राष्ट्रसंघको दिगो विकाससम्बन्धी बहसमा रोबोट सहभागी

राष्ट्रसंघको दिगो विकाससम्बन्धी बहसमा रोबोट सहभागी

संयुक्त राष्ट्रसंघको मुख्यालयमा दिगो विकाससम्बन्धी बहसमा ककसले भाग लेलान्? पक्कै पनि दिगो विकासका विज्ञहरु नै त्यसमा सहभागी हुनेछन्। तर यसपटक संयुक्त राष्ट्रसंघको यस्तै एक कार्यक्रममा भने रोबोटले पनि सक्रिय सहभागिता जनाएको छ।

बुधबार ‘द फ्युचर अफ एभ्रिथिङ– सस्टेनेबल डेभेलपमेन्ट इन द एज अफ र्‍यापिड टेक्नोलोजीकल चेन्ज’ विषयक कायक्रममा मानिसजस्तै देखिने सोफिया नामक रोबोटले भाग लिएको हो।

सो कार्यक्रममा सोफियासँग राष्ट्रसंघकी उपमहासचिव अमिना जे मोहम्मदले संवाद पनि गरेकी थिइन्।

राष्ट्रसंघले विद्युत र इन्टरनेटको पहुँच नभएका विश्वभरका मानिसहरुका लागि के गर्न सक्छ भन्ने मोहम्मदको प्रश्नमा सोफियाको उत्तर थियो, ‘भविष्य यही हो। यो सबैका लागि बराबर बाँडिएको छैन (साइन्स फिक्सन लेखक विलियम गिब्सनको शब्द)। यदि हामी चलाख हुने र सबैका लागि जितजितको अवधारणाअनुसार काम गर्ने हो भने आर्टिफिसियल इन्टेलिजेन्सले खाना र उर्जाजस्ता विद्यमान स्रोतहरुलाई कुशलतापूर्वक वितरण गर्न सक्छ।’

सोफिया ह्यान्सन रोबोटिक्सको आधुनिकतम रोबोट हो। सोफियाले विभिन्न टेलिभिजनमा अन्तर्वार्ताका साथै फेसन म्यागेजिनहरुको आवरणमा पनि आफ्नो फोटो छपाइसकेको छ।

उपमहासचिव अमिना जे मोहम्मदका साथमा सोफिया

बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले ‘हट सोफिया’ को उपनाम पाएको छ। एजेन्सी

 

प्रतिकृया दिनुहोस

प्रविधिमैत्री बन्दै नयाँ शक्ति

दश लाख पुगे डा.भट्टराईको ट्वीटर फलोअर्स

         इन्टरनेटको विकास भारतमा !

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७०

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत्

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला