इटालीकी यी महिलाले गरिन् आफैँसँग विवाह

इटालीकी यी महिलाले गरिन् आफैँसँग विवाह

भनिन्छ, कुनै पनि परिकथा पूरा हुन एक राजकुमार र एक राजकुमारीको आवश्यकता पर्छ। विवाहका लागि मात्रै पनि जोडा चाहिन्छ भन्ने मान्यता छ। तर यी सबै मान्यताहरुलाई उल्ट्याउँदै इटालीकी एक महिलाले आफैँसँग विवाह गरेकी छन्।

उनको विवाह समारोह पनि गतिलै थियो। उनले आफ्नो लागि विवाह समारोहमा लगाउने सेतो पहिरन, केक तयार गरेकी थिइन् भने सो समारोहमा ७० पाहुना उपस्थित थिए।

‘हामी सबैले सबैभन्दा पहिले आफैँलाई माया गर्नुपर्छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ आफैँसँग विवाह गरेकी ४० वर्षीया लाउरा मेजीले भनिन्, ‘बिना कुनै राजकुमार पनि तपाईंसँग परिकथा हुनसक्छ।’

पेसाले फिटनेस ट्रेनर लाउराको यो विवाहको कानुनी मान्यता भने रहनेछैन।

दुई वर्षअघि १२ वर्ष लामो सम्बन्ध अन्त्य भएपछि आफैँसँग विवाह गर्ने विचार आएको लाउरा बताउँछिन्।

पछिल्लो समय ‘सोलोगामी’ भनिने स्वविवाह गर्ने प्रचलन बढ्दै गएको छ। यस्तो विवाह आत्मप्रेम र स्वीकार्यताको विषय भएको यसका समर्थकहरु बताउँछन्।

आफैँसँग विवाह गर्ने योजना बनाउन तपाईंसँग पैसा, आफन्तको सहयोग र अलिकति पागलपन आवश्यक पर्ने उनी बताउँछिन्।

‘मैले ४० औँ जन्मदिनसम्म पनि जीवनसाथी फेला पारिनँ भने आफैँसँग विवाह गर्नेछु भनेर मित्र तथा परिवारलाई सुनाएकी थिएँ,’ उनले भनेकी छन्, ‘कुनै दिन आफ्नो भविष्यबारे सँगै बसेर योजना बनाउने खालको मान्छे भेटेँ भने म खुसी नै हुनेछु, तर मेरो खुसी उसमा निर्भर हुँदैन।’ श्रीमती मेजीले आफू इटालीमा आफैँसँग विवाह गर्ने पहिलो महिला भएको दाबी पनि गरेकी छन्। गत मे महिनामा नेल्लो रुजिरो नामक एक पुरुषले नेपल्समा आयोजित एक समारोहमा आफैँसँग विवाह गरेका थिए।

जापानमा भने सन् २०१४ मै एक ट्राभल एजेन्सीले एकल महिलाहरुका लागि यस्तै विवाह समारोह आयोजना गर्न थालेको थियो।

मानिसहरुले आफैँसँग विवाह गर्ने चर्चा १९९३ देखि नै सुरु भएको हो।

अमेरिकमा ‘आइ म्यारिड मी’ नामक वेबसाइटले स्वविवाह सम्बन्धी सामग्री बेच्ने गर्दछ। क्यानडामा पनि ‘म्यारी योरसेल्फ भ्यानकुभर’ नामक एजेन्सी एक वर्षभन्दा लामो समययता सञ्चालनमा छ।

‘सिंगल इज द न्यु नर्मल, सेलिब्रेट योर सोलो स्टाटस!’ एजेन्सीको नारा नै छ।

यद्यपि सबैले यसलाई मन पराएका छैनन्। केहीले यसलाई आत्मपूजन भन्दै आलोचना गरेका छन् भने केहीले पितृसत्तात्मक संस्थाका सामुन्ने निरर्थक आत्मसमर्पण भएको बताएका छन्।

लाउराको स्वविवाहको फोटोमा पनि केही नकारात्मक टिप्पणीहरु आएका छन्। तर उनले ‘आफ्नो मुस्कानलाई कुनै पनि कुराले बन्द गर्न नसक्ने’ जवाफ दिएकी छन्।

तर अन्तर्वार्ताहरुमा उनले स्वविवाह सबैका लागि उपयुक्त नहुने कुरा स्वीकार गरेकी छन्। बिबिसी

प्रतिकृया दिनुहोस

कुकुर पनि हाँस्छ ?

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी

अविवाहित युवतीको यस्तो छटपटी !

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला