मकालु एयरको कार्गो विमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त

मकालु एयरको कार्गो विमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त

 काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि कार्गो लिएर उडेको मकालु एयरको जहाज बाजुरा जिल्लाको हिलाचौरमा दुर्घनाग्रस्त अवस्थामा भेटिएको छ । जहाजका २ जना चालक दलका सदस्य सकुसल रहेका छन् ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमान बाजुराको दुलाचौरमा फोर्स ल्यान्डिङ गरेको पुष्टि भएको छ । । 

सुर्खेत विमानस्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बीचमै दुर्घटनाग्रस्त भएको हो ।  बाजुराको उत्तर पश्चिमि क्षेत्र हिलाचौरमा बिमान दुर्घटना ग्रस्थ भएको प्रहरीले जनाएको छ।

पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए। बिहान ६ः५५ मा सिमिकोट मिनास्थल पुग्नु पर्ने बिमान ६ः४५ बजे सम्पर्क विहिन भएको थियो ।

बिमान दुर्घटना बारे स्थानीयले प्रहरीलाई जानकारी गराए पछि प्रहरी घटना स्थल तर्फ गइरहेको छ। घटनाको थप विवरण आउन बाँकी ।

किन हुन्छ मकालु एयर दुर्घटना ?

यसअघि साउनमा पनि मकालु एयरको कार्गो विमान दुर्घटना भएको थियो ।  हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतको लागि उडेको मकालु एयरको नाईन एनएएलडि कलसाईनको किलोचार्ली (सिंगल ईञ्जिन) विमान दुर्घटना ग्रस्थ भएको थिया । सुर्खेतबाट कार्गोलिएर सिमिकोट गएको सो विमान कार्गो छाडेर फर्कने क्रममा हुम्लाको खार्पुनाथ खोला र कर्णालीको दोभानमा फोर्स ल्याण्डिङ्ग गरिएको थियो । उडेको केही बेरमै विमानमा समस्या आएको कारण फोर्स ल्याण्डिङ्ग गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य

अलौकिक अमरनाथ तीर्थयात्रा 

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला

 संसारकै जोखिम माउन्ट केटु चढेका कामिरिताको

मकालु एयरको कार्गो विमान बाजुराको

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला