पृथ्वीमा मान्छे भन्दा धेरै मोबाइल !

पृथ्वीमा मान्छे भन्दा धेरै मोबाइल !

संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीहरुपश्चात जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ ।

यी प्रलयकारी पूर्व सुचनाहरु पश्चात पनि विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्न सकिने बृहत र तेज उर्जा रुपान्तरणको एउटा उपाय हाम्रो अगाडि छ– अझ राम्रो कुरा त के हो भने यो परिवर्तन कार्यान्वयन गर्न नयाँ आविश्कारहरुको प्रतिक्षा पनि गर्नुपर्दैन । बिभिन्न व्यवसायद्वारा वितरीत र बजारद्वारा परिचालित नाफामूलक उपायहरु सहित यो रुपान्तरण अहिले नै हुनसक्छ ।

सन् २०१५ को पेरिस जलवायु सम्झौताले तोकेको लक्षअनुसार विश्वको बढेको तापमानलाई औधोगिक काल पुर्वको तापमानको २ डिग्री सेल्सियस भन्दा माथि जान नदिन खनिज तेल माथिको निर्भरता घटाउनुपर्ने तथा खाद्यान्न बाली लगाउने, वन पैदावर उपभोग गर्ने र भूमीको प्रयोग गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने हुन्छ । ’रकी माउन्टेन इन्ष्टिच्युट’ को नयाँ अनुसन्धानले के देखाउँछ भने यी दुवै परिणाम हासिल गर्न संभव छ र यिनको एकमुष्ट असरले जलवायु परिवर्तनको प्रक्षेपणपथमा सकारात्मक रुपमा अवरोध पु-याउन सक्छ ।

हाम्रो विश्लेषणका अनुसार उर्जासम्बन्धी भविष्यको माग र पूर्ति तथा वन र जमीनले गर्न सक्ने कार्वन सञ्चितीका आ आफ्ना मार्गहरु छन् जसलाई अवलम्बन गर्न सक्दा तापमानको वृद्धिलाई नाटकीय रुपमा घटाउन सकिन्छ । अहिलेको उपभोग प्रवृत्ति भन्दा स्वच्छ उर्जाको बढ्दो प्रयोग र बिस्तारसँगै हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकिन्छ ।

यो परिदृश्य धेरैले सोचेजस्तो असम्भव पनि होइन । नविकरणीय उर्जा, विद्युतीय गतिशीलता र शक्ति तथा जमीनको बुद्धिमत्तापूर्ण उपयोगतर्फ विश्व कसैले सोचेभन्दा पनि द्रुत गतिमा अघि लम्कदै छ ।

अनि परिवर्तनको गतिले अपेक्षालाई उछिनेको यो पहिलो पटक पनि होइन । उदाहरणको लागि सन् १९८० मा ’एटीएण्डटी’ ले आउँदा दुई दशकमा अमेरिकामा प्रयुक्त हुनसक्ने मोबाइल फोनको संख्या पुर्वानुमान गर्न ’म्याक्किन्से एन्ड कम्पनी’ लाई जिम्मा दिएको थियो । ती परामर्शदाताहरुले सन् २००० सम्म अमेरिकी मोबाइल बजारमा ९० हजार उपकरण खपत हुने अनुमान गरे । तर त्यो साल मात्रै १० करोड भन्दा ज्यादा मोबाइलको बिक्री भयो । आज यो ग्रहमा मान्छे भन्दा धेरै फोन छन् ।

सौर्य तथा वायु उर्जाका प्रक्षेपण पनि यस्तै दोषयुक्त छन् । दशकौँ सम्म ‘अन्तर्राष्ट्रिय उर्जा एजेन्सी’ तथा ‘अमेरिकी उर्जा सूचना एजेन्सी’ का विशेषज्ञहरुले यी श्रोतबाट हुनसक्ने आपूर्तिलाई कम आँकलन गरे । आफ्ना अनुमानहरुलाई हरेक वर्ष थोरै मात्र बढाउँदै वास्तविकता बुझ्दै नबुझी उनीहरुले लगातार कम आँकलन गरे । तर जसरी यो क्षेत्रमा नव प्रवर्तन आयो, सौर्य तथा वायु उर्जा उत्पादन लागतमा पनि कमी आयो जसकारण उर्जा सस्तो भयो र उपयोगमा व्यापक वृद्धि भयो ।

आज जुन गतिले उर्जा संक्रमणकालबाट गइरहेछ त्यसको न्यून आँकलन गरिनुको कारण पहिलेको पुरानो प्रविधिबाट नयाँँमा परिवर्तन हुँदाको भन्दा फरक परिमाणले पनि हो । जब दाउरा छाडेर कोइला र त्यसपछि तेल बाल्नेतर्फ मानव उन्मुख भयो, हरेक पटक यी नयाँ श्रोतहरु अत्यधिक पुँजी लगानी भएको भिमकाय योजनाहरु जस्तै कोइलाखानी, समुद्रका तेल तथा ग्यासखानी अनि प्रशोधनालयहरुबाट आउने गर्थे । यी योजनाहरु संचालनका लागि लाग्ने उच्च खर्चको भार उपभोक्तालाई बोकाइन्थ्यो ।

पहिलेको तुलनामा आज उर्जा बाजारमा उपभोक्ताहरुको धेरै नियन्त्रण छ । उदाहरणका लागि छानामा सौर्यपाता ठड्याउन कति सजिलो छ, एकै दिनमा सकिन्छ । फोटोभोल्टिक सेल, वायु घट्ट, ब्याट्री एवम् अन्य उपकरणहरु जस्ता दशौँ लाख स–साना यन्त्रहरुले आजको उर्जा संक्रमणलाई परिचालित गरिरहेका छन् । यो पद्दतिमा हरेक नयाँ साधन सस्तो छ र छिट्टै आफ्नो मूल्य बराबरको प्रतिफल दिन सक्षम पनि । तसर्थ, नविन प्रयोग कम खर्चिलो हुन्छ र प्रविधिलाई द्रुत गतिमा सुधार्न सकिन्छ । यसको फलस्वरुप आज संसारभर छरिएका अन्तर्राष्ट्रिय प्रतिद्वन्दीहरु छिटो छिटो नवप्रवर्तन गर्दै तथा व्यवसायका नयाँ नयाँ नमुना विकसित गर्दै ठुलो परिमाण सस्तो लागतमा उत्पादन र वितरण गर्न सक्षम भएका छन ।

स्वच्छ उर्जा उत्पादनका प्राविधिक पक्ष भने खानी र प्रशोधनशालाहरु भन्दा मोबाइल फोन र ल्यापटपहरुसँग मिल्छ । पूर्ण परिपक्व नभएको अहिलेकै अवस्थामा ठुलो परिमाणमा यसलाई वृहत बजारमा बेच्न सकिने हुनाले स्वच्छ उर्जातर्फको यो संक्रमण धेरै विज्ञहरुले अनुमान गरेभन्दा तेज गतिमा भइरहेको छ । ‘हरित’ उर्जा तर्फको यो द्रुत लम्काइ मात्र पनि औद्योगिक काल पुर्वको भन्दा २ डिग्री सेल्सियस भन्दा माथि पृथ्वीको तापमान जान नदिन सक्षम छैन । त्यो लक्ष हासिल गर्न विश्वले अझै धेरै हरितगृह ग्यासहरु वायुमण्डलबाट हटाउनु पर्ने हुन्छ ।

सौभाग्यवश त्यो पनि सम्भव छ । कार्वन घटाउने उपायहरु कृषि र भुमी संरक्षणमा समाविष्ट गराएर वायुमण्डलबाट ताप उत्सर्जन हुनबाट रोक्ने ग्यासहरुलाई वन तथा जमीनमा बाँधेर राख्न सकिन्छ । यो प्रविधि पहिले देखि नै अस्तित्वमा रहे पनि यसको सफलताका लागि भने अन्य उपायका साथै शुन्य–जोताइ खेती प्रणाली, पर्माकल्चर सिद्धान्तको अवलम्बन, सीमसार क्षेत्रको उन्नत ब्यवस्थापना र चक्रिय चरन पद्दतिलाई अंगिकार गर्नु पर्ने हुन्छ ।

उर्जा तथा भूमीको प्रयोगमा उच्च सुधार ल्याउन बजारको वास्तवमा नै अहम् भूमिका हुन्छ, तर २०१७ को आँधिबेहरीको मौषमले हामीलाई जलवायुको आपत्कालीन स्थिति र यसबारे अविलम्ब र सशक्त रुपमा उठाउनुपर्ने कदमको स्मरण गराएको छ । उर्जाको अधिग्रहण तथा उपभोग र भूमीको प्रयोग विधि आदिलाई परिवर्तन गर्न निकै ठूलो प्रोत्साहन तथा नीतिगत रुपरेखाको आवश्यकता पर्छ । यसले मात्र जलवायु परिवर्तन रोक्न मार्ग प्रशस्त पार्न साक्छ ।

तर नआत्तिऔँ, हाम्रो पृथ्वी बचाउन अझै समय छ । परिवर्तनको सुरुवात भइसकेको छ अनि यो धेरै मान्छेले अनुमान गरे भन्दा छिटो भएर पनि निस्कनेछ ।

प्रतिकृया दिनुहोस

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला