अलौकिक अमरनाथ तीर्थयात्रा 

अलौकिक अमरनाथ तीर्थयात्रा 

अमरनाथ यात्रा बुधबारबाट सुरू भएको छ । अमरनाथ भगवान शिवका महत्वपूर्ण तीर्थस्थल मध्येको एक हो । भारतको जम्मु–कश्मीरको राजधानी श्रीनगरदेखि अमरनाथ गुफा करिब ६५ किलोमिटर टाढा छ । अमरनाथ यात्राका लागि भारतका विभिन्न प्रान्तका साथै नेपाल र विश्वका अन्य भू–भागबाट पनि तीर्थयात्री आउने गर्छन् । हिउँबाट बनेको प्राकृतिक शिवलिंग छ, यहाँ । यसको आकार करिब १० फिट अग्लो रहेको अनुमान गरिन्छ । शिवलिंगको आकार चन्द्रमाको आकारसँगै घटबढ भईरहन्छ । जुन अलौकिक र चमत्कारिक मानिन्छ ।  

अमरनाथ यात्राका लागि अहिलेसम्म डेढ लाख मानिसहरुले नाम दर्ता गरेका छन् । दर्शनार्थीको संख्या तीन लाख पुग्ने सरकारी अनुमान छ । अमरनाथ एउटा गुफा हो र यसै गुफाभित्र हिउँले बनेको शिवलिंग अवस्थित छ । गुफा १५० फिट अग्लो तथा ९० फिट लामो छ । समुद्र सहतदेखि ३८८८ मिटरमाथि रहेको गुफा चारैतिरबाट हिउँका पहाडले घेरिएको छ । गुफासम्म जाने बाटोको दायाँबायाँ पनि अग्ला अग्ला हिउँ पहाड छन् ।  श्रीनगरदेखि अमरनाथ गुफा ६५ किलोमिटर टाढा छ । अमरनाथ जानको लागि सर्वप्रथम, श्रीनगरदेखि पहलगाम या बलटाल पुग्नुपर्दछ । त्यहाँदेखि पैदल वा घोडा खच्चरको सवारी लिन सकिन्छ । अमरनाथ दर्शनले पाप नष्ट हुने तथा भगवान शिवको कृपा प्राप्त हुने जनविश्वास रहेको छ । यसैकारण, यहाँ हरेक साल, लाखौँको संख्यामा भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । यात्रा असोजसम्म चल्छ ।  

यस गुफालाई तीर्थस्थलका रुपमा कसले खोजी निकाल्यो भन्ने विषयमा स्पष्ट जानकारी छैन । लोकोत्ति अनुसार, निकै समय पहिले यस क्षेत्रमा एक जना सन्तले एक जना गोठालेलाई कोईलाको एउटा पोको दिएका थिए । गोठाले त्यो पोको बोकेर घर गयो । घर गई पोको खोलेर हेर्दा कोईला सुनमा परिणत भईसकेको थियो । त्यसपछि, गोठाले ती सन्तको खोजीमा निस्कियो र सन्तलाई खोज्दै जाँदा यस गुफामा पुग्यो ।  

अमरनाथ गुफासम्म जान केवल दुईवटा मार्ग उपलब्ध छन् । एउटा पहलगाम र अर्काे बलटाल । बलटालदेखि गुफा १४ किलोमिटर टाढा छ तर यो बाटो निकै जोखिमपूर्ण छ । त्यसकारण अधिकांश श्रद्धालुजन पहलगामको बाटो अमरनाथ जाने गर्दछन् । गुफाभित्र शिवलिङ्गसँगै गणेश, पार्वती तथा भैरवका हिमखण्ड पनि निर्मित छन् । हरेक वर्ष असारदेखि रक्षा बन्धनसम्म यहाँ तीर्थालुहरु दर्शनका लागि आउने गर्दछन् ।  भनिन्छ, यसै स्थानमा भगवान शिवले माता पार्वतीलाई अमरकथा सुनाउनु भएको थियो । यो कथा एउटा परेवाले पनि सुनेको थियो, जोपछि सुकदेव ऋषिको नामले चर्चित भयो । सुकदेव ऋषि वेदव्यासका छोरा थिए । अहिले पनि अमरनाथ गुफामा परेवाको एउटा जोडी छ, जसलाई अमर पंक्षी मानिन्छ ।  

सुरक्षा व्यवस्था

विगतका वर्षहरुमा अमरनाथ यात्रीमाथि हुने गरेका हमला यस वर्ष पनि दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारत सरकारले सुरक्षा व्यवस्था व्यापक सुधार गरेको छ । यसलाई अमरनाथ यात्रीहरुका लागि गरिएको आजसम्मकै ठूलो सुरक्षा व्यवस्था पनि भनिएको छ । लगभग तीन लाख भक्तजनले अमरनाथ यात्रा गर्ने अनुमान गरिएको छ । तर, हरेक दिन केवल ७५०० जना मानिसहरुलाई मात्रै अमरनाथ यात्रा गर्न दिईनेछ । तीर्थयात्रीको सुरक्षाका लागि जम्मु सरकारले ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । उनीहरूमाथि आतंकवादी हमला हुनसक्ने भन्दै सिसिटिभी क्यामरा र ड्रोनहरु जडान गरिएको छ ।  तीर्थयात्री चढ्ने सबै सवारीहरुमा रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेसन (आरएफआईडी) ट्यागहरु लगाईएका छन् । सुरक्षाको यो प्रणाली यहाँ पहिलोपटक प्रयोगमा ल्याईएको हो । ‘सुरक्षाकर्मीलाई सरसफाईको विशेष जिम्मेवारी दिईएको छ । साथै, तीर्थयात्री चढेका सवारीलाई बुलेटप्रुफ सैन्यसवारीले सुरक्षा दिनेछन् ।’ एक जना वरिष्ठ सैन्य अधिकारीले बताए । सिआरपिएफको एउटा टुकडीलाई सडक सफाई गर्ने काम दिईएको छ । सवारी विस्फोटका लागि आतंकारीले आईईडी बमहरु प्रयोग गर्नसक्ने सुरक्षा अधिकारीको अनुमान छ ।   

गत साल अमरनाथ यात्रामा भएको आतंककारी घटनामा आठ जना तीर्थालुको मृत्यु भएको थियो भने हजारौँ घाईते भएका थिए । अमरनाथ यात्रीमाथि आतंककारी हमला यो नै पहिलो भने होइन । हरेक साल तीर्थालुमाथि यस्ता आतंककारी हमला हुने गरेका छन् । दक्षिण कश्मीरमा सक्रिय हिजबुल मुजाहिद्दिन आतंकवादी संगठनका अपरेसनल कमाण्डर रियाज अहमद नाईकुले सामाजिक सञ्जालमार्फत् आप्mनो अडियो सन्देश जारी गरेका छन्, ‘अमरनाथ यात्रीहरुमाथि हमला गर्ने हाम्रो कुनै योजना छैन । अमरनाथ यात्री हाम्रो जमिनमा आप्mना धार्मिक आस्था पुरा गर्न आएका पाहुना हुन् । हामीले विगतमा पनि तीर्थयात्रीहरुमाथि हमला गरेका छैनौँ र यस वर्ष पनि गर्ने छैनौँ । हाम्रो लडाईँ तीर्थयात्रीहरुसँग हैन । हाम्रा मानिसहरुमाथि ज्यादती गर्नेहरुका विरुद्ध हो ।’ अभिशेक जोशी

प्रतिकृया दिनुहोस

सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य

अलौकिक अमरनाथ तीर्थयात्रा 

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला

 संसारकै जोखिम माउन्ट केटु चढेका कामिरिताको

मकालु एयरको कार्गो विमान बाजुराको

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला