखालले बताए । ‘समिति र व्यवसायी मिलेर एउटा सन्देश दिन खोजेका हौं,’ उनले भने । पर्यटक भित्र्याउन नसके होटल व्यवसाय संकटमा पर्ने उनको भनाइ छ । पाहुनाको चाप भएमा अन्य होटल पनि छुटमा कोठा दिन तयार छन् । सांगीतिक साँझमा विभिन्न कलाकारको प्रस्तुति रहने बताइएको छ ।

समितिले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा आशा जागेको छ । रासस

प्रतिकृया दिनुहोस

२० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा

काठमाडौंमा प्याराग्लाईडिङ पर्यटकको

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

यथास्थितिमा वायुसेवा निगमलाई एक

नेपाल वायुसेवा निगमको लापरवाहीले

एकै हप्तामा दुई पटक सगरमाथा चुमे कामीरिताले

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला