पृथ्वीको सुन्दर टुक्रा खप्तड

पृथ्वीको सुन्दर टुक्रा खप्तड

नरहरि उपाध्याय,

खप्तड अर्थात प्राकृतिक सुन्दरताको खानी । यसलाई कतिपयले सौन्दर्यको प्रयार्य  पनि मान्छन । विकासका दृष्टिले पछि पारिएको प्रदेश नं ७ को यो अलौकिक भूमिमा पनि पर्यटकीय सुविधाको अभाव छ । पाहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको संगम हो  खप्तड ।

यस भूमिमा  २२ ओटा ठूला मनोरम घाँसे मैदानहरू छन् । जेठ–वैशाखमा त्यहाँ गाई, गोरु र घोडालाई चरनका लागि लगिन्छ । पाटनका रुपमा समेत चिनिने घाँसे मैदान हेर्दा पनि निकै आनन्द लाग्छ । देशी–विदेशी पर्यटक सुन्दर पाटन हेरर थकाइ मेटछन् । हरियाली फाँटको मनोरम दृश्य खप्तड पुग्ने सबैले कैद गरेकै हुन्छन । ती पाटनका वरपर ५३ ओटा थुम्का छन् तिनलाई स्थानीय भाषामा ‘झोती’ भनिन्छ ।

घाँसे मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा खप्तड बाबा आश्रम, शिव मन्दिर, यहाँका आकर्षण हुन् । ५० बर्ष अघि खप्तड बाबाले तपस्या गरेको यो पवित्र भूमि पृथ्वीको अलग्गै टुक्रा जस्तो लाग्छ । पछिल्ला दिनमा खप्तड प्रकृति  प्रेमीका लागि मात्र नभई धार्मिक पर्यटकका लागि पनि उत्तिकै उपयुक्त गन्तव्यका रुपमा परिचित भएको छ ।

के–के पाईन्छ खप्तडमा

यस क्षेत्रमा ४ रैथानेसहित १ सय ३५ किसिमका फुल फुल्ने गर्दछन । त्यस अर्थमा  खप्तडलाई एउटा प्रकृतिको संग्राहलय भन्दा हुन्छ । यतिका रङ्गीविरङ्गी फूल फुल्ने  खप्तड जीवित बगैचा हो । यहाँ नेपालमा पाईने ७ सय मुख्य जडीबुटी मध्ये २ सय २४ प्रजातिका जडीबुटी पाइन्छन् । प्रकृतिको यो अनौठो संग्राहलयमा ७ सय ६७ प्रजातिका बनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी पाईन्छ ।

यस क्षेत्रमा खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर वाघबुट्टे निगाले पाईन्छ । यो क्षेत्रमा १ सय ७५ प्रजातिका चराहरु पाईन्छ । खप्तड क्षेत्रको प्रमुख स्थान त्रिवेणी मन्दिर हो । तर,यस्तो प्रकृतिको बगैचा प्रचार–प्रसारको अभावले राज्यको नजरमा पर्न सकिरहेको छैन ।

प्रतिकृया दिनुहोस

पृथ्वीको सुन्दर टुक्रा खप्तड

२० लाख पर्यटक ल्याउने अभियान अघि

पर्यटकीय सम्भाव्यता अध्ययन गर्न चिनियाँ

सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य

अलौकिक अमरनाथ तीर्थयात्रा 

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला