संसारकै जोखिम माउन्ट केटु चढेका कामिरिताको नयाँ रेकर्ड २२ औं पटक सगरमाथा आरोहण

 संसारकै जोखिम माउन्ट केटु चढेका कामिरिताको नयाँ रेकर्ड २२ औं पटक सगरमाथा आरोहण

काठमाडौं । हिम आरोही कामिरिता शेर्पा २२ औं पटक सगरमाथा शिखर चुम्न सफल भएका छन् । बुधबार ८ बजेर ३० मिनेटमा सगरमाथामा नेपाली झण्डा फहराउन सफल भए । 

पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन् ।  २१ अौ‌ं पटक आरोहण गर्नेमा उनीसहित तीन जना थिए । आपा शेर्पा र फुर्वा टाशी शेर्पाको नाममा २१ औं पटक सगरमाथा आरोहण गरेको विश्व कीर्तिमान छ ।

पर्यटक गाइड पासाङ निमा शेर्पाले कामिरिता साहशी र हिम्मतिला आरोही भएको प्रतिक्रिया दिए । आधार शिविरबाट आरोहण थालेको चौथो दिन उनी शिखरमा पुगेका हुन् ।  सन् १९९२ आरोहण थालेका कामिरिता  १९९४ मे १३ २४ वर्षको कलिलो उमेरमा पहिलोपल्ट सगरमाथा आरोहण गर्न सफल भएका थिए ।  

सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पुर्‍याएका थिए। तर उनले त्यसवर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन्। उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन्।  संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे । त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन्।

आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए । आप्पाले सन् २०११ बाटै आरोहण छोडे। फुर्वाले सन् २०१३ बाट छोडे । त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन् ।

उनले २९ सदस्यीय टोलीका साथ अमेरिकन ट्राभल कम्पनीमार्फत आरोहण गरेका हुन् ।   

प्रतिकृया दिनुहोस

अलौकिक अमरनाथ तीर्थयात्रा 

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला

 संसारकै जोखिम माउन्ट केटु चढेका कामिरिताको

मकालु एयरको कार्गो विमान बाजुराको

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले

  कहाँ–कहाँ पाइन्छ फ्री वाइफाई

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि