नेपालमा यतीको पाइलाः भारतीय सेनाको दाबीमाथि सामाजिक सञ्जालमा ठट्टा

नेपालमा यतीको पाइलाः भारतीय सेनाको दाबीमाथि सामाजिक सञ्जालमा ठट्टा

भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेपछि सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ। सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले ‘मकालुको आधार शिविरमा’मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको जानकारी दिएको छ।

ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ। हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि दक्षिण एशियामा यसलाई विश्वास गर्नेहरू छन्। र, भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटरमा यतीको ुपैतालोको छापको तस्बिर प्रकाशन गरेर त्यो कथामा नयाँ कोण थपेको छ। त्यो तस्बिर एप्रिल ९ मा खिचिएको भए पनि भारतीय सेनाले यतिका बारेमा प्रचलित सिद्धान्तहरूसँग मेल खाएको निश्चित गरेपछि मात्रै प्रकाशित गरेको टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ।

सामाजिक सञ्जालमा उत्पन्न शङ्कालाई लक्षित गर्दै भारतीय सेनाले यतीका अस्तित्वका बारेमा प्रमाणको तस्बिर खिचिएको र सम्बन्धित विज्ञहरूलाई हस्तान्तरण गरेको बताएको छ । त्यसैले हामीले सोच्यौँ कि वैज्ञानिक सोचलाई आकर्षण गर्न र रुचिलाई पुनर्ताजगी गर्न यो सार्वजनिक गर्नुपर्छ।

यती हिमालयको माथिल्लो भागमा बस्ने मानिन्छ र यति वा यसका पैतालोका छाप देखेको कथाहरू नेपाल, भारत र भुटानमा प्रचलित छ।

सन् २०१३ मा ब्रिटिश वैज्ञानिकहरूको टोलीले यती हिमालमा पाइने भालुको एक उपप्रजाति हुनसक्ने निष्कर्ष निकालेको थियो। ट्विटरमा मानिसहरूले भारतीय सेनाको दाबीलाई विश्वास नलागेको बताएका छन्। भारतीय सेनाको दाबीमाथि ठट्टा गर्नेहरू पनि उत्तिकै छन्। हालैका वर्षमा यतीको अस्तित्वका बारेमा थुप्रै अनुसन्धानहरू भएका छन्।

सन् २०११ मा ५० वर्षअघि नेपालबाट लन्डन पुरर्‍याइएको एउटा यतीको औँला मानिसको हाड भएको प्रमाणित भएको थियो।

नेपालमा पत्रकार कनकमणि दीक्षितले यतीको पाइला बनाउने तरिका भन्दै ट्विटरमा भारतीय सेनाको दाबीलाई प्रश्न गरेका छन्। बीबीसी नेपाली सेवा अनलाईन

प्रतिकृया दिनुहोस

कुकुरले गर्‍यो जिउँदै गाडिएको बच्चाको

नेपालमा यतीको पाइलाः भारतीय सेनाको

महिला यौन आनन्दका लागि कस्तो व्यवहार

कुकुरबारे १० वैज्ञानिक र रोचक जानकारी

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला