बिए सकेको ८ दशकपछि ९७ वर्षको उमेरमा एमए पास

बिए सकेको ८ दशकपछि ९७ वर्षको उमेरमा एमए पास

भारतमा ९७ वर्ष पुगेका एक व्यक्तिले एमए पास गरेका छन्। उत्तर प्रदेशको बरेलीका राजकुमार वैश्यले सोमबार अर्थशास्त्र विषयमा एमए पास गरेका हुन्।

सोमबार एमए दोस्रो वर्षको नतिजा प्रकाशित भएको थियो। उनले स्नातक पास गरेको ७९ वर्षपछि नालन्दा खुला विश्वविद्यालयबाट स्नातकोत्तर पास गरेका हुन्। उनले अर्थशास्त्रमै सन् १९३८ मा आगरा विश्वविद्यालयबाट बिए पास गरेका थिए।

सन् १९२० मा जन्मेका वैश्यका तीन छोराहरु सरकारी सेवाबाट निवृत्त भइसकेका छन्। उनले १९३४ मा मेट्रिक पास गरेका थिए भने १९४० मा एलएलबी पास गरेका थिए।

नतिजा पास भएपछि वैश्यका नातिहरुले मिठाइ लिएर उनलाई भेटेका थिए।

सेकेण्ड डिभिजनमा पास भएका वैश्य आफ्नो नतिजाबाट पूरै सन्तुष्ट चाहिँ छैनन्। आफूले पहिले नै परीक्षा दिएको भए फर्स्ट डिभिजनमा पास हुने उनको भनाइ थियो।

उनले आफ्नो सफलताको श्रेय बुहारी प्राध्यापक भारती एस कुमारलाई दिएका छन्, जसले उनलाई हमेसा सहयोग गरेकी थिइन्।

वैश्यले आफू गरिबी, बेरोजगारीजस्ता सामाजिक–आर्थिक मुद्दाहरुमा लेख्न इच्छुक रहेको बताएका छन्। एजेन्सी

प्रतिकृया दिनुहोस

महिला यौन आनन्दका लागि कस्तो व्यवहार

कुकुरबारे १० वैज्ञानिक र रोचक जानकारी

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला