प्रविधिमैत्री बन्दै नयाँ शक्ति

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

अमरवाणी संवाददाता/काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई प्रविधिमैत्री पार्टी बनाउन जोड दिएका छन् । नयाँ शक्ति पार्टी, नेपाल सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागले आइतबार राजधानीमा गरेको ‘सूचना प्रविधि र सामाजिक सञ्जालको महत्व’ विषयक एकदिने कार्यशालामा बोल्दै डा.भट्टराईले उक्त कुरा बताएका हुन् । 

‘‘केन्द्रीय कार्यालय प्रविधिमैत्री हुनुपर्छ । प्रविधिमा हामी निरक्षर छौँ । सामाजिक सञ्जालबारे धेरैलाई थाहा छैन्’’ डा.भट्टराईले भने, ‘‘सामाजिक सञ्जाल चलाउन जान्दैनौं भने सिक्नुपर्छ । सिक्ने कुरामा लाज मान्नु हुँदैन । पार्टीभित्रका नेता तथा कार्यकर्ता सामाजिक सञ्जालमा जोडिनुपर्छ । हामी प्रविधिमैत्री हुनुपर्छ अनि मात्रै हामी बैकल्पिक पार्टी हुनसक्छौँ ।’’ 

पार्टीको प्रचार विभागको कार्यको प्रशंसा गर्दे डा.भट्टराईले प्रचार विभागले जसरी अन्य विभागले पनि काम गर्ने हो भने नयाँ शक्तिले चाँडै प्रगती गर्ने बताए ।  सामाजिक सञ्जालको तीव्रता कसैले रोकेर रोक्न नसकिने बताउँदै डा.भट्टराईले विज्ञान र प्रविधिको विकास अझै बढेर जाने बताए । सामाजिक सञ्जालमा अन्य कुराभन्दा  बढी राजनीतिक गतिविधि र पार्टीको एजेण्डा प्रचार गर्न पार्टीका नेता कार्यकर्तालाई डा.भट्टराईको आग्रह छ । 

नयाँ शक्तिका नेता प्रशान्त सिंहले सामाजिक सञ्जाल कतिपय देशमा मानवअधिकारको रूपमा स्थापित भएको बताए । सामाजिक सञ्जालको धेरै नकारात्मक पक्ष पनि रहेको  बताउँदै उनले राम्रो नराम्रो जे कुरा भए पनि स्वीकार गर्नुपर्ने बाध्यता रहेको बताए । 

नेता सिंहले सामाजिक सञ्जाल पछिल्लो समय ज्ञानका साथसाथै कोर्सका रूपमा पनि उपयोग गरिएको बताए । उनले भने, ‘‘ सामाजिक सञ्जाल अहिले कोर्सको रूपमा चलाउन थालिएको छ । सामाजिक सञ्जाल सूचना बाँड्न र चाहेको सूचना प्राप्त गर्न चलाउन सकिन्छ । हामी दिन खोजेको सन्देश सही समयमा दिनुपर्छ ।’’ सामाजिक सञ्जालमा फिल्टर गरेर सूचना राख्नेबानी प्रयोगकर्ताहरूको नभएको नेता सिंहको भनाई छ । 

कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै प्रचार विभाग संयोजक विश्वदीप पाण्डेले जनता, नेता र कार्यकर्ताबिचको अन्तरलाई कम गर्न र सामाजिक सञ्जाल र मिडियालाई कसरी प्रयोग गर्ने भन्नेमा कार्यशाला गरिएको बताए । पाण्डेले राम्रा मिडियालाई हाम्रा र हाम्रा मिडियालाई राम्रा बनाउने आगामी योजना रहेको पनि बताए । नयाँ शक्तिका नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा नगरेको बताए । प्रचार विभाग संयोजक पाण्डेले भने,‘‘ हाम्रा नेता तथा कार्यकर्ता कसैले पनि सही रूपमा तोकिएको जिम्मेवारी निभाएका छैनन् । गर्भका साथ नयाँ शक्तिको सदस्य हो भनेर कुनै कार्यकर्ताले भनेका छैनन् । लेखेका छैनन् । पार्टीको हितका लागि काम गर्ने कमै मानिस छन् ।’’ 

 

 

पार्टी प्रशिक्षण विभाग संयोजक डम्बर खतिवडाले पार्टीको हरेक  भेला र प्रशिक्षणमा प्रचार विभागले बनाएको सूचना सम्बन्धी कार्यक्रकम लैजानु बताए । अन्य विचार धाराभन्दा नयाँ शक्तिका विचार विकाउनुपर्छ खतिवडाले भने,‘‘पार्टीलाई ब्राण्ड बनाउने एजेण्डा जनता समक्ष लैजानुपर्छ । नयाँ शक्तिसँग भन्ने कुरा जति पनि छन् ।’’  खतिवडाले पार्टीको पक्षमा विस्तारै माहोल बढ्न थालेको बताउँदै नयाँ शक्तिका ५ ‘स’ प्रत्येक ‘स’ को प्रभावकारी तस्बिर सहित छुट्टछुट्टै प्रचार गर्नुपर्ने बताए । जुन ‘स’ को जे अर्थ राख्छ त्यो अर्थसहित प्रचार गर्न सकियो भने जनताले छिटो बुझ्ने उनको भनाई छ ।  

पत्रकार सुदर्शन खतिवडाले ‘अनलाइन सञ्चार र महत्व’ को विषयमा बोलेका थिए । उनले मूलधारको मिडिया भनेकै अनलाइन मिडिया हो भन्ने कन्सेप्ट आइसकेको बताए । 

नविल बैंकका सिईओ अनिलकेशरी शाहले डा.बाबुराम भट्टराई अक्सिजन भएको बताए । उनले भने, ‘‘ डा.भट्टराई भएकै कारण म यस कार्यक्रममा आएको हुँ । उहाँ अक्सिजन हुनुहुन्छ । डा.सा‘बको जस्तै सोच बोक्ने व्यक्तिको हामीलाई अन्य व्यक्तिको खाँचो छ । तपाईंले डा.सा‘बको जस्तो सोचाई राख्ने कि नराख्ने ? ’’  नेपाललाई समृद्ध बनाउने डा.भट्टराईको सोचलाई हामी सबैले अनुसरण गरेर अगाडि बढ्नुपर्ने सिईओ शाहाको सुझाव छ । उहाँबाट सिकेर केही गर्नुपर्छ शाहले भने,‘‘ परिवर्तनको सोच ‘म’ बाट हुनुपर्छ भन्ने सोच डा.सा‘बमा छ । उहाँबाट सिक्नुपर्छ । पुराना शक्तिले गरेजस्तै नयाँ शक्तिले गर्नुहुँदैन ।’’  ‘‘म नयाँ शक्तिको नेता होइन । नयाँ शक्तिको नेताको फलोअर्स हुँ सिईओ भने,‘‘ यो देशको लागि जसले जे सक्छ त्यही गर्नुपर्छ । देशलाई सबै चाहिन्छ ।’’ 

त्यस्तै नेपाल प्रेस सोसाइटीका अध्यक्ष रुद्र भट्टले प्रचार विभागले गरेको कार्यले ऊर्जा प्राप्त भएको वताए । राम्रो कामको सुरु भएकाले यस्ता कार्यक्रम सातै प्रदेशमा गर्नुपर्ने बताए । पार्टीका गतिविधि जनता समक्ष पु¥याउन प्रदेश र केन्द्रका संयोजकहरू मिलेर प्रचार विभागलाई व्यवस्थित बनाउन लागेको बताउँदै अध्यक्ष भट्टले सातओटै प्रदेशमा प्रचार संयोजक बनाउने बताए । यस कार्यले छिट्टै पूर्णता पाउने उनको भनाई छ । 

कार्यशालामा पत्रकार रुपेश श्रेष्ठले ‘राजनीतिक दल र मिडिया’ विषयक शीर्षकमा बोलेका थिए । त्यस्तै पत्रकारद्वय सन्तोष देवकोटा र सुयोग ढकालले 'सामाजिक सञ्जाल व्यवस्थापन, प्रयोग विधि तथा रणनीति' विषयमा बोलेका थिए । कार्यशालामा नेतृ हिसिला यमी, करिश्मा मानन्धर,राजु नेपाल, मनोज ढोडारी, पत्रकार प्रशान्त लामिछाने लगायतले पनि विचार राखेका थिए । हास्य कलाकार कमलमणि नेपाल अर्थात् ‘खुपीका बाउ’ ले मनोरञ्जन गराएका थिए ।   

   

प्रतिकृया दिनुहोस

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि