८० वर्षअघि लिइएको पुस्तक फिर्ता भएपछि

८० वर्षअघि लिइएको पुस्तक फिर्ता भएपछि

पुस्तकालयबाट लिइएका थुप्रै पुस्तक फिर्ता हुँदैनन्। अझ ८० वर्ष अघि लिइएको कुनै पुस्तक फिर्ता होला भन्ने त सायदै कसैले सोच्ला। तर अमेरिकाको मासाचुसेट्सस्थित एक सार्वजनिक पुस्तकालयमा ८० वर्षअघि लिइएको पुस्तक फिर्ता भएको छ।

मासाचुसेट्सको एटलबोरो सार्वजनिक पुस्तकालयले बिहीबार आफ्नो फेसबुक पेजमा यसैसाता फिर्ता भएको पुस्तकको फोटो राखेको छ। टि एस आर्थरले लेखेको ‘द योङ लेडी एट होम’ शीर्षकको सो पुस्तक २१ नोभेम्बर १९३८ मा पुस्तकालयबाट लिइएको थियो।

एक व्यक्तिले आफ्नो साथीको घरको भुइँतला सफा गर्ने क्रममा सो पुस्तक फेला पारेर फिर्ता गरेका थिए।

यद्यपि सो पुस्तक पुस्तकालयका पाठकहरुलाई फेरि दिन मिल्ने अवस्थामा नरहेको बताइएको छ।

पुस्तकालयकी उपनिर्देशक एमी रिलिन्जरका अनुसार सो पुस्तकको विलम्ब शुल्क मात्रै २ हजार ८ सय डलर पुगेको छ। यद्यपि उनले सो शुल्क उठाउने पुस्तकालयको कुनै सोच नभएको स्पष्ट पारिन्। एजेन्सी

प्रतिकृया दिनुहोस

कुकुर पनि हाँस्छ ?

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला