यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताको गोप्य विवरण

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताको गोप्य विवरण

काठमाडौँ । केम्ब्रिज एनालिटिका नामक एक राजनीतिक परामर्श संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण अनधिकृत रुपमा दुरुपयोग गरेको सामाजिक सञ्जाल फेसबुकका सिईओ मार्क जुकरबर्गले  बताएका छन् । ती मध्ये ११ लाख प्रयोगकर्ता बेलायतका रहेको उनको भनाई छ । 

 यसअघि सो संस्थाले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको बताइएपनि पहिलेभन्दा निकै बढी विवरण दुरुपयोग भएको पाइएको फेसबुकले जनाएको छ । जुकरवर्गले फेसबुकलाई सुरक्षित बनाउन थप काम गर्ने र आफ्नो जिम्मेवारीको दायरा समेत बढाउने बताए ।  प्रयोगकर्ताका सूचना चुहावट हुने फिचर बन्द गरिसकेको भएपनि फेसबुकलाई कसरी प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्तामा निर्भर रहने भएकाले यसमा सचेत बनाउने जिम्मेवारी लिनुपर्ने उनले बताए ।  

फेसबुकमा राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ भन्नेबारे पनि फेसबुकका अधिकारीहरुले सचेत गराइरहेको भन्दै पछिल्लो प्रकरणका विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको जुकरवर्गले जानकारी दिए ।  केम्ब्रिज एनालिटिका’ सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितका लागि खेलेको भूमिकाका लागि चर्चित भएको थियो । निर्वाचनताका सो कम्पनीले अमेरिकी मतदाताका विविध पक्षबारे तथ्यांक उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस

फेसबुकले दुःख दियो के गर्ने ?

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला