कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको उद्धार

 कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको उद्धार

उत्तर थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ । पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ।

पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए। पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको देखियो।

स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे । त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताए।

पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो।

उनलाई उद्धृत गर्दै खाओसोड पत्रिकाले लेखेको छ, "ऊ बफादार र आज्ञाकारी भएकाले मैले उसलाई पालेँ। म खेतमा गाईवस्तु चराउन जाँदा ऊ सधैँ मलाई सघाउँछ। पूरै गाउँले उसलाई माया गर्छ।"

बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ।

एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन्। उनले पछुतो मानेको प्रहरीले बताएको छ। ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन् । बिबिसी नेपाली अनलाइन

प्रतिकृया दिनुहोस

अपांग कछुवालाई व्हील चेयर !

केटा नपाएर युवतीमा छटपटी

मोदी सरकारका साइकलवाला मन्त्री

कसरी यू ट्युब भिडियो बनाउने ? यी १०

कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको

नेपालमा यतीको पाइलाः भारतीय सेनाको

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला