क्यानको नेतृत्वमा चतुरबहादुर चन्द प्यानल विजयी

क्यानको नेतृत्वमा चतुरबहादुर चन्द प्यानल विजयी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा प्रतिशप्रर्धी विनयराज पाण्डे भन्दा तेब्बर मत ल्याएर चन्द निर्वाचित भएका हुन् । चन्दले ४४ मत प्राप्त गरेका थिए भने पाण्डेले १५ मत ल्याएका थिए ।  

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा संघको निर्वाचन भएको थियो ।

संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी मिङ्मा डाण्डु शेर्पाले १७ मतमात्रै प्राप्त गरे। यस्तै, सचिवमा चन्द प्यानलकै अशोकनाथ प्याकुरेल निर्वाचित भएका छन् । प्याकुरेलले ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पाण्डे समूहका विनोद कुमार मैनालीले १५ मत पाए। कोषाध्यक्षमा चन्द प्यानलकै रोशनकुमार सिंह निर्वाचित भए। सिंहले ४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उपेन्द्र भट्टराईले १२ मत मात्रै पाए।

निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए। आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो।

 

 

प्रतिकृया दिनुहोस

क्यानको नेतृत्वमा चतुरबहादुर चन्द

विश्वकप छनोट खेल्ने नेपाली टोलीको

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला