मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?

राजनीति, अर्थशास्त्र र समाजशास्त्रका विद्यार्थीका लागि कार्ल मार्क्स कुनै नौलो नाम होइन । तर उनीसँग सम्बन्धित केही रोचक तथ्यबारे भने थोरै मानिसलाई मात्रै थाहा हुन सक्दछ । के के हुन त मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?

तथ्य नं. १ कार्ल मार्क्सलाई प्राय समाजवादमा जनक भनेर थेरैले चिन्ने गरेका छन् । यो कुरा विल्कुल मिथ्या हो । उनी भन्दा पहिला नै समाजवाद भन्ने शब्द सत्रौं तथा अठारौं सताब्दीका युरोपेली विद्वानहरुले प्रयोगमा ल्याएका थिए । राजतन्त्रका कारण निकै पिछडिएको समाज तथा मानिसको खस्कँदो जीवनस्तर देखेर रुसो, क्याबेट, फूरियर तथा प्रध्वा जस्ता लेखकहरुले एउटा आदर्श राज्य व्यवस्थाको कल्पना गर्दै थुप्रै लेख लेखेको पाइन्छ । र, त्यस्ता लेखहरुमा समाजवादको वकालत गरिएको पनि छ ।

यसरी उनी भन्दा पहिला नै समाजवादीहरु थिए तर उनीहरुलाई मार्क्सले काल्पनिक समाजवादी भनिदिए भने आफू अलि वैज्ञानिक समाजवादको पक्षमा रहेको कुरा आफ्ना लेखमार्फत् व्यक्त गरिदिए ।

तथ्य नं. २ मार्क्स स्वअध्ययनले मात्रै दार्शनिक थिएनन् बरु उनले त दर्शनशास्त्रमा जेना विश्वविद्यालयबाट विद्यावारिधि पनि गरेका थिए । उनले विद्यावारिधिको डिजर्टेसन अणु, समय तथा पुच्छ्रेताराबारे ग्रिकका वैज्ञानिक डेमोक्रिटस र इपिक्युरसले व्यक्त गरेका विचारमा केन्द्रित थियो । ‘द डिफरेन्स् विटविन द डेमोक्रिटियन एण्ड इपिक्युरियन फिलोसोफी अफ नेचर’ शीर्षकको थेसिस लेखेबापत उनलाई सन् १९४१ मा डाक्टर अफ फिलोसोफीको उपाधि प्रदान गरिएको थियो ।

तथ्य नं. ३ शास्त्रीय विद्वानजस्तै कार्ल मार्क्स पनि कला, साहित्य तथा संगीत भनेपछि हुरुक्कै हुन्थे । आफू जवान हुँदादेखि नै मार्क्सले नाटक लेख्ने गर्दथे भने उनले पछि आफू नाट्य समालोचक हुने कुरा पनि गर्दथे । उनले करीव १५ वटा जति कविता पनि लेखेका थिए जसमध्ये धेरै जसो आफ्नी जीवन संगिनी जेनी मार्क्सप्रति समर्पित थिए र उनका अनन्य मित्र एंगेल्ससँगसगैं कविता पनि लेख्ने गर्दर्थे ।

तथ्य नं. ४ कार्ल मार्क्स आफ्नो परिवारप्रति निकै बफादार तथा प्रतिबद्ध थिए । आफ्ना परिवारका सदस्यका साथै मित्रहरुसँग निकै खुशी तथा आत्मीयताका साथ रहने हुनाले मार्क्सलाई सबैले निकै माया गर्दथे । उनको यस्तो मायालु तथा प्रीतिकर स्वभावका कारण परिवार तथा साथीभाइले काले भनेर पनि सम्बोधन गर्दथे किनभने उनको छाला कालो थियो ।

तथ्य नं. ५ रमाइलो तथा हाँसीमजाक गर्ने र असल स्वभावका मार्क्सको स्वास्थ्य भने त्यति राम्रो थिएन । उनलाई कलेजोको समस्याका साथै बाथको पनि समस्या थियो । निन्द्रा नलाग्ने, टाउको दुख्ने र शरीरमा बारम्बार खटिरा देखिने रोग पनि उनीसँग थियो । शरीरको तल्लो भागमा देखिने खटिरा निकै दुख्ने गर्दाले उनलाई कहिलेकाहीं बस्न तथा आराम गर्न निकै कठिनाई हुने गर्दथ्यो । एकपटक यस्तै दुखाईका कारण आफ्नो महत्वपूर्ण किताब पुँजी लेख्ने कामलाई पनि थाति राखेका थिए । शरीर अति दुख्दा उनले आर्सेनिक वा ओपियमलाई पेन किलरका रुपमा प्रयोग गर्ने गर्दथे ।

प्रतिकृया दिनुहोस

महिला यौन आनन्दका लागि कस्तो व्यवहार

कुकुरबारे १० वैज्ञानिक र रोचक जानकारी

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला