२० लाख पर्यटक ल्याउने अभियान अघि बढिसक्यो: सिईओ जोशी

       २० लाख पर्यटक ल्याउने अभियान अघि बढिसक्यो: सिईओ जोशी

 काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तीव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल –२०२०’ ले महत्वपूर्ण भुमिका खेल्ने विश्वास दिलाए । उनले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जनाए । उनले भने,‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढाईसकेका छौं ।’

उनले २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको स्पष्ट पारे । जोशीले भने,‘पर्यटनको लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम अघि बढाएका छौं ।’

भुकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि नै पर्यटक भित्राउन सफल भएको उनले दाबी गरे । जोशीले भने,‘देशमा अहिले पूर्वाधार विकासको काम भैरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्नेछ ।’ भैरहवा बिमानस्थलको काम तीब्र गतिमा अगाडि बढिरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने दाबी उनले गरे । त्रिभुवन विमानस्थलको धावनमार्गको कामपनि धमाधम अगाडि बढेकाले पर्यटकलाई आवत–जावतमा कुनै बाधा नपर्ने जोशीको भनाइ छ ।

सरकारले विगतमा ‘भिजिट नेपाल–१९९८’, ‘नेपाल टुरिजम इअर–२०११’ लगायत विभिन्न समय देशमा पर्यटन विकासलाई बढावा दिन अभियान चलाउँदै आएको थियो ।  सन् २०१५ मा गएको भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयासरत रहेको जोशीले बताए । 

पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि दश हजार युवाहरुलाई तालिम तथा प्रशिक्षण दिने तयारी पनि बोर्डले गरिरहेको जानकारी जोशीले दिए । त्यस्तै, अहिलेसम्म यसको लागि चार सय ५० ले तालिम लिईसकेको उनले जनाए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु सम्मिलित मुल आयोजक समितिपनि गठन भैसकेको उनले जनाए । उक्त भ्रमण वर्षको नारा ‘भिजिट नेपाल फर लाईफटाईम अचिभमेन्ट’ रहेको छ ।

 

प्रतिकृया दिनुहोस

पृथ्वीको सुन्दर टुक्रा खप्तड

२० लाख पर्यटक ल्याउने अभियान अघि

पर्यटकीय सम्भाव्यता अध्ययन गर्न चिनियाँ

सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य

अलौकिक अमरनाथ तीर्थयात्रा 

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला